स्वास्थ्य निर्देशनालय खारेज गर्ने निर्णय सच्चाउ :मेलान(MELAN) लुम्बिनी

स्वास्थ्यसमाचार/ मेडिकल ल्यावोरेटोरी एशोसिएशन अफ नेपाल लुम्बिनी स्वास्थ्य निर्देशनालय हटाउने निर्णय गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

स्वास्थ्य क्षेत्र एउटा गम्भिर विषय हो । जनता स्वस्थ भएर बाँच्न पाउनु पर्छ । जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउने राज्यको दायित्व हो । संघिय संरचनामा राज्य प्रबेश गरिसकेपछि यस प्रदेशमा स्वास्थ्य क्षेत्र हेर्ने छुट्टै मन्त्रालय हुनुपर्छ भन्ने महत्वपूर्ण सोचका साथ यस प्रदेशमा स्वास्थ्य मन्त्रालय स्थापना भएको सर्बविदितै छ ।

स्वास्थ्य मन्त्रालयले नीतिगत व्यवस्था गर्ने र यसकै मातहतमा निर्देशनालय मार्फत कार्यान्वयन गराउने अत्यन्त राम्रो अभ्यास रहदा रहदै अन्य मन्त्रालय अन्तर्गत निर्देशनालय सरह स्वास्थ्य निर्देशनालय लाई पनि राखेर स्वास्थ्य क्षेत्रको कार्यक्रम समन्वय तथा जनस्वास्थ्यको स्तर उन्नतिका लागि गरिरहेको कार्यको अवमूल्याङ्कन गरी जनताको स्वास्थ्य क्षेत्रमा प्रभावकारी कार्यक्रमलाई निरुत्साहित गर्ने कार्य गरेको हामीलाई महशुस भएको छ ।

आज विश्वमा फैलिरहेको नयाँ नयाँ रोगहरुको महामारी वातावरणीय परिवर्तन , प्रदुषण , नसर्ने रोगहरुको बढ्दो क्रम , जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारेको प्रभावले स्वास्थ्य क्षेत्रलाई अझै गम्भिर बनाएको र यस परिस्थितिमा स्वास्थ्य क्षेत्रलाई अझै प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्ने आजको आवश्यकता हो ।

जसका लागि निर्देशनालयको संरचना अत्यन्त आवश्यक देखिन्छ । यस प्रदेशमा जनस्वास्थ्य सम्बन्धि विद्यमान कार्यक्रम तथा अझै परिस्कृत रुपमा संचालन गरिनुपर्ने कार्यक्रम सबै मन्त्रालयले गर्न प्राय असम्भव नै छ ।

जसका लागि छुट्टै कार्यान्वयन गर्ने निकाय आवश्यक रहन्छ । स्वास्थ्य निर्देशनालय खारेज गर्ने निर्णयलाई तत्काल सच्चाउन स्वास्थ्यमन्त्री, मुख्यमन्त्री तथा मुख्यमन्त्री मन्त्रीपरिषद् कार्यालयलाई माग गरिएको  लुम्बिनी प्रदेश अध्यक्ष निम प्रसाद गिरीले बताए।

प्रेस विज्ञप्ति

सम्बन्धित शिर्षक :