ए एच एफ नेपालद्धारा लुम्बिनी अस्पताललाई स्वास्थ्य सामाग्री

स्वास्थ्यसमाचार/ ए एच एफ नेपालले NAP+N को साझेदारीमा लुम्बिनी प्रादेशिक अस्पताललाइ कोरोना उपचार मा कार्यरत स्वास्थ्यकर्मी हरुका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । ए एच एफ नेपालका क्षेत्रीय कार्यक्रम संयोजक धर्म राज भट्टराई ले पिपिई-१९ थान, N95 मास्क – ५० थान, सर्जिकल ग्लोभ्स – ८सय जोडा, थर्मल गन् – १ थान, रियुसेबल गोग्ल्स-१५ थान लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति अध्यक्ष सुर्य बहादुर भट्टराई लाइ एक समारोहका बिच हस्तान्तरण  गरे । समारोहमा लुम्बिनी प्रादेशिक अस्पतालका एचआईभी फोकल पर्सन रुपलाल पन्थी, स्टोर प्रमूख बबिता बजिमय, NAP+N का प्रतिनिधि एबम आशाज्योती सहयोग…

रुपन्देहीका कोरोना संक्रमित अस्पतालभित्रै नाचगानमा मस्त

स्वास्थ्यसमाचार / बुटवलस्थित धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा भर्ना भएका नाचेर दिन कटाउने गरेका छन । जिल्लाको कोटहीमाई गाउँपालिकाका कोभिड १९ संक्रमित युुवा नाचेको भिडियो भेटिएको छ । गएको शुुक्रबार काठमाडौंमा उनको स्वाब जाँच गर्दा रिर्पोट पोजेटिभ देखिएपछि हस्पिटलको आइसोलेनमा भर्ना गरिएको थियो । अस्पतालका फोकल पर्सन डक्टर सुुदर्शन थापाले एक्लै अस्पतालमा बस्दा बस्दै दिन कटाउन गाह्रो भएपछि संक्रमति युुवा नाचेको पुुष्टि गरे । डा. थापाले भने, ‘एक्लै भएर बोर लाग्दो हो । नाचेका रहेछन । नाच्दा पनि सरीरलाई फाइदा नै हुुन्छ ।’ उनले उक्त भिडियो सिसिटिभी फुुटेज नभई…

राष्ट्रिय चिकित्सक संघको पहलमा चीनबाट आयो मेडिकल सामग्री –प्रदेश सरकारलाई हस्तान्तरण

स्वास्थ्यसमाचार/ कोरोना भाइरस (कोभिड–१९) महामारीका विरुद्ध उपचारत चिकित्सकहरुले स्वास्थ्य सामग्रीको जोहो गर्ने काममा पनि केन्द्रित भएका छन् । राष्ट्रिय चिकित्सक संघमा आवद्ध यहाँका चिकित्सकहरुले मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको कान्तु प्रान्तसंगको सहकार्यमा जुटाएको स्वास्थ्य सामग्री मंगलबार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय चिकित्सक संघ नेपाल लुम्बिनी शाखाले प्रदेश पाँच सरकारको समाजिक विकास मन्त्रालयलाई मंगलबार हस्तान्तरण गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल बढाइदिन आग्रह पनि गरेको छ । कोभिड–१९ का विरुद्ध संघर्ष गरिरहेको प्रदेश ५ सरकारलाई बिभिन्न राहत सामाग्री पठाएको थियो । मन्त्री सुदर्शन बराललाई कान्तु प्रतिनिधि डा.होङ हाङ, चिकित्सक संघका…

कोरोनाले कसैलाई चिन्दैन सीमा क्षेत्रमा थप सर्तकता अपनाउ

स्वास्थ्यसमाचार/ स्थानीय तहका जनप्रतिनिधिकै सहयोगमा भारतमा गएका नागरिकहरु नेपाल भित्रिन थालेको गुनासो आएपछि प्रदेशसभा सांसद र रुपन्देहीका सुरक्षा निकायका प्रमुखहरु मर्चवार पुगेका छन् ।मर्चवार क्षेत्रबाट त्यस्तो गुनासो आएपछि सांसद तथा प्रहरी प्रमुखहरु फिल्डमा खटेर जनप्रतिनिधिलाई सचेत बनाएका छन् । प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेम कुमार थापा र सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलसहितको सुरक्षा निकायको टोली रुपन्देहीको सम्मरीमाई गाउँपालिका–३ स्थित तरैनी नाका र मर्चवारी गाउँपालिका–१ स्थित खैराघाट नाका पुगेर स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीलाई कोरोनाविरुद्ध लड्नका लागि सीमा क्षेत्रको अनुगमन गर्न आग्रह गरेका छन् ।…

नेपालगञ्जमा कोरोना संक्रमणको संख्या २३ ,नेपालमा ८२ पुग्यो

स्वास्थ्यसमाचार/बाँकेको नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा आज विहान गरिएको परीक्षण नतिजा अनुसार थप ७ जनामा कोरोना भाइरस ९कोभिड १९० पोजेटिभ देखिएको हो । संक्रमितहरु नेपालगञ्ज उपमहानगरपालिका ८ निवासी वर्ष २२, ३० र ४० बर्षका पुरुषहरु र ९, ३२,३४ र ५५ बर्षका महिलाहरु रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यसअघि नेपालगञ्जकै सोही क्षेत्रमा १६ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।यो संगै नेपालगञ्जमै मात्रै संक्रमित हुनेकोसंख्या २३ पुगेको छ ।…

प्रतिमान नीमा प्रतिष्ठान द्धारा लुम्बिनी र भीम अस्पताललाई पिपिई प्रदान

स्वास्थ्यसमाचार/ प्रतिमान नीमा स्मृति प्रतिष्ठान भैरहवाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवालाई ५-५ थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) प्रदान गरेको छ । प्रतिष्ठानले दुईवटै अस्पताललाई पीपीई ५ थान, फेस सेल्ड (हेल्मेट), ५ थान, पञ्जा ५ जोडा, स्यानेटाइजर २० पिस र बुट ५ जोडा उपलब्ध गराएको प्रतिष्ठान कार्यकारी निर्देशक स्वाती थापाले बताइन् । प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापा र निर्देशक धर्म बहादुर के.सी.ले लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. राजेन्द्र प्रसाद खनाल र भीम अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. नविन दर्नाललाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरे । स्वास्थ्य सामाग्री…

औषधि र किट बोकेर सामाजिक विकास मन्त्रीको टोली नेपालगञ्जमा

स्वास्थ्यसमाचार/ प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल सहितको टोली संक्रमित क्षेत्रको अवस्था बुझ्न नेपालगञ्ज पुगेको छ।एकैपटक १५ जनामा कोरोना भाइसर संक्रमण पुष्टी भएपछि बांकेको नेपालगञ्जमा प्रदेश सरकारले चासो बढाएको छ । सो जिल्लाका सबै क्षेत्रमा प्रशासनले कडाइ गरेको छ भने मन्त्रीको टोली प्रभाबित क्षेत्रमा पुगेको छ । त्यहा परीक्षण दर बढाउन सरकारले थप पहल गरेको हो ।“अहिले अभाब भैरहेको आवश्यकपर्ने किट र चिकित्सकका सुरक्षाका सामग्रीको कुनैपनि अभाव हुन दिन्नौ ,सरकारको ध्यान पुरै कोरोना बिरुद्धमा छ ” । प्रभाबित क्षेत्रमा पुगेका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले भने । “सबै…

नेपालगन्जमा एकै पटक धेरै सङ्क्रमित भेटिनु लकडाउनमा कडाई नहुनु हो ?

स्वास्थ्यसमाचार/प्रदेश नं ५ को बाँके जिल्लाको नेपालगन्जमा एकै दिन कोरोना भाइरसका १५ जना नयाँ सङ्क्रमित भेटिएपछि अचानक कसरी सङ्क्रमितको सङ्ख्या बढ्यो भन्ने प्रश्न धेरैमा जन्मिएको छ। त्यससँगै यो गति अब झन् बढ्ने त होइन भन्ने आशङ्का पनि थपिएको छ। स्वास्थ्य अधिकारीहरूले सङ्क्रमितहरू थाहा पाएर वा नपाएर लुकेर बसेको र सङ्क्रमितमा हालसम्म लक्षण पनि नदेखिएकाले पहिचान गर्न मुस्किल भएको अनुभव सुनाएका छन् । भेरी अस्पताल नेपालगन्जका प्रमुख डा। प्रकाश थापाले शङ्काको आधारमा परीक्षणको दायरा बढाउँदै जाँदा पछिल्ला सङ्क्रमित फेला परेको जानकारी दिए । उनका अनुसार बाँकेमा नमुना परीक्षण गर्न ढिलो हुँदा…

भारतमा चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आकाशबाट पुष्प वर्षा

स्वास्थ्यसमाचार/ भारत सरकारले कोरोना संक्रमितको उपचारमा फ्रन्टलाइनमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आकाशबाट पुष्प वर्षा गराएको छ । भारत सरकारले विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाको उपचारमा आफनो ज्यानको जोखिम मोलेर काम गरिरहेका उनीहरुको सम्मानमा हेलिकोप्टरबाट पुष्प वर्षा गरेको हो । भारतका तीन सेना थलसेना,वायुसेना र नौसेना ले आ आफनो तरिकाले आकाशबाट पुष्प वर्षा गरी चिकित्सक, स्वास्थ्यकर्मी , सुरक्षाकर्मी एवं अस्पतालमा खटिएका कर्मचारीका लागि सम्मान गरेको हो । कोरोना योद्धाका नाममा सरकारका तर्फबाट यो सम्मान गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । जहाँ जहाँ कोरोना संक्रमितको उपचार भइरहेको छ ती…

५७ वर्ष नर्सिङ सेवामा समर्पित नर्सिङ संघकी पूर्व अध्यक्ष को निधन

स्वास्थ्यसमाचार/  नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन भएको छ । ७७ वर्षीया राईको सोमबार विहान साढे ७ बजे वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरीकाअनुसार उनको सोमबार विहान निधन भएको हो । ‘उहाँको अवस्था अलि क्रिटिकल नै थियो, विहान बित्नुभयो,’ डा। सेन्चुरीले भने । शान्ता भवन पाटनबाट नर्सिङ पेशा सुरु गरेकी थिइन् । राई शान्ता भवन हाल ललितपुर नर्सिङ क्याम्पसको पहिलो नेपाली प्रमुख समेत थिइन् । नेपाल नर्सिङ काउन्सिलकी पूर्व रजिष्ट्रार लक्ष्मी राईकाअनुसार उनी सो क्याम्पको सुरुवाती चरणकी अध्यापक हुन् ।…