स्वास्थ्यसमाचार/प्रदेश ५ सरकारले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव बोक्न शव बाहन एम्बुलेन्स खरिद गर्ने भएको छ । प्रदेशका २ जिल्ला रुपन्देही र वाँकेमा कोरोना संक्रमिति भई मृत्यु भएकाको दाह संस्कारमा समस्या परेपछि शव वाहन खरिद गर्ने निर्णय गरेको हो । बैठकले बांके स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल र दाङको तुलसीपुर स्थित राष्ट्रिय आयुर्बेदीक केन्द्रमा संचालित कोरोना अस्पतालमा प्रयोग हुने गरि शव बाहन खरिद गर्ने निर्णय गरेको हो । प्रदेशका प्रवक्ता भौतिक पुर्वाधार तथा यातायात मन्त्री बैजनाथ चौधरीले शव बाहन खरिदका लागि १५, १५ लाख छुट्याईएको वताए अस्पतालका लागि शव…
समाचार
क्रिमसन अस्पताल जेठ २१ गते देखी पुन संञ्चालन हुने
स्वास्थ्यसमाचार/ कोरोना उपचारमा एकजनाको मृत्यु भएपछि शिल भएको तिलोत्तमा ५मा रहेको क्रिमसन अस्पतालमा भोली जेठ २१ गते देखी अस्पतालका सम्पूर्ण सेवाहरु संञ्चालन हुने भएका छन । अस्पतालले आज एक सुचना प्रकाशित गरि जेठ ५ गते देखी बन्द भएको अस्पताल भोलीदेखी सुचारु हुने अस्पताल निर्देशक डा.शेखर प्रसाद पोख्रेलले बताए । यस अवधिमा बिरामी लगायत आम जनसमुदायमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै विषम परिस्थितिमा पनि धैर्यताका साथ सेवा दिनुहुने चिकित्सक लगायत सम्पूर्ण कर्मचारीहरु प्रति धन्यवाद दिँदै हामीलाई सहयोग गर्नुहुने सरकारी निकायहरु, संघसंस्था लगायत सबै प्रति हार्दिक आभार प्रकट गर्दछौं अस्पतालका निर्देशक डा…
प्रदेश ५मा कोरोना संक्रमित ६ सय ४२ ,निको ७५ मृत्यु ३
स्वास्थ्यसमाचार/ प्रदेश ५ मा कोरोना संक्रमितकोे संख्या ६ सय ४२ पुगेको छ । यसमध्ये ४ सय ९५ जना उपचारमा रहेका छन भने ७५ जना निको भएर घर फर्किसकेका छन । बाँके, गुल्मी र अर्घाखाँचीमा १र१ जनागरी ३ जनाको मृत्यु भएको छ । प्रदेश ५ का सात जिल्लामा ६९ जना नयाँ संक्रमित थपिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । थप भएका सात जिल्लाहरुमा बाँके ७, कपिलबस्तु ४७, गुल्मी १, रुपन्देही २, पाल्पा २, नवलपरासी १, दाङ्गमा ९ जना रहेका छन् । अहिलेसम्म धागो कारखानामा ४६ जना भर्ना भएकोमा ३१ जनाको उपचार…
भिम अस्पताल बाट २५ जना कोरोना जितेर घर फर्किए
स्वास्थ्यसमाचार भैरहवाको भिम अस्पतालमा उपचारार्थ कोरोनासंक्रमित २५ जना निको भएर घर फर्किएका छन । रुपन्देही गैँडहवा गाउँपालिकाका १० जना, कपिलबस्तुका ५ जना, नवलपरासीका ३ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५ जना, सिद्धार्थनगर नगरपालिकाका १ जना र भारतका १ जना गरि जम्मा २५ जना डिस्चार्ज भएको भिम अस्पतालका मेसु डा नबिन दर्नालले वताए । प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले डिस्चार्ज भएका बिरामीहरुलाई पुष्प र खादा ओडाई बिदाई गरे । बिदाई गर्दै मन्त्री बरालले कोरोनाका पहिलो स्टेजका बिरामी भएका कारण नआत्तिन आग्रह गरे ।कोरोना सक्रमित कोही पनि लुकेर नबस्नुहोस हामी…
पाल्पामा पहिलो पटक ३जनामा कोरोना संक्रमण पुष्टी
स्वास्थ्यसमाचार /प्रदेश नम्बर ५ को पाल्पामा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको नमुना परीक्षणमा ३ जनामा कोरोना पोजिटिभ पुष्टी भएको हो । पाल्पामा तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जिल्लाको माथागढी गाउँपालिकाको क्वारेन्टिनमा बसेका १८ वर्षीय पुरुष र रैनादेवी छहराको क्वारेन्टिनमा बसेका ३८ र ४० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पोजिटिभ स्वास्थ्य कार्यालय पाल्पाले पुष्टी गरेको छ ।एक साता अघि भारतबाट आएर तानसेनको बतासेडाँडाको होल्डिङ क्वारेन्टिनमा बसेका स्थानीय तहको क्वारेन्टाईनमा पठाईएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । माथागढीका संक्रमितको बतासेमै स्वाब…
बाजुराकी कोरोना संक्रमित दुई वर्षे बालिकाको मृत्यु
स्वास्थ्यसमाचार / कोरोना भाइरस को संक्रमण देखिएकी दुई बर्षीया बालिकाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित बिफ्रिङमा बाजुराकी दुई वर्षिया बालिकाको मृत्यु भएको जानकारी दिए। उनको पिसिआर परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका ८ जनाको मृत्यु भएको छ।ती बालिकालाई ज्वरो, श्वासप्रस्वासको समस्या र पखला देखिएपछि बाजुरा अस्पतालमा भर्ना गरिएको थियो। उनको बाजुरा जल्ला अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। ती बालिका आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएको बताइएको छ।शनिबार दैलेख दुल्लु नगरपालिकाका ३५ वर्षीय पुरुषको…
बुटबलको कोरोना अस्पतालबाट ४ जना निको भएर घर फर्किए
स्वास्थ्यसमाचार / बुटवलको कोरोना विशेष अस्पतालबाट ४जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। निको भएका उनीहरू मध्ये ३ जना कपिलवस्तुका र १ जना रुपन्देहीको सियारी गाउँपालिका हुुन्। अस्पताल भर्ना गरिएका संक्रमितको लगातार दुई पटकको रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनालले बताए। निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ’ भन्ने सन्देश दिएको डा खनालले बताए । यस अघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा र कपिलबस्तुका १० जना निको भएर घर गइसकेको बुुटवल धागो कारखानस्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ट…
लकडाउन जेठ ३२ सम्म ,सरकार द्धारा सेना परिचालन गर्ने निर्णय
स्वास्थ्यसमाचार / सरकारले कोरोना भाइरस रोग संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुनेछ ।मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो । त्यसको सिफारिस अनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो ।
कोरोना संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु
स्वास्थ्यसमाचार/ नेपालमा कोरोना भाइरसको कारण थप १ जनाको मृत्यु भएको छ। दैलेख दुल्लु नगरपालिकका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो। दैलेख दुल्लु नगरपालिका ७ स्थित नेपाल विद्युत प्राधिकरणको भवनमा रहेको क्वारेन्टाइनमा रहेका उनको शनिबार मृत्यु भएको हो कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले साँझ जारी गरेको प्रेस विज्ञप्ति अनुसार उनको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो। ‘कोभिड १९ सँग सम्बन्धित लक्षणहरु नभएको तथा आज बिहान ७ बजे एक्कासी ढल्नुभएको र केही समयमा उनको मृत्यु भएको साथै प्रयोगशाला परीक्षणमा नतिजा पोजिटिभ आएको,’ मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख…
कपिलवस्तुमा सात महिने बालकसहित ५२ मा कोरोना संक्रमण
शेरिफ के.सी जीतपुर,१६जेठ(रासस): कपिलवस्तुमा आज नाबालकसहित ५२ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये ३६ यशोधरा गाउँपालिकाका भएको र बाँकी चार पालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोनो फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये सातमहिने नाबालक वडा नम्बर ५ को अनिरुथ माविको क्वारेन्टिनमा बसेका थिए । अन्य २२ जना वडा ६ को वासुदेव जनता माविको क्वारेन्टिनमा, चार जना वडा नम्बर ३ को तीर्थधार्मिक माविमा र सात जना वडा नम्बर ७ मा रहेको जनता माविमा रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुबेले जानकारी दिनुभयो । जिल्लाको कृष्णनगर नगरपालिकामा आज ११ जनामा…