स्वास्थ्यमन्त्रीमा भवानी खापुङ र राज्यमन्त्रीमा हिरा केसी सिफारिस

स्वास्थ्यसमाचार /स्वास्थ्य मन्त्रीमा भवानीप्रसाद खापुङलाई नियुक्त गर्ने तयारी भइरहेको छ। एकीकृत नेकपा समाजवादीले स्वास्थ्य मन्त्री विरोध खतिवडालाई मन्त्री बाट फिर्ता बोलाएसगै राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएका भवानीप्रसाद खापुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा बढुवा गर्ने निर्णय गरेको छ ।

पार्टीको आज बसेको सचिवालय बैठकले यसअघि सरकारमा सहभागी भएका सबै मन्त्रीहरुलाई फिर्ता बोलाई नयाँलाई सो अवसर दिने निर्णय गरेको थियो । सोही अनुसार सबै मन्त्री फिर्ता हुने भएका छन् ।

सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।  जसमा जीवनराम श्रेष्ठ पर्यटनमन्त्री, शेरबहादुर कुँवर श्रममन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्रीका लागि सिफारिस गरिएको छ। यसअघिका पर्यटनमन्त्रीमा प्रेमबहादुर आले, श्रममन्त्री किसान श्रेष्ठ र सहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई फिर्ता बोलाइएको छ।

सम्बन्धित शिर्षक :