हृदयघात भन्दा मस्तिष्कघात डरलाग्दो समस्या बन्दै हेलचेक्र्याईं नगर्न चिकित्सकको सुझाव

स्वास्थ्यसमाचार / रोटरी क्लव अफ बुटवलको १४ सय २७ औं नियमित एवं वर्ष २०२२-२३ को सातौं बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । क्लवका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकको एजेण्डा गेष्ट स्पिकर रहेको थियो ।

बैठकमा गेष्ट स्पिकरको रुपमा राष्ट्रिय न्यूरो सेन्टरका निर्देशक एवं नेपाल स्ट्रोक एशोसिएशनका संस्थापक अध्यक्ष वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापा उपस्थित थिए ।त्यस अवसरमा उनले हृदयघात भन्दा मस्तिष्कघात डरलाग्दो समस्याको रुपमा देखा परिरहेको भन्दै समयमै स्वास्थ्य सचेतना अपनाउन र हेलचेक्र्याईं नगर्न आग्रह गरे ।

ब्रेन हेम्रेज अर्थात मस्तिष्कघातको जोखिममा सबै व्यक्तिहरु रहेको र यसको उपचार निकै जोखिमपूर्ण र खर्चिलो रहेको पनि उनले बताए ।मस्तिष्कघात भएका अधिकांश बिरामीलाई पक्षघात पनि हुने हुँदा यो रोगलाई पक्षघात, प्यारालाइसिसलगायतका नामले पनि सम्बोधन गर्ने गरिएको उनको भनाई छ । मस्तिष्क घात आपतकालीन स्थिति भएकाले यससम्बन्धी लक्षण देखिने बित्तिकै बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पु¥याउन सकियो भने मात्रै बचाउन सकिने उनले बताए ।

डा. थापाले रोटरीले सामाजिक क्षेत्रमा गरेका काम र शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गरेको लगानीबाट आफू निकै प्रभावित भएको भन्दै आफूले पनि आफ्ना पिता पुर्खाका साथै अग्रजहरुबाट सामाजिक भावनाको पाठ सिकेको बताए । आफूले धरानमा पढ्दा रोटरी र रोट¥याक्टले गरेको काममा सहयोग गरेको स्मरण गर्दै रोटरीले गरेको कामबाट प्रभावित भएकाले आफू पनि रोटरीमा आवद्ध हुने प्रतिवद्धता व्यक्त गरे ।

आफूलाई भैरहवा र रुपन्देहीको माटोले चिनाएको र यहींको रहनसहनमा हुर्कदै अहिले न्यूरोलोजिष्ट भएकाले आफ्नो ठाउँलाई सेवा दिनका लागि आफूले हप्तामा दुईदिन भैरहवाबाट सेवा प्रदान गर्दै आएको डा. थापाले बताए ।

त्यस अवसरमा क्लवका पुर्व अध्यक्ष डा. नारायणप्रसाद पन्थ, डिआरएफसी राजेन्द्र लम्साल रोटरीयनहरु मणिरत्न पाण्डे, लालहरि पाण्डे, कृष्ण पराजुली, दया भण्डारीलगायतले विभिन्न जिज्ञासा राखेका थिए । बैठकमा क्लवका प्रेसिडेन्ट इलेक्ट करुण खनालले डा. थापाको बायोडाटा प्रस्तुत गरेका थिए ।

क्लवका अध्यक्ष बोनिन पियाले क्लवले गरेका गतिविधिहरुमाथि प्रकाश पार्दै क्लवले अपाङगता भएका व्यक्तिहरुका लागि ह्वील चेअर वितरणको तयारी गरेको पनि जानकारी गराएका थिए ।

सम्बन्धित शिर्षक :