स्वास्थ्यसमाचार /रोटरी क्लब अफ, बुटवलले प्रदेश ५ को सामाजिक विकास मन्त्रालयलाई कोरोना नियन्त्रण तथा परिक्षणका लागि आवश्यक सामाग्री निशुल्क प्रदान गरेको छ । क्लबले सोमबार मन्त्रालयमा मन्त्री सुर्दशन बराललाई एक कार्यक्रमकावीच पिसीआर किड तथा स्वाव कलेक्सन लिड हस्तारन्तरण गरिएको क्लबले जनाएको छ । रोटरी क्लब अफ बुटवलका अध्यक्ष दिल्लीकुमार श्रेष्ठ, रोटरीका अनगोइन सर्भिस प्रोजेक्ट चेयर कुष्णप्रसाद पराजुली, डा. सागर पौडेलको टोलीले ५ सय थान पिसीआर किड तथा १ हजार थान स्वाव कलेक्सन लिडसहितका सामाग्री मन्त्री बराललाई बुझाएको हो । सो अवसरमा मन्त्री बरालले कोरोना संक्रमणको उपचार र परिक्षणका लागि सामाग्रीको…
समाचार
तिलोत्तमा नगरपालिका द्धारा २० वेडको आइसोलेसन सेन्टर सञ्चालन
स्वास्थ्यसमाचार /रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आइसोलेसन सेन्टर निर्माण गरी सञ्चालनमा ल्याएको छ ।कोरोना महामारी नियन्त्रण पूर्वतयारी अन्तर्गत् शंकरनगर स्वास्थ्य चौकीमा निर्माण गरिएको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो । स्वास्थ्य चौकीबाट नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं. २ को कार्यालयमा स्थान्तरण गरी आइसोलेसन सेन्टरको रुपमा तयार गरिएको नगर प्रमुख बासुदेव घिमिरेले वताए । आइसोलेसन सेन्टरमा एक जना चिकित्सक, एक जना नर्ससहितका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका कर्मचारी खटिएका छन् । बुटवल कोरोना अस्पतालसँगको समन्वयमा कोरोना संक्रमित भए पनि लक्षण नदेखिएकाहरुलाई आइसोलेसनमा राख्न थालिएको छ । यहाँ सोमबारसम्म आरडिटी पोजेटिभ देखिए पनि पिसिआरको नतिजा आइनसकेका…
सन्धिखर्क नगर उपप्रमुख ठाकुर विक सहित २९ जना कोराना सक्रमित
गणेश खनाल जेठ २६ अर्घाखाँची / सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक सहित थप २९ जना कोराना सक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य प्रमुख पुष्पा थापा अनुसार सन्धिखर्क नगरपालिका वाडनम्वर १ का एक जना,६ नम्बर वाडका १२ जना,७ नम्वरवाडका १६ जना,सितगगा नगरपालिका १ जना र पाणिनि गाउपालिका १ जना गरि २९ जनामा सक्रमण पुष्टि भएको जानकारी दिईन । अर्घाखाँचीका यो सगै ३५ जनामा सक्रमण भएको छ । १ जना भारतबाट जिल्ला आउदै गर्दा मृत्यु भएको थियो । ४ जना सक्रमण सनपामा रहेको क्वारेन्टाइन रहेको र आज सक्रमण भएकालाई पनि सन्धिखर्कको…
८वर्षीया बालिकासहित नौ जनाले बुटवलबाट कोरोना जितेर फर्किए
स्वास्थ्यसमाचार /बुटवलको कोरोना विशेष आइसोलेशन सेन्टरमा रहेका नौ जना कोरोनामुक्त भएका छन् । बुटवल–१० स्थित एन्फा फुटवल सेन्टरमा निर्माण गरिएका आइसोलेशन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा संक्रमण नदेखिएपछि आइतबार विदाई गरिएको हो । कोरोना नतिजा नेगेटिभ आएपछि डिस्चार्ज हुने नौ जनालाई बुटवलका प्रमुख शिवराज सुवेदीले पुष्पगुच्छा प्रदान गर्दै विदाई गरे । विभिन्न चरणमा गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएपछि विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम उनीहरुलाई डिस्चार्ज गरिएको बुटवलका प्रमुख सुवेदीले वताए । घर फर्किएपछि समुदायमा सचेतना दूतका रुपमा काम गर्न आग्रह गर्दै उनले सन्तुलित आहारविहारलाई जारी राख्न आग्रह…
१२ दिनमा कोरोना मुक्त भए धुर्काेट गाउँपालिकाका अध्यक्ष पोखरेल
स्वास्थ्यसमाचार /गुल्मी धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले कोरोना जितेका छन् । जेठ १२ गते कोरोना पुष्टि भएसङै एकान्तबास बस्दै आएका पोखरेलले कोरोना जितेका छन। उनले घरमै बसी कोरोना जितेपछि कोरोना पोजेटिभ देखिदैमा सबैजनालाई आइसोलेसन र अस्पताल आवश्यक नपर्ने सन्देश मिलेको छ । कोरोना देखिएपछि सार्वधिक चासो र चर्चामा रहेका पोख्रेलले अन्तत १२ दिनमा कोरोना जितेका हुन् । शनिबार सहित दुई पटक उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानी शर्माले वताए । तातोपानी, नुन, बेसार, गुर्जो जस्ता गाउँघरे औषधी मात्रै आफुले खाएको अध्यक्ष पोखरेलले बताए ।…
तिलोत्तमाका स्वास्थ्य चौकीहरुलाई पूर्वाधार, उपकरण, जनशक्तियुक्त बनाई
स्वास्थ्यसमाचार / रुपन्देही तिलोत्तमा नगरपालिकाले, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको शुक्रबारबाट सुरु भएको ७ औं नगरसभामा नगर प्रमुख बासुदेव घिमिरेले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे ।प्रस्तुत नीति तथा कार्यक्रममाथि दफाबार छलफलको लागि नगरसभाको दोस्रो बैठक आइतबार बोलाइएको छ । कोभिड—१९ ले आर्थिक, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा पारेको संकटबाट पार पाउन स्थानीय स्तरमैं रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउने बताए । स्वास्थ्य चौकीहरुलाई न्यूनतम पूर्वाधार,…
नेपालमा तयार भएको कोरोनाविरुद्धको खोपमा डब्लुएचओको चासो
स्वास्थ्यसमाचार / विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ ले हेटौँडास्थित त्रिवि वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो देखाएको छ। अध्ययन संस्थानका प्रा।डा।ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो। जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सबन्धमा छलफल गरेको प्रा।डा।दासले जानकारी दिए। प्रयोगशालामा उत्पादित औषधि एवं खोप विवरण डब्ल्युएचओमा पठाएपछि डब्लुएचओले चासो देखाएको हो। अध्ययन संस्थानका प्राध्यापक दामोदर गैरेको सहयोगमा डब्ल्युएचओमा लिखित जानकारी पठाइएको र छलफलका लागि प्रयोगशाला…
आयुर्वेद औषधी उत्पादक संघद्धारा ज्याकेट र च्यावनप्राश हस्तान्तरण
स्वास्थ्यसमाचार /नेपाल आयुर्वेद औषधी उत्पादक संघले आइसोलेसन तथा कोरिन्टाइनमा गएर फ्रन्ट लाइनमा काम गर्ने आयुर्वेदिक चिकित्सक तथा स्वास्थ्य कर्मिलाइ ज्याकेट र कोरोना पीडितका लागि च्यावनप्राश हस्तान्तरण गरेको छ । प्रदेश ५का सामाजिक मन्त्री सुदर्शन वराललाई आयुर्वेदिक औषधी उत्पादक संघले हस्तान्तण गरेको हो। साम्रागी हस्तानतण कार्यक्रममा बोल्दै मन्त्री बरालले प्रदेश ५ सरकारले आयुर्वेदलाई प्राथामिकतामा राखेर काम गरेको बताए । उनले अहिले प्रदेश ५मा कोरोनाका बिरामीलाई पनि यो आयुर्वेद औषधी ब्यायम योग लगायका माध्यमबाट उनीहरुको उपचार गरिरहेको बताए ।मन्त्री बरालले आइसोलेसन तथा कोरिन्टाइनमा रहेर्का आयुर्वेदिक चिकित्सक तथा स्वास्थ्य कर्मिलाइ पहिचान हुने ज्याकेट…
असार १ गतेदेखी मुटुअस्पतालमा डायलाईसिस सेवा बन्द
स्वास्थ्यसमाचार/ सरकारबाट प्राप्त हुनुपर्ने रकम भुक्तानी नभएको भन्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले मृगौलाका विरामीहरुलाई उपलब्ध गराउंदै आएको डायलाईसिस सेवा बन्द गर्ने भएको छ । विपन्न वर्गका नागरिकलाई मृगौलाको डायलाईसिस तथा मुटु, क्यान्सर लगायतका विरामीलाई उपचारमा सहुलियत दिने सरकारको घोषणा अनुरुप मुटु अस्पतालले विगत ४ वर्षदेखि निशुल्क डायलाईसिस सेवा उपलब्ध गराउंदै आएको थियो ।विपन्न वर्गका विरामीलाई डायलाईसिस सेवा उपलब्ध गराए वापत अस्पतालले प्राप्त गर्नुपर्ने पौने आठ करोड रकम भुक्तानी हुन नसकेको अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्ष एजाज आलमले स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षको ११ महिनाको पौने ८ करोड रकम…
डाक्टर माथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै बुटबलमा चिकित्सकद्धारा प्रर्दशन
स्वास्थ्यसमाचार/नेपाल मेडिकल कलेजका चिकित्सक माथि हातपात गर्ने दोषिलाई कारबाहीको माग गर्दै बुटबलमा चिकित्सकहरुले प्रर्दशन गरेका छन । घटना भएको ६ दिन भइसक्दा पनि कारबाहीको लागि कुनै पहल नगरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन्।बुटबलमा लुम्बिनी प्रादेशिक अस्पताल,आम्दा अस्पताल, तथा बुटबलका अन्य सरकारी निजी अस्पतालहरुका चिकित्सकले चिकित्सकले अस्पताल परिसरमै प्ले कार्ड सहित प्रदर्शन गरे । उनीहरुले जेल विथ आउनट बेलको माग समेत गरेका छन्। यस क्षेत्रका करिब ६० जना चिकित्सकहरुको सहभागीतामा भएको प्रर्दशनमा बोल्दै लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा राजेन्द्र खनालले चिकित्सकमाथि भएको दुर्रब्यवाहर प्रति कडा आलोचना गर्दे घटनाको छानबिन गरि यथासिघ्र…