रुपन्देहीमा १८७ को नमुना परिक्षणमा २७ संक्रमित थपिए, मृतकको संख्या शून्य

स्वास्थ्यसमाचार /रुपन्देहीमा कोरोना संक्रमितको संख्या घट्ने क्रम जारी छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा २७ जनामा संक्रमण पुष्टि भएको छ भने २४ जना निको भएका छन् । १सय८७ जनाको नमुना परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल महानगरपालिका र तिलोत्तमा नगरपालिकामा ७/७ जना , बुटवल उपमहानगरपालिकामा ५, देबदह नगरपालिकामा ४, सैनामैना नगरपालिकामा ३ , ओमसितया गाउँपालिका र कञ्चन गाउँपालिकामा २/२ जना, सियारी र लुम्बिनी सास्कृतिक नगरपालिकामा १/१ जना संक्रमीत थपिएका छन् । रुपन्देहीमा पछिल्लो २४…

आगामी निर्वाचनसम्म सबैलाई कोभिड विरुद्धको खोप :अर्थमन्त्री पौडेल

स्वास्थ्यसमाचार/ अर्थमन्त्री विष्णु पौडेलले आगामी निर्वाचनसम्म सबै नागरिकलाई कोभिड विरुद्धको खोप उलब्ध गराइने दाबी गरेका छन् । सरकारले घोषणा गरेको निर्वाचन मितिसम्म सबैलाई खोप उलब्ध गराई मास्क खोलेर हिड्न सक्ने वातावरण सिर्जना गरिने बताए । विहिबार मात्रै अर्थसहित उद्योग बाणिज्य तथा आपुर्ती, उर्जा, जलश्रोत तथा सिञ्चाई गरी ५ मन्त्रालयको जिम्मेवारी पाएपछि पहिलोपटक गृह जिल्ला रुपन्देही आएका पौडेलले एक दुई हप्ताभित्रै कोभिड विरुद्धको खोप अभियान सञ्चालन गरिने बताए । अब सुरु हुने खोप अभियान रोक्न नपर्ने गरी सरकारले तयारीमा लागेको उनले बताए । कोभिड विरुद्धको खोप नेपालमा उत्पादन नहुने र विश्व…

रोटरीद्धारा आम्दाअस्पताल लाई स्वास्थ्य सामाग्री हस्तान्तरण

स्वास्थ्यसमाचार /रोटरी क्लब अफ सेन्ट्रल बुटवलले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) लाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । क्लवले बालबालिकाको उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरणको साथै विभिन्न खेलौना सामाग्री–सेट रोटरी ई–क्लब मेडिकोफ्युजन हाइब्रिड नेपालको संरक्षणमा रहनेगरी अस्पताललाई हस्तान्तरण गरेको हो । शुक्रबार सामाग्री हस्तान्तरण कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले क्लवले प्रदान गरेका सामाग्रीले स्वास्थ्य सेवा प्रवाहमा थप सहजता ल्याउने विश्वास व्यक्त गरे । क्लबले स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा धन्यन्वाद व्यक्त गर्दै उहाँले बालबालिका र महिलाको उपचारका लागि पश्चिम क्षेत्रको गहनाका रुपमा रहेको आम्दा अस्पताललाई अझै सुधार गर्दै लैजान…

भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि लगाइने

स्वास्थ्यसमाचार /जेठ २५ गतेदेखि सञ्चालन भएको कोराना भाइरस विरुद्धको भेरोसेल खोप अभियानमा पहिलो मात्रा लगाएकाहरुलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ । सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो । उक्त अभियानमा ३ लाख ७० हजार जनाले पहिलो मात्रा लगाएका थिए । भेरोसेल को पहिलो मात्रा लगाएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिनपर्ने भएकाले असार २२ गतेबाट दोस्रो मात्राको मिति तय भएको परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले वताए।…

देवदहमा रोटरीद्वारा पाठेघरको क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर

स्वास्थ्य समाचार /रोटरी क्लव अफ बुटवलले रुपन्देहीको देवदहमा एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । महिलाहरुको पाठेघर क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने उद्देश्यले उक्त स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा एक सय ५५ जना महिला सहभागी भएका थिए । उनीहरुलाई महिलासम्बन्धी प्रोल्याप्स र सर्भिकल क्यान्सर स्क्रिनिङ गरिएको थियो । देवदह स्वासथ्यचौकी खैरेनीमा आयोजना गरिएको स्वास्थय शिविरमा देवदह मेडिकल कलेजमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. ज्योती राना, रेडियोलोजिस्ट डा. अन्जान कोइरालाको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । त्यस्तै एशियन डाइग्नोसिस ल्यावबाट मनिष महतो लगायतको टोलीले प्राविधिक परीक्षण गरेको थियो ।…

लुम्बिनी प्रादेशिक अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य समाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालले जारी गरेको विज्ञप्ती अनुसार नवलपरासीका तीन जना र अर्घाखाँचीका एक जना पुरुषको मृत्यु भएको हो । अस्पतालका अनुसार अर्घाखाँची सन्धिखर्क–६ का ७८ बर्षीय पुरुष, नवलपरासीको सुनवल–६ का ३६ बर्षीय पुरुष, बर्दघाट–४ का ४५ बर्षीय पुरुष र बर्दघाट–१ का ६६ बर्षीय पुरुषको मृत्यु भएको हो ।मृत्यु हुनेमा एक जनाको फिबर क्लिनिक र बाँकीको आइसीयुमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा बिष्णु गौतले जानकारी दिए ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ जिम्मेवारीमुक्त

स्वास्थ्य समाचार /सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । अदालतको यो आदेशसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङको मन्त्री पद पनि गुमेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारको निर्णयविरुद्ध रिट दायर गरेका थिए।

बुटवलको नीति कार्यक्रम :स्वास्थ्य क्षेत्रलाई बिषेश प्राथामिकता

–मोतियाविन्दुको शल्यक्रियामा अनुदान –मुटु, मिर्गौला, क्यान्सर, अटिज्म, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल ऐनिमियाका बिरामीको उपचारमा अनुदान –हरेक वर्ष विद्यार्थीको निशुल्क आँखा जाँच –मजदुरहरुका लागि निशुल्क घुम्ति स्वास्थ्य शिविर स्वास्थ्य समाचार /बुटवल उपमहानगरपालिकाले स्वास्थ्य, शिक्षा, रोजगारी र वातावरणमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।नगरसभाको नवौं अधिवेशनमा प्रमुख शिवराज सुवेदीले नीति तथा कार्यक्रम प्रस्तुत गरे । उपमहानगरपालिकाले जनस्वास्थ्यमा नौला र आकर्षक नीति कोरोना महामारीको सम्भावित तेस्रो लहरको पूर्वतयारी लक्षित ल्याइएको नीति कार्यक्रमले जनस्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेको छ । सरकारी स्वास्थ्य संस्थालाई…

तिलोत्तमाको बजेट १ अर्ब ९८ करोड ७६ लाख स्वास्थ्यमा १९ करोड

स्वास्थ्यसमाचार/ “समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर शहर ः सुशासनयुक्त, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर भन्ने नारालाई निरन्तरता दिदै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ का लागि १ अर्व ९८ करोड ७६ लाख २८ हजार ५ सय ७४ रुपैयाको बजेट सार्वजनिक गरेको छ । मंगलबार नगरसभामा आर्थिक बर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै तिलोत्तमा नगरपालिका उप प्रमुख जगेश्वरी देवी चौधरीले दोस्रो लहरको कोरोना महामारीको कारण विश्वभर देखा परेको संकट र अर्थतन्त्रमा पारेको असहज अवस्थामा बजेट ल्याउनु पर्दा नगरबासीहरुको बिकासको ब्यग्र चाहनालाई पुर्ण रुपमा समेटन नसकेको बताईन । उनले वर्थिङ सेन्टरमा सुत्केरी…

लुम्बिनी आयुर्वेद चिकित्सालयमा नवनियुक्त पदाधिकारीको पदस्थापन

स्वास्थ्य समाचार/ लुम्बिनी आयुर्वेद चिकित्सालयमा सातौ बिश्व योग दिबस तथा अस्पताल बिकास समितिका नवनियुक्त पदाधिकारीहरुलाइ स्वागत तथा पदस्थापना गरिएको छ। कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले पहिले बिश्वास गर्दे आएको आयुर्वेद चिकित्सामा बिरामीको आकषर्ण कमहुदा कोरोना महामारीमा यो पद्धतिको आबश्यक अनुसारको उपचार नभएको बताए।उनले के कारणले कम भयो कारण खोज्ुपर्ने बताएका छन । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालका सचिब डा बिकास देबकोटाले आयुर्वेद चिकित्सालाई सरकारले प्राथामिकता दिएर निति कार्यक्रम बनाएको बताए ।प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले बजेट अभाब हुन नदिने बताए । बुटबल उपमहानगरपालिका…