स्वास्थ्यका सहायक देखी प्रमुख विशेषज्ञ कर्मचारीको नयाँ तलब

स्वास्थ्यसमाचार/सरकारले सरकारी सेवाका कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ। अर्थमन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान सार्वजनिक गरेको हो।

आर्थिक वर्ष २०७९र८० को बजेट वक्तव्यमा कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि हुने उल्लेख थियो। अर्थ मन्त्रालयले कर्मचारीको तह र ग्रेड अनुसार नयाँ तलबमान सार्वजनिक गरेको हो। अर्थले निजामती, सेना, प्रहरीसँगै स्वास्थ्य सेवाका कर्मचारीको पनि नयाँ तलबमान सार्वजनिक गरेको छ।

सार्वजनिक नयाँ तलब अनुसार स्वास्थ्य सेवा तर्फ अधिकृत १२औं तहका कर्मचारीको सुरु तलब ७२ हजार ८२ रुपैयाँ कायम गरिएको छ। १२ औं तहका कर्मचारीको ग्रेड संख्या र ग्रेड दर सहित कुल तलव भने ७६ हजार ८८८ रुपैयाँ तोकिएको छ।

यस्तै अधिकृत एघारौँ तहको ६६ हजार ५३८ रुपैयाँ, दशौँ तहको ६४ हजार ३५९ रुपैयाँ, नवौँ तहको ५९ हजार ४०५ रुपैयाँ कायम गरिएको छ। सहायक प्रथमको मासिक तलब ३२ हजार ९३२ रुपैयाँ रहेको छ।

कुन तहका कर्मचारीको तलब कति?

सम्बन्धित शिर्षक :