बर्दियामा सेनिटाइजर जस्तो तरल पदार्थ सेवन गर्दा २ जनाको मृत्यु ३ जना बिरामी

स्वास्थ्यसमाचार/ बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा (सेनिटाइजर वा स्पीरिट ) जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ भने ३ जना बिरामी परेका छन ।

जिल्ला स्वास्थ्य कार्यलय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार मधुवन नगरपालिका–८ टिसियन फाँटामा गाउँपालिकाको डम्पीङ साईडमा जर्किनमा तरल पदार्थ भेटीएको र त्यो घरका परिबारले खादाँ २ जनाको मृत्यु र ३ जना बिरामी भएको वताउनु भयो। उहाले त्यो गाउँपालिकाको डम्पीङ साईडमा फालेको सेनेटाईजर वा स्पीरिट हो  आधिकारी थाहनभएको बताउनु भयो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराका अनुसार मृत्युहुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनारको मृत्यु भएको तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भैरहेको र एक जनाको बर्दिया जिल्ला अस्पतालमा उपचार पछि घर र्फर्केको वताईएको छ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

सम्बन्धित शिर्षक :