रुपन्देही पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

स्वयमसेविकालाई निवृतिभरणको ब्यवस्था गर्न सरकार प्रतिवद्धता छ :गृहमन्त्री वालकृष्ण खाँण

स्वास्थ्यसमाचार /रुपन्देही जिल्ला कोभिड १९ रोग बिरुद्धको पूर्ण खोप र १५ महिना मुनिका बालबालिकाहरुको नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा भएको छ ।

गृहमन्त्री वालकृष्ण खाँणले १५ महिना मुनिका बालबालिकाहरुको नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरे । कार्यक्रममा बोल्दै खाँणले नेपालको स्वास्थ्य क्षेत्रमा महिला स्वयम सेविकाहरुको ठूलो भूमिका रहेको बताउदै उनिहरुको सेवा सुविधाबारे तिनै तहका सरकारहरुले बजेट छुट्टयाउनु पर्ने बताए ।

स्वयमसेविकाहरु सेवानिवृत हुदा समेत उनिहरुको जिवनयापन गर्न सहज होस भन्ने उद्देश्यले निवृतिभरणको ब्यवस्था गर्न समेत सरकारमा पहल गर्ने प्रतिवद्धता जनाए ।कोभिडको महामारीमा काम गरेका स्वास्थ्यकर्मि, सरसफाईकर्मि, स्वयमसेवका, सुरक्षाकर्मिहरुलाई उनले धन्यवाद ज्ञापन गरे ।

यस्तै कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यम मन्त्री ईन्द्रजीत थारुले जनता, स्थानिय तह, प्रदेश सरकार र संघ सरकारले एकिकृत योजनाको प्रयासले रुपन्देहीलाई कोभिड १९ रोग बिरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको प्रयास सफल भएको बताए ।

उनले सबैको एकजुट प्रयासले यो महामारीबाट उन्मुक्ति पाएकोले यसले सबै एकजुट भए जस्तो सुकै संकटबाट जुध्न सकिने सन्देश दिएको बताए ।रुपन्देही जिल्ला कोभिड १९ रोग बिरुद्धको पूर्ण खोप र १५ महिना मुनिका बालबालिकाहरुको नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा भएको छ ।

रुपन्देहीको जम्मा जनसंख्या १० लाख ८७ हजार ४ सय ६४ जना रहेको र त्यसमा १२ बर्ष भन्दा माथिको जनसंख्या ८ लाख ३५ हजार ७ सय ९० जना रहेकोमा लक्ष्यभन्दा बढी अर्थात ८ लाख ५३ हजार ७८ जनालाई कोभिड बिरुद्धको दुई डोज खोप लगाएको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले जानकारी दिए ।

उनले रुपन्देही जिल्लाको कोभिड–१९ रोग बिरुद्दको खोपको पहिलो र दोश्रो मात्राको प्रगति देबदह, बुटवल, सैनामैना, कन्चन, तिलोतमा, सिद्धार्थनगर नगरपालिकाको सत प्रतिशत भन्दा बढी प्रगति भएको र बाँकी पालिकाहरुको १ सय प्रतिशत भन्दा केही कम देखिएको ढकालले बताए ।

पूर्ण खोप घोषणा गर्नु भन्दा अघी घर घर गई डाटा संकलन गरी कुनै पनि १२ बर्ष माथिका नागरिक खोप लगाउन मिल्ने अवस्थामा भएकाले खोप लगाउनबाट नछुटेको पाइएकोले जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको उनले बताए ।उनले समग्र जिल्लाको प्रगती १ सय २ प्रतिशत रहेको बताउदै खोज र खोप अभियान पछि ६२ हजार ५ सय जना ले पुर्ण खोप पाएको जानकारी दिए ।

 

सम्बन्धित शिर्षक :