स्वास्थ्यमा मुख्यमन्त्री केसी नेतृत्वको सरकारका ९ बुँदे उपलब्धि सार्वजनिक

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले १ वर्षको अवधिमा गरेका प्रगति विवरण सार्वजनिक गरेको छ ।विभिन्न ५२ बुँदामा प्रस्तुत गरिएको प्रगति प्रतिवेदनमा स्वास्थ्य क्षेत्रमा ९ बुँदेप्रगति विवरण सार्वजनिक गरिएको छ।

मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकार बनेपछि एक वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा भएका प्रगति बारे आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले स्वास्थ्य क्षेत्रमा पनि महत्वपुर्ण काम गरेको बताए।

                               के भए स्वास्थ्यमा काम?

१लुम्बिनी प्रादेशिक अस्पताल प्रदेश गौरवका आयोजनाको रुपमा घोषणा।

२ राप्ती प्राविधिक शिक्षालयको स्थानान्तरणको कार्य सुरु भइसकेको ।

३ मुटु, मृगौला र क्यान्सर रोगको उपचारार्थ विपन्न नागरिक उपचारमा थप सहयोग रु २ लाखसम्म प्रतिव्यक्ति उपचार सहायता उपलब्ध गराउने कार्यक्रम अन्तर्गत कार्यविधि तर्जुमा गरी २७६ जनाले सहायता प्राप्त गर्नु भएको ।

४ राप्ती र लुम्बिनी प्रादेशिक अस्पतालहरूमा बहिरङ्ग सेवा (इएम्) र जनरल बेड सेवामा लाग्ने शुःल्क २०७९ श्रावण १ गतेदेखि पूर्ण रुपमा निःशुल्क गरिएको । लुम्बिनी प्रदेश सरकारबाट सञ्चालित अस्पतालहरूमा निःशुल्क रगत प्रदान गर्ने कार्य सुरु गरिएको ।

५ सिकलसेलको निदान र उपचारको कार्यमा प्रदेश सरकारले तराईका ६ वटै जिल्लाका ८ ओटा अस्पतालमा सिकलसेल कर्नर स्थापना गरिएको ।

६ विशेषज्ञ चिकित्सा सम्बन्धी सेवा दुर्गम जिल्लामा पु¥याउन विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७८ कार्यान्वयनमा ल्याइएको ।

७ क्याथ ल्याब र एम आर आई मेसिन लुम्बिनी प्रादेशिक अस्पतालमा जडान भई सेवा सुचारु गरिएको ।

८ नसर्ने रोगको रोकथाम तथा न्यूनीकरणका लागि २० वर्ष भन्दा माथिका ४० हजार जनतालाई मधुमेह र रक्तचापको स्क्रिन टेस्ट गरिएको ।

९ सिकलसेलको निदान र उपचारको कार्यमा प्रदेश सरकारले तराईका ६ वटै जिल्लाका ८ ओटा अस्पतालमा सिकलसेल कर्नर स्थापना गरिएको ।

 

सम्बन्धित शिर्षक :