नेपाल आयुर्बेद औषधी व्यबसायी संघ दाङको अध्यक्षमा अधिकारी

स्वास्थ्यसमाचार /  नेपाल आयुर्वेद औंषधि व्यवसायी संघ जिल्ला शाखा दाङको दोस्रो साधरणसभा तथा अधिवेनसनले प्रकाश अधिकारीको अध्यक्षतमा नौ सदस्य नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा दयारामा शर्मा, सचिव खडक बहादुर चन्द र कोषाध्यक्षमा केशव न्यौपाने रहनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा नितु चौधरी, पुष्पा चौधरी, गणेस पौडेल, मानबहादुर बस्नेत र श्रीधर अधिकारी चयन हुनुभएको नेपाल आयुर्वेद औंषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीका सचिब सालिक राम भुसालले बताउनु भयो।

कार्यक्रम उदघाटन समारोहमा आयुर्वेद चिकित्सा परिषद नेपालका अध्यक्ष डा सन्तोष कुमार ठाकुरले स्वस्थ समाज निर्माणका लागि आयुर्वेद चिकित्सकको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

सम्बन्धित शिर्षक :