रुपन्देहीमा ४४ संक्रमित थपिए १४३ मुक्त ,मृतकको संख्या शुन्य

स्वास्थ्यसमाचार /रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा ४४ जनामा संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबै भन्दा धेरै बुटवल सैनामैना नगरपालिकामा १३ जनामा संक्रमण पुष्टि भएको छ । ३सय६ जनाको कोरोना परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।मृतक संख्या भने शुन्य छ । यस्तै तिलोत्तमा नगरपालिकामा ११ जना, बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकामा ७/७ जना, सियारी गाउँपालिका, मर्चवारी गाउँपालिका, गैडहवा गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरापालिका, शुद्धोधन गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् । यस्तै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४सय६२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय…

प्रदेशका ११ जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट निर्माणका लागी स्रोत सुनिश्चितता :मुख्यमन्त्री पोखरेल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूर्वी रुकुम बाहेक ११ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि स्रोत सुनिश्चितता भइसकेको बताए । आज प्रदेश सभामा बोल्दै मुख्यमन्त्री पोखरेलले तेस्रो लहरको जोखिमलाई ध्यानमा राखेर रुकुम पुर्व बाहेकका अन्य जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न स्रोत सुनिश्चितता भइसकेको वताए । मुख्यमन्त्री पोखरेलले रुकुम पूर्वमा पनि अक्सिजन प्लान्टको स्थापना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भाव्यता अध्ययन गरिरहेको वताए। विज्ञहरुले कोरोना महामारीको तेस्रो लहर आउने चेताबनी संगै लुम्बिनी प्रदेश सरकारले त्यसअनुसारको पूर्वतयारीको थालनी गरेको मुख्यमन्त्री पोखरेलले बताए ।

रुपन्देहीमा लक्षित समुहका ८२ प्रतिशतले लगाए भेरोसेल खोप

स्वास्थ्यसमाचार/ रुपन्देहीमा लक्षित उमेर समूहका ८२ प्रतिशतले कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाएका छन् । रुपन्देहीमा भेरोसेल खोपको मंगलबार र बुधबार गरि दुईदिनमा लक्षित उमेर समूहका ११ हजार ४ सय ५८ जनाले पहिलो डोज लगाएका हुन् । जिल्लामा १४ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो । जिल्लाका १६ वटा स्थानीय तहका ६९ खोप केन्द्रबाट ६२ देखि ६४ वर्ष उमेर समूहमा ११ हजार ४ सय ८५ जनालाई लाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताए । ‘जिल्लाका १६ वटा पालिकामा रहेका ६९ खोप केन्द्रबाट ११ हजार ४…

बुटवल उपमहानगरमा महामारी विरुद्ध स्वास्थ्य सहायता कक्ष संञ्चालन

स्वास्थ्यसमाचार/कोभिड–१९ को महामारी विरुद्धको अर्को अभियान अन्तर्गत बुटवलमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको छ । बुटवल उपमहानगरपालिका र नेपाल स्काउटको सहकार्यमा बुटवलका विभिन्न सार्वजनिक स्थानमा सर्वसाधारण लक्षित स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको हो । उपमहानगर र नेपाल स्काउटको बुटवल उपमहानगर समितिको सहकार्यमा बुटवलको हस्पिटल लाइन, राजमार्ग चौराहा र पारी बुटवल मैनाबगरमा कोरोनाबाट जोगिने सूचना सहितको सचेतना कक्ष सञ्चालनमा आएका छन् । आमसर्वसाधारणको बढि आवागमन हुने तथा जनघनत्व धेरै भएको स्थानलाई लक्षित गरेर स्वास्थ्य सचेतना जगाउने कार्यक्रमसहित सञ्चालन गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । आजबाट संचालनमा आएको स्वास्थ्य सहायता कक्षको बुटवल…

कोभिड आइसोलेशन सेन्टरलाई पूर्वमन्त्री शुक्लद्वारा स्वास्थ्य सामग्री प्रदान

स्वास्थ्यसमाचार/पूर्वमन्त्री जनता समाजवादी पार्टी नेपाल का केन्द्रीय कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लले कोभिड आइसोलेशन सेन्टरलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेका छन् । कोटहीमाई र मर्चवारी गाउँपालिकाको सहकार्यमा लायन्स क्लब अफ लुम्बिनी मर्चवारद्वारा मझगावास्थित मर्चवार बहुमुखी क्याम्पसमा सञ्चालित २५ बेडको आइसोलेशन सेन्टरलाई विभिन्न सामग्री प्रदान गरेका हुन् । पूर्वमन्त्री शुक्लले सेन्टरलाई केएन नाइटीफाइभ मास्क ४ सय थान, सेनिटाइजर २० लिटर, सर्जिकल मास्क४ हजार थान, ग्लोब्स २ हजार थान, फेस शिल्ड १३० थान, व्यक्तिगत सुरक्षा सामग्री पीपीई २० थान,डिस्पोजेबल गाउन ४ सय थान, कभरअल ५० थान, सुज कभर १ सय थान, अक्सिजन केनुला…

कोभिसिल्ड लगाएकाले फरक फर्मुलाको दोस्रो खोप लगाउनु हुँदैनः विज्ञ

काठमान्डौ /कोभिसिल्डको दोस्रो डोज खोप लगाउने समय केहि पर धकेलिए पनि आत्तीहाल्नुपर्ने अवस्था भने नरहेको विज्ञहरुले वताएका छन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागरमान राजभण्डारीले केही ढिलो भए पनि डराइहाल्नु पर्ने अबस्था नरहेको वताएका छन । । “सुरुमा यो कोभिसिल्ड भारतमा लगाउँदा दास्रो डोज आठदेखि १२ हप्ताको बीचमा लगाउने भनेको थियो । हामी पनि त्यहिअनुसार नै भनेका हौँ तर अहिले पछिल्लो अबस्थामा विश्वव्यापी रुपमा खोपको अभाव सिर्जना भएको कारणले पनि १२ देखि १६ हप्ताको बीचमा दिँदा पनि एन्टिबडी प्रशस्त मात्रामा रहेको हुँदा केहि असर हुदैन ”उनले भने…

लुम्बिनी र राप्ती आयुर्वेद चिकित्सालयहरूलाई नमुना र औषधी उत्पादन केन्द्र वनाईने

स्वास्थ्यसमाचार/ लुम्बिनी र राप्ती आयुर्वेद चिकित्सालयहरूलाई नमुना चिकित्सालयको रुपमा विकास गर्दै प्रदेशको लागि आवश्यक आयुर्वेद औषधी उत्पादन केन्द्रको रुपमा विकास गरिने भएको छ । प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले लुम्बिनी र राप्ती आयुर्वेद चिकित्सालयहरूलाई नमुना र आयुर्वेद औषधी उत्पादन केन्द्र वनाईने बताएका हुन् । त्यस्तै प्रदेशका आयुर्वेदिक स्वास्थ्य केन्द्र तथा चिकित्सालयहरूबाट आयुर्वेदिक औषधीहरूको उत्पादन र वितरणको कार्यलाई थप प्रभावकारी बनाइने। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र रुकुम पूर्वमा आयुर्वेदिक चिकित्सालयको स्थापना गरिनेछ। विद्यार्थीहरूमाझ जडिबुटी पहिचानका कार्यक्रमहरू सञ्चालन गरिने। आयूर्वेद तथा प्रदेशमा प्रचलित अन्य परम्परागत प्राकृतिक चिकित्सा,…

रुपन्देहीमा ६२-६४ वर्ष उमेरका ९ हजारले लगाए भेरोसेल खोप

स्वास्थ्यसमाचार/  रुपन्देहीमा ६२ देखि ६४ वर्ष उमेर समूहमा पहिलो मात्रामा भेरोसेल (चाइनिज) खोप ९ हजारले लगाएका छन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार जिल्ला भित्र रहेका १६ पालिका ९६ खोपकेन्द्र मार्फत ९ हजार जनाले पहिलो मात्रामा भेरोसेल (चाइनिज) खोप लगाएका हुन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार बुटबल उपमहानगर पालिकामा २२सय ८१ लक्ष्य भएकोमा २१ सय ३० जनाले खोप लगाएका छन ।त्यस्तै देवदहनगरपालिकामा८ सय ५६लक्ष्य भएपनि ६सय ७ जनाले खोप लगाएका छन । तिलोत्तमा मा १६सय १४ लक्ष्य भएपनि१५सय ५३ जनाले खोप लगाएका छन ।लुम्बिनी सांस्कृतिक…

लुम्बिनी प्रदेशको नीति कार्यक्रमः लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई विशिष्टिकृत बनाईने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले आज लुम्बिनी प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७८÷७९ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दे प्रदेश प्रमुख धर्मनाथ यादवले कोरोना महामारी लगायतका महामारीमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनपूर्वाधार, औषधी, स्वास्थ्य उपकरणहरू र पर्याप्त जनशक्तिको व्यवस्था गर्ने । विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई दुर्गम क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने प्रदेश मातहतमा रहेका स्वास्थ्य संस्थाहरूलाई समयानुकुल बनाउन सबै स्वास्थ्य संस्थाहरूको संगठन तथा व्यवस्थापन सर्वे गरि स्वास्थ्य संस्थाहरूको…

सैनामैनाको कोरोना अस्पताललाई हेरफरको २६लाख ५० हजार सहयोग

स्वास्थ्यसमाचार/हेफर इन्टरनेशनल नेपालले सैनामैना नगरपालिकाको कोरोना अस्पताल व्यवस्थापनको लागी रु २६ लाख ५० हजार सहयोग रकम उपलब्ध गराएको छ । आज सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीलाई हेफरको तर्फबाट अनन्तराज सिलवाल सहितको टोलीले उक्त रकम हस्तान्तरण गरेका हुन। सहयोग रकम बुझ्दै सैनामैनाका नगर प्रमुख कार्कीले ठुलो धनराशीको सहयोग उपलब्ध गराएकोमा हेफरलाई समग्र नगरपालिका र नगरबासीको तर्फबाट धन्यवाद ब्यक्त गरे । हेफर लगायत अन्य संघ संस्थाबाट प्राप्त सहयोग रकमले सैनामैनामा संचालित कोरोना अस्पताल अब छिटै नै सुबिधा सम्पन्न अस्पतालको रुपमा संचालनमा आउने समेत कार्कीले वताए । उक्त रकम हस्तान्तण कार्यक्रममा नगरपालिका…