नर्सिङ कर्मचारीका लागी पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने तालिम सुरु

स्वास्थ्यसमाचार/ प्रदेश स्वास्थ्य तालिम केन्द्र र बिपी कोईराला क्यान्सर अस्पतालको सहकार्यमा नर्सिङ कर्मचारीको लागी पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने समन्धी ३ दिने तालिम सुरुभएको छ। महिलाहरुको पाठेघरको समस्या दैनीक बढदै गएपछि रोगथाम र उपचारको लागी नर्सिङ कर्मचारीको लागी तालिम सुरु गरिएको हो ।तालिमको एक कार्यक्रमका बिच प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठले उदघाटन गरे । उदघाटन समारोहमा बोल्दै निर्देशक श्रेष्ठले महिलाहरुको पाठेघर परिक्षण गर्दा १सय जनामा ५ जनामा पाठेघर मुखको क्यान्सर देखीएकोले रोक्न र उपचार गर्नेको लागी प्रदेश तालिम केन्द्रले बिपी कोईराला क्यान्सर अस्पतालको सहकार्यमा नर्सिङ कर्मचारीका लागी तालिम…

क्रिमसन अस्पताल र लायन्स क्लवको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर

स्वास्थ्यसमाचार /तिलोत्तमा–५, मणिग्राम स्थित क्रिमसन अस्पताल र लायन्स क्लव अफ सिद्धार्थनगर मिडटाउन कोटिहवाको सहकार्यमा तिलोत्तमा–१६, बेहुलीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अस्पतालको प्राविधिक सहयोगमा क्लवले आयोजना गरेको शिविरमा स्थानीय एक सय १५ जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए ।सुगर रोगलाई लक्षित गरी आयोजना गरिएको शिविरमा सहभागी सबैको निःशुल्क सुगर परीक्षण गरिएको थियो । त्यसक्रममा ४४ जनालाई सुगर रोग देखिएकोमा निःशुल्क औषधि समेत प्रदान गरिएको छ । नेपालमा सुगर रोगका बिरामी बढ्दै गैरहेको सन्दर्भमा रोगको बारेमा जनचेतना अभिवृद्धि गराई सुगर प्रभावितहरुको उपचारलाई सहज बनाउने उद्देश्यले शिविर आयोजना गरिएको गरिएको…

कम्प्रिहेन्सीप परिवार नियोजन तथा परामर्स समन्धी तालिम सुरु

स्वास्थ्यसमाचार/ प्रदेश स्वास्थ्य तालिम केन्द्र बुटबलको आयोजना तथा एसएस बिएच र आम्दा नेपालको सहकार्यमा बुटबलमा ८ दिने कम्प्रिहेन्सीप परिवार नियोजन तथा परामर्स समन्धी तालिम सुरु भएको छ । तालिमको एक समारोहका बिच स्वास्थ्य तालिम केन्द्र प्रदेश नं ५का निर्देशक महेश्वर श्रेष्ठले उदघाटन गरे ।उदघाटन समारोहमा बोल्दै निर्देशक श्रेष्ठले परिबार नियोजन तथा परामर्स कार्यक्रम लाई गाउँ गाउँमा पुराउन आबश्यक रहेको बताए। चेतनाको कमिको कारण परिबार नियोजनका साधान प्रयोग गर्ने समन्धमा महिला र पुरुषमा अहिले पनि बिभेद रहेको बताए । श्रेष्ठले केन्द्रिय तथ्याक अनुासार प्रदेश ५पछि रहेपनि यि र यस्तै तालिमको माध्यमबाट…

तिलोत्तमा नगरपालिकामा यस वर्ष ५ वटा सरकारी स्वास्थ्य संस्था निमार्ण हुने

स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिकाले सबै वडामा सरकारी स्वास्थ्य संस्था स्थापना गर्ने लक्ष्यसहितको ३० महिने मध्यावधि समीक्षा गरेको छ । १७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा हाल ७ वटा स्वास्थ्य चौकी संञ्चालनमा रहेका छन् । चालु आर्थिक वर्षमा ५ वटा निमार्णका चरणमा रहेको नगरप्रमुख बासुदेव घिमिरेले बताए । हामी स्वस्थ्य नगरबासी स्वच्छ नगरको नारा सहित काम गरिहेका छौं, प्रमुख घिमिरेले भने, ‘सबै नगरवासीमा आधारभूत स्वास्थ्य सेवाको पहँुचलाई स्थापित गर्ने गरी काम भैरहेको छ । नगरपालिकामा हाल ३ वटा सहरी स्वास्थ्य केन्द्र, २ वटा वर्थिङ सेन्टर सञ्ंचालनमा छन् । प्रत्येक वडामा एउटा स्वास्थ्य…

अस्पताममै रहेकी ठगिसरा मन्त्रीको पहलमा घर फर्किईन

स्वास्थ्यसमाचार/ आर्थिक अभावका कारण अस्पतालबाट विरामी निकाल्न नपाएका पाल्पाका एक परिवारले  विरामीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । तिलोत्तमा नगरपालिका स्थित क्रिमसन अस्पतालमा उपचाररत पाल्पा रामपुर नगरपालिका ४ की ठगिसरा सोमै (पुजा सोमै)को उपचार शुल्क सामाजिक विकास मन्त्रि सुदर्शन बराललेको पहलमा छुट गराई अस्पतालबाट घर पठाईएको हो । मन्त्री बरालको पहलमा १८ वर्षिय ठगिसराको उपचारमा लागेको शुल्क अस्पताल प्रशासन छुट गर्न सहमत भएको थियो । ८४ दिन अस्पतालमा भर्ना हुदा एक लाख ६२ हजार ४ सय रुपैयाको विल भएको थियो । विरामी सोमैको माईतीले आर्थिक संकलन गरी ८७ हजार ९ सय…

गुणस्तरीय सेवा दिन प्रदेशमा छिट्टै प्रयोगशाला स्थापना: मन्त्री बराल

स्वास्थ्यसमाचार/ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौद्धारा बुटवलमा स्तरीय अत्याधुनिक प्रयोगशाला निर्माण सम्वन्धमा कार्यशाला गोष्ठी गरिएको छ। प्रदेश नं ५ मा बन्ने अत्याधुनिक प्रयोगशाला निर्माणको लागी स्थान छनोट जग्गा र आवश्यक उपकरण जनशक्ती व्यवस्थापन गर्ने उदेश्यले गोष्ठी गरिएको हो । गोष्ठीमा बोल्दै प्रदेश ५ का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले प्रदेश स्तरीय प्रयोगशाला निर्माणको लागि जग्गाको खोजी भईरहेको बताउदै छिट्टै प्रयोगशाला स्थापना गरिने बताए । निजी ल्यावले फरक फरक रिपोट दिने बिरामीलाई तनाब दिने भएकोले गुणस्तरीय सेवा दिनको लागी प्रदेशमा जनस्वास्थ्य प्रयोगशाला आवश्यक भएको बताए । मन्त्री बरालले प्रदेश भित्र रहेका…

बर्दघाट नगरपालिकाको अभियान : संस्थागत सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा, नगद पाँचहजार

नवलपरासी, २२ पुष । नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरुप पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियानलाई तिब्रता दिएको छ । घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गर्न नगरपालिले वडास्तरबाटै अभियान संचालन गरेको हो । नगरपालिकाले तिनवटा वडा ८, ९ र १४ लाई पूर्ण संस्थागत सुत्केरी भएको वडा घोषणा गरिसकेको र अन्य सबै वडालाई पनि क्रमश: घोषणा गरिने नगर प्रमुख धिरजराज बस्यालले बताए ।   अभियानलाई सफल बनाउन नगरपालिकाले नगरका १८ वडामा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई रु पाँच हजार प्रोत्साहन रकम…

लुम्विनी प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा शुरु

स्वास्थ्यसमाचार/ लुम्विनी प्रादेशिक अस्पताल बुटबलमा सोमवार डायलाइसिस सेवा शुभारम्भ भएको छ । डायलाइसिस सेवाको एक कार्यक्रम बिच प्रदेश ५ का सामाजीक बिकास मन्त्री शुदर्शन बरालले शुभारम्भ गरेका हुन्। डायलोसिस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बरालले विरामी भएर अस्पताल आउनु पुर्व मृगौला सम्वन्धी जनचेतना जगाउन आवश्यक रहेको बताएका छन् । उनले लुम्बिनी प्रादेशीक अस्पतालमा सेवा थप गर्दै लैजाने बताएका छन् । यसै बर्ष अस्पतालमा न्युरो सेवा बिस्तार गर्न गईरहेको पनि बताए । बरालले हेमोडायलाइसिस मात्र नभएर सबै सेवाको निरन्तरता जरुरी रहेको बताएका छन । मन्त्री बरालले जनताको किड्नी बचाउनु सरकारको काम…

स्वास्थ्य केन्द्र स्थापनाको २४ मा एक्सरे सेवा सुरु

स्वास्थ्य समाचार /स्वास्थ्य केन्द्र स्थापना भएको २४ बर्ष पछि एक्सरे मेसिन सेवा सुरु भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका धकधई स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भवन निर्माण भए पछि एक्सरे र भिडियो एक्सरे सेवा एकै साथ शुभारम्भ भएको हो । ३ वर्ष अघि स्वास्थ्य सेवा विभागको सहयोगमा आएको एक्सरे मेसिन र यस वर्ष गाउँपालिकाले उपलब्ध गराएको भिडियो एक्सरे मेसिन आइतबार उद्घाटन गरी एकै साथ सञ्चालनमा ल्याएको छ । स्वास्थ्य केन्द्रको सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउनका लागि एक्सरे सेवा सञ्चालनमा ल्याएको गाउँपालकाका प्रमुख सनोजकुमार यादवले बताए । सेवा सञ्चालन सुरु भएसंगै रोहिणी…

अस्पतालका तीन अधिकृत अख्तियारको नियन्त्रणमा

स्वास्थ्यसमाचार/ कपिलवस्तुको तौलिहवामा रहेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका ३ अधिकृतहरु अख्तियारको फन्दामा परेका छन् । केन्द्रका डा पवन गुप्ता, डा।रुप नारायण श्रेष्ठ र मत्स्य विकास अधिकृत सुरेन्द्र प्रसाद भुजलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो ।नव प्रगतीशील बहुउद्देश्यीय कृषि समूहले बाख्रा पालनका लागि प्रदेश सरकारबाट आएको अनुदानमा कामै नगरी भुक्तानीका लागि सिफारिस गरेको भन्दै अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रबाट आएका टोलीले अनुसन्धान गरिरहेको छ ।केन्द्रका प्रमुख श्रवणकुमार चौधरीले अख्तियारको केन्द्रीय कार्यालयबाट आएका टोलीले आफ्नो कार्यालयका ३ अधिकृतलाई अनुसन्धानका लागि…