स्वास्थ्यसमाचार/पुर्व मुख्यसचिव तथा नेपालका लागि चिनियाँ राजदुत लीलामणि पौडेल चिनियाँ सहयोग बोकेर पटक–पटक जिल्ला आउने गरेका छन् । पौडेलले कोभिड–१९ को दोस्रो लहरमा गुल्मीलाई पुग्ने माक्ससहितका स्वास्थ्य सामग्री वितरण गरेका थिए । अहिले पनि जिल्लाका विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरिरहेका छन् । उनले गुल्मी अस्पतालसहित चार प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीहरुलाई अक्सिजन कन्सन्टेटर वितरण गर्दै छन्् । गुल्मी अस्पताललाई ८ थान, रुरु, श्रृङा, जुहाङ र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई दुई/दुई थान कन्सन्टेटर प्रदान गरिने छ । त्यो बाहे चन्द्रकोट, मुसिकोट लगायतका स्वास्थ्यचौकीहरुमा पनि एक÷एक थान कन्सन्टेटर प्रदान गरिने…
समाचार
ओमिक्रोनबाट आतंकित हुनु पर्दैन, पहिलेजस्तै सावधानी अपनाए पुग्छ:भाइरोलोजिस्ट लुना भट्ट
स्वास्थ्यसमाचार/सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेको पुष्टि गरेको थियो। मंसिर ३ गते नेपाल आएका दुई जना विदेशी नागरिकमा ओमिक्रोन भेटिएको मन्त्रालयले विज्ञप्तिमार्फत् जानकारी गराएको हो। संक्रमण पुष्टि भएका दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूको सम्पर्कमा आएकाहरूमा संक्रमण नेगेटिभ देखिएको विज्ञप्तिमा उल्लेख छ। ३५ भन्दा बढी देशहरूमा भेरियन्टका संक्रमित फेला परिसकेकाले पनि पछिल्लो समय यसलाई लिएर विश्व नै तरंगित छ। नेपालमा पनि ओमिक्रोन भेरियन्ट फेला परेसँगै यसलाई लिएर धेरै जनालाई यसबारे चासो छ। भाइरोलोजिस्ट डाक्टर लुना भट्ट ओमिक्रोन भेरियन्टलाई…
लुम्बिनी प्रादेशिक अस्पताललाई आइस लाइन रेफ्रिजरेटर हस्तान्तरण
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबललाई भ्याक्सिन भण्डारणमा सहजहोस भन्ने उदेश्यका साथ लुम्बिनी प्रदेश आपुर्ति केन्द्रले आइस लाइन रेफ्रिजरेटर हस्तान्तरण गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा ईन्द्र ढकाललाई प्रदेश आपुर्ति केन्द्रका हरि आचार्यले रेफ्रिजरेटर हस्तान्तरण गरे । रेफ्रिजरेटर हस्तान्तरण कार्यक्रममा अस्पतालका शाखा अधिकृत सुरेन्द्र भन्डारी,नर्सिड प्रमुख ज्योति पौडेल, एमसिएच ईन्चार्ज मन्जु घर्ति ,स्टोर प्रमुख रुपलाल पन्थी लगायतका सहभागी रहेका थिए ।
बुटवल उद्योग वाणिज्य संघद्धारा तीनजना चिकित्सकलाई सम्मान
स्वास्थ्यसमाचार/ बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले तीनजना चिकित्सकलाई सम्मान गरेको छ । कोभिड महामारीको समयमा संघले सञ्चालन गरेको कोभिड हेल्पडेस्कमा बसेर स्वास्थ्य परामर्श गरेका डाक्टरहरु द्वारिका प्रधान, सुशील श्रेष्ठ र सुशान्त श्रेष्ठलाई सम्मान गरिएको हो । संघको ६८ औं साधारण सभामा आयोजित कार्यक्रममा उहाँहरुलाई नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कदरपत्र प्रदान गरे । कारोना महामारीको समयमा सर्वसाधारणलाई स्वास्थ्य परामर्शको लागि निःशुल्क मोवाईल हेल्पडेस्क सञ्चालन गरेको थियो । उक्त हेल्पडेस्कमा बसेर तीनजना डाक्टरहरुले स्वास्थ्य परामर्श प्रदान गरेका थिए । त्यस्तै संघका गतिविधि र…
बुटबलमा एकद्वार संकट व्यवस्थापन सम्वन्धि दुईदिने तालिम सुरु
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको समन्वय सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना र युनिसेफको सहयोगमा बुटवलमा एकद्वार संकट व्यवस्थापन केन्द्र तथा सरोकारवालाहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ २ दिने तालिममा सुरु भएको छ । लैंगिक हिंसा पीडित वा प्रभावितहरुलाई एकिकृत रुपमा स्वाथ्य सेवा, मनोसामाजिक विमर्श, चिकित्साजन्य प्रमाण संकलन र संरक्षण, अल्पकालिन आश्रय, कानूनी उपचार आवश्यकता अनुसार सुरक्षा ब्यवस्था र परिवार तथा जिविकोपार्जनमा सहयोग गर्ने सम्वन्धि जानकारी दिने उद्देस्यले क्षमता अभिबृद्धि तालिम सुरु गरिएको हो । तालिममा वोल्ने अधिकासं सरोकारवालाहरुले स्थानिय सरकार सबैभन्दा नजिकको सरकार भएकोले निति नियम बनाउने र कडाईका साथ लागु…
नेपालमा पहिलोपटक पुष्टि भयो कोरोनाको ओमिक्रोन भेरिएन्ट
स्वास्थ्यसमाचार/ नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भुर्चअल प्रेस मिट गर्दै नेपालमा २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ७१ र ६६ वर्षीय विदेशी नागरिकमा ओमिक्रोन पुष्टि भएको हो। ६६ वर्षीय पुरुष मंसिर ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए। उनी ओमिक्रोन पुष्टि भएको देश हुँदै नेपाल आएका थिए। उनको नजिकको सम्पर्कमा आएका ७१ वर्षीय पुरुषलाई पनि ओमिक्रोन पुष्टि भएको हो। ६६ वर्षीय पुरुष नेपाल आउँदा नियमानुसार पिसिआर रिर्पोट नेगेटिभ र कोरोना विरुद्धको…
ओमिक्रोनसँग विश्व डराउनुपर्ने अवस्था छैन : डब्लुएचओ
स्विट्जरल्याण्ड / कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग विश्व डराउनु पर्ने अवस्था नरहेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ । डब्लुएचओका वरिष्ठ वैज्ञानिक सौम्या स्वामिनाथनले एक वर्षअघि नयाँ भेरियन्ट आएको भन्दा अहिले निकै फरक अवस्था रहेको बताउनुभयो । डब्ल्युएचओका वरिष्ठ वैज्ञानिक स्वामिनाथनले भन्नुभयो, ‘हामी आत्तिने होइन, ओमिक्रोनविरुद्धको लडाइका लागि तयार र सतर्क हुन आवश्यक छ ।’ दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले पहिलो पटक सो भेरियन्ट पत्ता लगाएका हुन् । कोभिड(१९ बाट शरीरमा प्राप्त केही रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने गरेको डब्लुएचओले उल्लेख गरेको छ । डब्लुएचओका निर्देशक माइक र्यानले हाल कोभिड(१९ विरुद्ध प्रयोग…
ओमिक्रोन भेरियन्ट :भारतीय सीमा नाकाबाटै बढी जोखिम
पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरस ९कोभिड–१९० को नयाँ भेरियन्ट ओमिक्रोनको त्रास विश्वभर फैलिएको छ ।जोखिम न्यूनिकरणका लागि नेपालले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरिसकेको छ । जोखिम नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आफ्ना नागरिलाई अनुरोध समेत गरिसकेको छ । अन्य देशका नागरिकको हकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल–भारत सीमा नाकाहरुमा परीक्षण गर्ने व्यवस्था गरिएको छ । नयाँ भेरियन्टको जोखिमबारे विश्वभर चासो बढीरहेको सन्दर्भमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुनसँग गरिएको कुराकानीको संक्षिप्त अंशः…
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘डुप्लेक्स अक्सिजन प्लान्ट’ संन्चालनमा
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ‘डुप्लेक्स अक्सिजन प्लान्ट’ सञ्चालनमा आएको छ । बिश्व बैंकको सहयता तथा युनाइटेड नेशन अफिस फर प्रोजेक्ट सर्भिस युएनओपिएस मार्फत् सो डुप्लेक्स अक्सिजन प्लान्ट निर्माण भएको हो । एक समारोहका बिच बिश्व बैंकको कन्ट्रि म्यानेजर फरिस हाडाड जेरर्भस ,युएनओपिएसका कन्ट्रि म्यानेजर कमल कार्की र अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराइले रिबन काटेर अक्सिजन प्लान्टको उद्घाटन गरे ।१ सय ४२ सिलिण्डर दैनिक उत्पादन क्षमताको डुप्लेक्स अक्सिजन प्लान्टले प्रतिसिलिन्डर ४६ लिटर अक्सिजन उत्पादन गर्ने युएनओपिएसका कन्ट्रि म्यानेजर कमल कार्कीले वताए । यसमा कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङक,…
पछिल्लो २४ घण्टामा २३८ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु
स्वास्थ्यसमाचार/ नेपालमा थप २३८ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ६७९७ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ५२९५ जनाको पीसीआर परीक्षण गर्दा २२० जना र १५०२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको थियो।यो सँगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ३९२ जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ७४४ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा पाँच जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४० पुगेको छ।त्यस्तै पछिल्लो २४ घन्टामा ३९२ जना संक्रमित कोरोनामुक्त…