शुद्धोधन गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

स्वास्थ्यसमाचार /रुपन्देहीको शुद्धोधन गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ।

शुद्धोधनमा आ.ब.०७९/०८० मा १६ महिनादेखि ५ बर्षसम्म सबै बालबालिकाहरुलाई र १५ महिना मुनीका बालबालिकाले पाउनुपर्ने पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुदाँ शुद्धोधन गाउँपालिकालाई पूर्णखोप दीगोपना सुनिश्चित भएको घोषणा गरिएको हो।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले पूर्ण खोप पालिका सुनिश्चित गर्ने राष्ट्रिय निर्देशिका बमोजिन सम्पूर्ण प्रक्रिया पुरागरी शुद्धोधन गाउँपालिकालाई पूर्णखोप दीगोपना सुनिश्चित घोषणा गरिएको बताउनु भयो।

उक्त कार्यक्रममा पूर्णखोप दीगोपना कार्यक्रमको शुद्धोधन गाउँपालिका स्वास्थ्य सेवा शाखाको प्रतिवेदन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले प्रस्तुतिमा यस पालिका तथा वडा स्तरिय खोप समन्वय समितिको अभिमुखिकरण तथा योजाना निर्माण कार्यक्रम सम्पन्न गरिएको र जन्मेदेखि १५ महिना उमेरका बालबालिकाहरुको खोपको सूचि तैयार तथा १६ देखि २३ महिनाका बालबालिकाको घरधुरी सर्वेक्षण गरिएको वताउनु भयो।

उहाले पूर्ण खोप लगाउन छुटेका बालबालिकाको पहिचान तथा खोप कार्यक्रमको योजना निर्माण गरिएको स्वास्थ्य संस्था तथा वडास्तरिय सुपरिवेक्षण गरिएको र गाउँपालिका स्तरिय सुपरिवेक्षण गरिएकोमा खोप नलगाएको वच्चा नभेटिएको वताउनु भयो

स्वास्थ्य कार्यालय रुपन्देही तथा जिल्ला खोप समन्वय समितिलाई अनुगमनको लागि सिफारिस गरिएको थियो।गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शान्तादेवी ज्ञवाली, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेल,स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत गौरव ढकाल, जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृतहरु भेषराज शर्मा,चिन्तामणि ज्ञाबली,देबेन्द्र गुरुड शुद्धोधन का प्रबक्ता केशवप्रसाद अधिकारी,लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।

स्वास्थ्य शाखाका सि,अ,न,मी,वविता न्यौपानेको स्वागत र सि,अ,न,मी,सिर्जना पौडेलको संञ्चालनमा घोषणा कार्यक्रम भएको थियो।

सम्बन्धित शिर्षक :