सुर्खेत र कैलालीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना हुने

स्वास्थ्यसमाचार/ सरकारले आगामी आर्थिक वर्षमा दुई स्थानमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ। सुदुरपश्चिम प्रदेशको अत्तरीया र कर्णाली प्रदेशको सुर्खेतमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ। २०७९र८० को बजेट भाषण मार्फत अर्थमन्त्री जर्नादन शर्माले उक्त कुरा बताएका हुन्।

यस्तै सरकारले आगामि आर्थिक वर्षदेखि जडीबुटी खेतिको बीमा गर्ने व्यवस्था मिलाइने भएको छ।

जडीबुटीको विशेषता र उपलब्धताको आधारमा प्रदेशस्तरमा जडीबुटी प्रशोधन उद्योग स्थापना गरिनेछ। सरकारको स्वीकृतिमा सबै किसिमका औषधिजन्य जडीबुटीको खेती गरी प्रशोधन एवं निर्यात गर्न आवश्यक व्यवस्था गरिनेछ।

पहाडी र हिमाली भेगमा पाइने बहुमूल्य एवं बहुउपयोगी जडीबुटीहरुको प्रशोधन उद्योगलाई प्रोत्साहन गरिनेछ। सुदूरपश्चिमको अत्तरिया र कर्णालीको सुर्खेतमा जडीबुटीको प्रशोधन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइने व्यवस्था मिलाइएको छ। जडीबुटी खेतीको बीमा गर्ने व्यवस्था मिलाइएको छ,ु बजेट भाषणका क्रममा मन्त्री शर्माले भने।

सम्बन्धित शिर्षक :