ओमिक्रोन देखिएका ९ देशबाट नेपाल आउने यात्रुलाई प्रवेशमा रोक

स्वास्थ्यसमाचार/कोभिड–१९ को नयाँ भेरियन्ट ओमीक्रोन संक्रमण जोखिमका कारण सरकारले ९ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्द लगाएको छ ।मंसिर १३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बिहीबार राति १२ बजेपछि लागू हुनेगरी नेपाल प्रवेशमा रोक लगाइएको हो । ती मुलुकमा दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङ छन् ।ती मुलुकमा भ्रमण गरेर र ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने यात्रुलाई प्रवेशमा रोक लगाइएको हो । सरकारबाट आदेश जारी हुँदाका बखत ती मुलुकमा ट्रान्जिटमा रहेका सम्पूर्ण यात्रु नेपाल आएपछि आफनै खर्चमा ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । आधारमा स्वास्थ्य तथा…

सिटिइभिटी उपाध्यक्ष लाई तत्काल बर्खास्त गर्न डाक्टर केसीको माग

स्वास्थ्यसमाचार/ प्राविधि शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) लाई पिसिएल नर्सिङ भर्नामा चलखेल गरेको आरोप लागिरहेका बेला चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा। गोविन्द केसीले तालिम परिषद्का उपाध्यक्ष खगेन्द्र अधिकारीलाई बर्खास्त गर्न माग गर्नुभएको छ । अधिकारी मेडिकल माफियाका प्रतिनिधि तथा निजी कलेज सञ्चालक रहेको भन्दै डाक्टर केसीले तत्काल पदबाट बर्खास्त गर्न माग गर्नुभएको हो । केसीले बिहीबार विज्ञप्ति जारी गरी अधिकारीले विश्वविद्यालय र स्कुल तहका कार्यक्रम एउटै संस्थाले चलाउन नसक्ने ऐनको प्रावधान मिचेर स्नातक तहका कार्यक्रम चलाउने कलेजहरूमा सिटिइभिटीका स्कुल तहका कार्यक्रममा विद्यार्थी भर्ना गराउने प्रयास गरेको जनाउनुभएको छ ।…

सिटिइभिटीका सदस्य सचिव काफ्लेको सेटिङमा केही नर्सिङ कलेजलाई सम्बन्धन दिइएको आरोप

स्वास्थ्यसमाचार/  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)लाई पिसिएल नर्सिङ भर्नामा चलखेल गरेको आरोप लागेको छ । परिषद्का सदस्य सचिव जीवनारायण काफ्लेले आफूअनुकूल र सेटिङ गरेका कलेजलाई मात्र सम्बन्धन दिनेगरी भर्ना प्रक्रिया अघि बढाएको अन्य कलेज सञ्चालकहरूले आरोप लगाएका छन् । अघिल्ला शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नियुक्ति गर्नुभएका काफ्लेले सिटिइभिटीका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँगको मिलेमतोमा आर्थिक लेनदेन मिलाएर सूचना जारी गर्नुभएको आरोप लागेको हो । सदस्य सचिव पदमा बहाली भएलगत्तै विवादित बन्नुभएका काफ्लेले करोडाँै रुपैयाँ आर्थिक चलखेल गर्न भर्ना खोलेको आरोप उहाँमाथि छ…

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा ‘विस्तारित अस्पताल सेवा’ सुरु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ‘विस्तारित अस्पताल सेवा’ सुरु भएको छ । बिस्तारित अस्पताल सेवाको बुधबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित चौधरीले सेवाको उद्घाटन गरे । अस्पतालमा उपलब्ध नभएका सेवाहरु थप गर्दै जाने योजना अनुसार बिस्तारित अस्पताल सेवा सुरु गरिएको हो । अस्पतालको सेवा समयभन्दा बाहिर (अरु समयमा) आएका बिरामीलाई सेवा प्रदान गरिने छ । सरकारले २०७७ चैतमा बिस्तारित सेवा कार्यविधि बनाएर यो सेवा सुरु गरेको थियो । संगै काठमाण्डौको टिचिङ, बिर, गंगालाल र चितनवमा पनि हालै यो सेवा सुरु भएको छ । पछिल्लो सयम…

लुम्बिनी प्रदेश एचआईभी एड्सको उच्च जोखिम कायमै

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका १२ जिल्लामा एचआईभी संक्रमित ३ हजार९ सय १२ रहेका छन। ।लुम्बिनी प्रदेश स्वाथ्य निर्देशनालय बुटवलद्धारा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा प्रदेशका १२ जिल्लामा ३९,१२ जना रहेको जानकारी दिईएको छ । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्र कुमार पान्डेले कार्यपत्र प्रस्तुत गर्दे लुम्बिनी प्रदेका १२ जिल्लामध्ये सबैभन्दा बढी रुपन्देहीमा १४८७ वाकेमा ५१० कपिलबस्तुमा ४७८ दाडमा ३२५ पाल्पामा २९४ नबलपरासी पश्चिममा २६६ गुल्मीमा १७५ वर्दियामा १३२ अर्घाखाचीमा १०९ प्युठानमा ९२ रोल्पामा ४४ जना एचआईभी संक्रमित रहेको बताएका छन । यस्तै सन् २०१० मा २१५ जना बालबालिकामा…

बौद्ध विश्वविद्यालयको स्वास्थ्य शिविरमा ५ सय जनाको उपचार

स्वास्थ्यसमाचार /लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको मुटुरोग स्वास्थ्य शिबिरमा ५ सय जनाभन्दा बढीले उपचार सेवा लिएका छन् । बौद्ध विश्वविद्यालयको आयोजना, शहिद गंगाला हृदय उपचार केन्द्र र हर्ट टु हर्टको सहकार्यमा स्वास्थ्य शिबिर भएको हो । शिविरमा मुटुका बिरामीहरुको निशुल्क इको र इजिसी गरिएको थियो । गंगालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीको नेतृत्वमा १३ जनाको चिकित्सकको टोली उपचार सेवा प्रदान गरेको हो । शिबिरमा मुटुरोगका साथै प्रसुती, हाडजोर्नी तथा पेट रोगका विशेषज्ञ डाक्टरहरुले उपचार सेवा दिएका थिए । हृदय केन्द्रबाट अधिककारीको नेतृत्वमा रहेको टोलीमा…

रुपन्देहीका ५ पालिकामा १८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको खोप लगाईने

स्वास्थ्यसमाचार/ रुपन्देहीका ३ नगरपालिका र २ गाउँपालिकामा १८ बर्ष भन्दा माथिका सबै नागरिकलाई कोरोना बिरुद्धको खोप लगाईने भएको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार रुपन्देहीका ५ पालिका तिलोत्तमा नगरपालिका, देबदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकामा कोरोना बिरुद्धको भेरोसिल खोप ९० हजार जनालाई लगाईने भएको छ । शर्माका अनुसार ५ पालिकाका ९० हजार जनालाई कोरोना बिरुद्धको पहिलो डोज खोपलगाउने लक्ष्य रहेको बताए ।१३ गते बाट सुरु भएको खोपको पहिलो डोजको पहिलो दिन १९ हजारले खोप लगाएको शर्माले बताए । रुपन्देहीका अहिलेसम्म कोभिशिल्ड,…

एचआईभी एड्स रोकथाममा सबैको भुमिका महत्वपूर्ण स्वास्थ्य निर्देशक :डा गिरी

स्वास्थ्यसमाचार/ विश्वभर फैलिरहेको एचआईभी संक्रमणको दर न्युनीकरणको लागि सबैले आ आफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने कुरामा जोड दिइएको छ । लुम्बिनी प्रदेश स्वाथ्य निर्देशनालय बुटवल द्धारा आयोजना गरिएको विश्व एड्स दिवस डिसेम्बर १ को पुर्वसन्ध्यामा एचआईभी एड्स रोकथाम सम्बन्धी सचेतानमुलक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले आ आफ्नो क्षेत्रबाट भुमिका खेल्न सकेमा शंक्रमित दर कम गर्न सकिने बताएका हुन । सञ्चारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वाथ्य निर्देशक डा. विनोद कुमार गिरीले सचेतना वृद्धि नै संक्रमण दर रोक्ने प्रमुख उपाय भएको भन्दै सञ्चारकर्मी, सबैकोले आ आफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने बताएका हुन । उनले भने –‘हामी…

चिकित्सा शिक्षा आयोगद्धारा १५ वटा कलेजलाई नर्सिङ भर्नामा रोक

चिकित्सा शिक्षा आयोगले १५ वटा कलेजलाई पिसिएल नर्सिङ भर्नामा रोक लगाएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिइभिटिले मंसिर ८ गते प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा पूर्ण शूल्कीय तर्फको आवेदन फाराम खुलाएको छ । चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४२ बमोजिम विश्वविद्यालय प्रतिष्ठान र विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त शिक्षण संस्थाहरुमा सञ्चालन गर्न नहुने भएकाले ऐन विपरीत भर्ना नलिन सिटिइभिटीलाई निर्देशन दिएको छ जनअन्तगर्त रुपन्देहीको देबदहमा रहेको देबदहमेडिकल कलेज र पाल्पाको प्रवासमा रहेको लुम्बिनी मेडिकल कलेजले पिसीएल नर्सिड भर्ना गर्न नपाउने भएका छन । चिकित्सा शिक्षाआयोगले २ गि…

लुम्बिनी प्रादेशिक अस्पतालमा क्यान्सर स्क्रिनिङ सेन्टर बन्दै

स्वास्थ्यसमाचार/ रोटरी क्लव अफ बुटवलले स्वास्थ्य र सामाजिक क्षेत्रलाई लक्षित गर्दै विभिन्न चारवटा प्रोजेक्ट अगाडि बढाएको छ । रोटरीको ग्लोवल ग्रान्ट प्रोजेक्ट अन्तर्गत वर्ष २०२१/२२ को लागि चारवटा परियोजनाको काम अगाडि बढाइएको हो । चारवटा अन्तर्गत क्यान्सर स्क्रिनिङ सेन्टर सहित ब्लड कलेक्सन मोवाइल भ्यान सम्म छन् । रोटरी क्लव अफ बुटवलको २९ औं चार्टड नाइट कार्यक्रमको पुर्वसन्ध्यामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा रोटरीले अगाडि बढाएका परियोजनाबारे जानकारी दिइएको हो । जस अन्तर्गत रोटरी क्लव अफ बुटवलले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा द रोटरी क्यान्सर स्क्रिनिङ्घ एण्ड डाइग्नोष्टिक सेन्टर स्थापना, रक्तसञ्चार सेवा केन्द्रसँगको…