नेपाल नियमित रक्तदाता संघ रुपन्देहीको भवन उद्घाटन

स्वास्थ्यसमाचार/ रक्तदान गर्न चाहनेहरुका लागि बुटवलमा निजी क्षेत्रका संस्थाहरुलाई स्थायी र व्यवस्थित ठाउं अभावको समस्या रहेकोमा अब भने त्यस्तो समस्या नहुने भएको छ ।

नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले बुटवलको सडक डिभिजन परिसरमा सुविधा सम्पन्न कार्यालय भवन बनाएपछि रक्तदानका लागि सहज हुने भएको हो ।चन्दादाताहरुको आर्थिक र जिन्सी सहयोगमा करिब २० लाख रुपैयां लागतमा बनेकोे भवनमा रक्तदानका लागि आवश्यक सामानहरुको व्यववस्था पनि भएको छ ।

अब हरेक महिनाको तेस्रो शनिबार नियमित रुपमा र रगत आवश्यक परेमा जुनसुकै समयमा पनि आकस्मिक रुपमा रक्तदान गर्न सहज हुने भएको छ ।उक्त भवनको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले आइतबार उद्घाटन गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख पाण्डेले रक्तदान जस्तो महादान अरु नभएको चर्चा गर्दै रक्तदानप्रति कतिपय समुदायमा अझै जनचेतना नपुगेको औंल्याउनु भयो ।उहाँले संस्थाले गरेका मानविय संवेदनशिल कार्यको सराहना गदै हरेक क्षेत्रवाट यस्ता संस्थाहरुलाई सहयोग गर्नु पर्ने धारणा राख्नु भयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले रगतको अभावमा धेरैजनाको ज्यान जाने गरेको उल्लेख गर्दै संस्थाको भवन बनेपछि रक्तदानमा सहजता हुने बताउनुभयो । यो मानविय काम भएकाले प्रशासनवाट आवश्यक पर्ने हरेक कुरामा सहयोग रहने उहाँले प्रतिवद्धता जनाउनु भयो ।

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले सडक डिभिजनको स्टोरको रुपमा रहेका दुई वटा कोठालाई समेत प्रयोग गर्न दिने गरी नयां भवन बनाउन जग्गा दिइएको बताउनुभयो । उहाँले मानविय कामका लागि प्रयोग गर्न मिल्ने गरिसडक कार्यालयको कम्पाउण्डको एकसाईडको केही जग्गा प्रयोग गर्न सहमती दिएको बताउनु भयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष दया सिलवाल,नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल रेणु सिलवाल, बुटवल उपमहानगरपालिका वाड नम्बर ८ का अध्यक्ष यज्ञ पंगेनी उपाध्यक्ष लेखनाथ भण्डारी कोषाध्यक्ष दीपक अधिकारी लगायतले बोल्दै रक्तदान जस्तो मानवीय सेवाको काम गर्ने संस्था भएकाले सबैको सहयोग मिल्ने धारणा राखेका थिए ।

कार्यालय भवन उद्घाटनका अवसरमा संस्थाले रक्तदान समेत गरेको सचिव महेश खनालले बताउनु भयो ।

सम्बन्धित शिर्षक :