स्वास्थ्यसमाचार/ मिर्गौला प्रत्यारोपण गरेका तथा डायलासिस गरिरहेकाहरुका साथै सबै प्रकारका क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ औषधोपचार भत्ता उपलब्ध गराइने भएको छ ।
त्यसका लागि १ अर्ब ५० करोड छुट्याइएको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।यस्तै आधारतभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउन पनि बजेटमा व्यवस्था गरिएको छ । ६५५ पालिकामा निर्माणाधीन आधारभूत अस्पताल निर्माण सम्पन्न गरिने भएको छ । यसका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माको भनाइ छ ।
जीर्ण अस्पताल भवन पुनर्निर्माणका लागि पनि रकम विनियोजन गरिएको उनले बताए । यस्तै ज्येष्ठ नागरिकलाई विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गर्न थप २० वटा प्रादेशिक र केन्द्रीय अस्पतालमा ज्येष्ठ नागरिक वार्ड स्थापना गरिने भएको छ ।
सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क प्रदान गर्ने व्यवस्था पनि मिलाइएको अर्थमन्त्री शर्माको भनाइ छ ।
प्रतिकया दिनुहोस्