नक्कली खोप कार्ड बनाई क्यानडा छिरेका दुई जना पक्राउ, १६ हजार डलर जरीवाना

स्वास्थ्यसमाचार /नक्कली खोप कार्ड बनाई क्यानडा छिरेका दुई जना पक्राउ परेका छन् । खोप लगाएको भनेर फर्जी कागजात देखाएर अमेरिकाबाट क्यानडा प्रवेश गरेका दुई जना पक्राउ परेका हुन् । पक्राउ परेका दुई जनालाई जरीवाना तिराएर छोडिएको बीबीसीले जनाएको छ । एकजनालाई १६ हजार अमेरिकी डलरका दरले जरीवाना तिराएको बिबिसीले जनाएको छ। क्यानडाको टोरन्टो एरपोर्टमा आइपुगेका उनीहरुको खोप लगाएको भनेर प्रमाणित कागजात नक्कली भएको खुलेको थियो। त्यसैगरी कोरोना जाँच गरिएको रिपोर्टसमेत नक्कली भएको खुलेपछि उनीहरुलाई जरीवाना तिराइएको थियो। क्यानडाको पब्लिक हेल्थ एजेन्सीको विज्ञप्तिमा जुलाई १८ मा ती व्यक्ति अमेरिकाबाट क्यानडा आएका…

देशभर भेरोसेल खोप दोस्रो मात्रा साउन २२ गते शुक्रबारदेखि लगाईने

स्वास्थ्यसमाचार/ सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार यही साउन २२ गते देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो । गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । पहिलो मात्रा लगाएको २१ दिन पुगेका सबैलाई दोस्रो मात्राको खोप दिन थालिएको…

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त

स्वास्थ्यसमाचार/ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतका अनुसार डा. बिच्छालाई स्वास्थ्य सेवा विभागको जिम्मेवारी दिइएको हो । डा. बिच्छा कान्ति बाल अस्पतालमा निर्देशक पदमा कार्यरत थिए ।यसअघि सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जोगेश्वर गौतमको सरुवा गरेको थियो । डा. गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवामा पठाइएको छ भने युनिफाइड केन्द्रीय अस्पतालमा डा. भुपेन्द्र बस्नेतलाई पठाइएको छ । ।

ज्वरो र रुघाखोकीले भरिनथाले लुम्बिनी प्रदेशका अस्पतालहरु

स्वास्थ्यसमाचार/ रुपन्देही लगायत यस क्षेत्रका अस्पतालमा भाइरल बिरामीको चांप पनि बढ्ेको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटबल भिम अस्पताल अर्घाखाची गुल्मी लगायका अस्पतालमा भाइरल बिरामीको चांप बढेको अस्पतालको तथ्याक छ । यता अस्पतालमा भाइरल बिरामीको चांप पनि बढ्न थालेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सिनियर फिजिसियन कन्सल्टेन्ट डा सुदर्शन थापाले बताए ।उनले दैनिक ५० जनासम्म भाइरल भएका बिरामी आउने गरेको बताए । कोरोनाका बिरामी समेत खाली छैनन्, उनले भने, भाइरल थपियो अब झन खतरा बढ्न सक्छ ।’ डा थापाका अनुसार भाइरल र कोरोनामा गन्ध र स्वाद हराउने बाहेकका सबै लक्षण मिल्ने…

कोभिड–१९ विशेष- ‘तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै बालबालिका लक्षित तयारी गरेका छौं’ : डा खनाल

पश्चिम नेपालको सबैको आस्थाको केन्द्रबिन्दमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा दैनीक बिरामीको चाँप थेगी नसक्नु छ । जाडोको समय वा गर्मिको समय दुबै समयमा बिरामीको चाँप उस्तै रहेको छ। गत बर्षदेखी बिश्वमा फैलिएको कोरोना महामारीको अबस्थामा अस्पतालले आफना सेवालाई नरोकि निरन्तर सेवा संञ्चालन गरेको थियो । गत बर्ष भन्दा अहिले अस्पतालका करिब १ सय भन्दा बढी स्वास्थ्यकर्मिहरु कोरोना संक्रमिति हुदा सम्म कुनै सेवा संञ्चालनमा अबरोध नभई नियमिति संञ्चालन भैरहेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने र अबका दिनमा बालबालिकाहरु बढी जोखिममा हुने भएकाले सबै…

खोप प्रमाणपत्र दिँदा शुल्क नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्यसमाचार /स्वास्थ्य सेवा विभागले ५० शय्या भन्दा माथिका सबै सरकारी अस्पताललाई व्यक्तिले खोप लगाएको प्रमाणीकरण गर्न निर्देशन दिएको छ। विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहले सातै प्रदेशका स्वस्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएका हुन्।महानिर्देशक डा सिंहले खोप कार्ड प्रमाणिकरणका लागि बढिमा २ जनासम्म फोकल पर्सन (मेडिकल डाक्टर) तोक्न समेत निर्देशन दिएको छ। साथै सबै अस्पतालहरुलाई खोप लगाएका व्यक्तिको खोप प्रमाणिकरण निःशुल्क गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ।विभागले आगामी भदौं १ गतेदेखि विदेश जाने नागरिकहरुका लागि लागि सूचना प्रमाणीकरण अग्रिम दर्ता गराएर…

“हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी”

मोति प्रसाद पौडेल नाराका साथ २०७८ साउन १७ देखि २३, (अर्थात अगष्त १ देखि ७, २०२१) आज देखि विश्व स्तनपान सप्ताह मनाईदै छ । स्तनपान संरक्षण तथा समर्धन गर्ने उद्देश्यले सन् १९९२ देखि यो सप्ताह मनाइँदै आइएको हो । आइतबार देखि सुरु भएको विश्व स्तनपान सप्ताह नेपालमा पनि मनाइँदै छ । आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म यो दिवस मनाउने गरिन्छ । तर, यो अभियान प्रभावकारी हुन सकेको छैन । यसैका ज्वलन्त उदाहरण पनि छन् शिक्षित मानिएका वर्गलाई त अझै स्तनपान बारेमा राम्रो ज्ञान…

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलको वार्षिक समिक्षा गोष्ठि सम्पन्न

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलको वार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको ।अस्पताल भएका काम समस्या र अब गर्ने कामको बारे समिक्षा भएको हो । लुम्बिनी प्रादेशिक अस्पताल मेसु डा राजेन्द्र खनालको अध्यक्षता अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भट्राईको प्रमुख आतिथ्यता र समितिका सदस्य रिज्जु श्रेष्ठको बिशिष्टआतिथ्यमा वार्षिक समिक्षा गोष्ठि भएको थियो । वार्षिक समिक्षा गोष्ठिमा अस्पतालका सबै वाड ईन्र्चाजले बर्ष भित्र भएका कामको बारेजानकारी गराएका थिए । उनीहरुले काम गर्न भएका समस्या समाधानका उपाय र अब काम कसरी गर्ने भन्नेवारे छलफल गरेको अस्पतालका नर्सिड ईन्र्चाज ज्योती पौडलले बताईन । उनले…

‘पुर्व सांसद खड्काले अस्पतालका प्रमुखलाई एम्बुलेन्समा थुनेर जथाभावी गाली गरे’

स्वास्थ्यसमाचार / पूर्व राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्काले चिकित्सकमाथी दुव्र्यवहार गरेको भन्दै अर्घाखाँची अस्पतालले कार्वाहीको माग गरेको छ ।आमाको उपचार गराउन अस्पताल पुगेका पूर्व राष्ट्रियसभा सदस्य तथा एमाले जिल्ला नेता खड्काले अर्घाखाँची अस्पतालका चिकित्सकहरुलाई दूव्यहार गर्दै डा कपिल गौतमलाई एम्बुलेन्स भित्रै थुनेको घटनाको सत्य तथ्य छानबिन गरी दोषी माथी प्रचलित ऐन नियम अनुसार कारर्वाही गर्न अस्पतालले माग गरेको हो । हिजो बिहान ११ः३२ बजे पूर्व राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्का ज्यूको आमालाई उपचारको लागि यस अस्पतालको आकस्मिक कक्षमा ल्याइएको र नि मे सू डा कपिल गौतम, डिउटीमा रहेका डा पूजा…

लुम्बिनी प्रादेशिक अस्पतालमा ४५ बेडको क्याविन सेवा सञ्चालनमा

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा ४५ बेडको क्याविन सेवा सञ्चालनमा आएको छ । एक कार्यक्रममा बिच अस्पताल बिकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराई, सदस्य रिज्जु श्रेष्ठ र प्रमुख मेडिकल सुपरिटेण्ट डा. राजेन्द्रप्रसाद खनालले संयुक्त रुपमा क्याविन सेवाको सुभारम्भ गरे। क्याविन सेवा सुभारम्भ कार्यक्रममा बोल्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्ट डा. राजेन्द्रप्रसाद खनालले अव लुम्बिनी प्रादेशीक अस्पतालमा बेड संख्या ३ सय ७५ पुगेको र विरामीको पक्षबाट क्याविन सेवाको अध्याधिक माग भएकाले अस्पतालका सेवामा केही सहजता आएको वताए । डा खनालले अस्पतालका सामान्यदेखी एसी डिलक्ससम्म ६ प्रकारका क्याविन कोठाहरु रहेका छन् । क्याविनको स्तर…