प्रदेश ५ मा डाक्टर नर्स सहित ८जना प्रदेश सेवा पदकद्धारा बिभुषित

स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारले संविधान दिवसको अबसरमा प्रदेश सेवा पदकद्धारा यस प्रदेशका ४ डाक्टर २ नर्स १ आयुर्वेद र १ जना ल्याव टेक्नीसियन लाई विभुषित गरेको छ । बिभुषित हुनेमा डा. राजेन्द्र प्रसाद खनाल लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट , डा. सुमित प्रजापति भीम अस्पताल भैरहवा, डा. उत्तम पच्या गुल्मी जिल्ला अस्पताल गुल्मी तम्घास रहेका छन। उनीहरुलाई कोभिड १९ बाट संक्रमित बिरामी र अन्य बिरामीहरुको उपचारको समुचित व्यवस्था मिलाएको र जिल्ला अस्पतालमा कार्यरत रही स्वास्थ्य सेवामा प्रशंसनीय कार्य गरेको कारण बिभुषित गरेको छ । त्यस्तै २ जना नर्स बसुन्धरा ज्ञवाली…

राष्ट्रपतिबाट विभूषित लुम्बिनी प्रादेशिक अस्पतालका दुईहस्ती डा थापा र नर्स पौडेल

स्वास्थ्यसमाचार/ केही महिनादेखि जारी कोभिड महामारीमा जोखिम मोलेरै सेवा गरेका चिकित्सक र नर्सको मनोवल बढाउनेगरी सरकारले संविधान दिवसको अबसमा विभूषण प्रदान गरेको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोभिड उपचारमा खटिएका चिकित्सक डा. सुदर्शन थापा, र लुम्बिनी प्रादेशिक अस्पतालकि नर्सिङ इन्चार्ज ज्योति पौडेल, राष्ट्रपति प्रबल जनसेवा श्री चतुर्थबाट विभूषित गरिएको छ। पछिल्लो समयमा कोरोना बिषेश अस्पतालमा फोकल प्रशनको रुपमा सक्रिय रहेका छन डा सुर्दशन थापा । चिकित्सकलाई नेतृत्व लिएर फ्रन्टलाइनमा रहेर डा थापा लामो समय देखी लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत रहेका छन । कोरोना उपचारमा नर्सको नेतृत्व लिएर फ्रन्टलाइनमा रहेर उनले…

६ जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नती गर्ने प्रदेश ५ सरकारको निर्णय

स्वास्थ्यसमाचार/  प्रदेश ५ का स्वास्थ्यसमाचार प्रदेश ५ सरकारले प्रदेश सरकारले जिल्ला स्तरीय ६ वटा अस्पतालहरुलाई ५० शैयामा स्तरोन्नती गर्ने भएको छ । प्रदेशमा रहेका अस्पतालमा रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवा गरि ६ अस्पताललाई ५० शैयामा स्तरोन्नती गर्ने भएको हो । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठलले भीम अस्पताल भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जनाको दरबन्दी स्वीकृत गरेको छ ।यस्तै रुकुमपूर्व, रोल्पा, अर्घाखाँची तथा पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गरेको छ । यसैबीच प्रदेश सरकारले नेपाल स्वास्थ्य सेवा अन्तर्गत एघारांै तहका डेण्टल सर्जन डा. वर्षा…

प्रदेश ५ सामाजीक बिकास मन्त्रालयद्धारा स्वास्थ्यका केहि कर्मचारीको सरुवा

स्वास्थ्यसमाचार/ प्रदेश ५ सामाजीक बिकास मन्त्रालयले स्वाथ्यका केहि कर्मचारीको सरुवा गरेको छ।मन्त्रालयले आज सुचना प्रकाशित गरि कर्मचारीलाई कामकाज गर्ने गरि सरुवा गरेको हो । मन्त्रालयले चिकित्सक नर्स ल्याबटेक्नीसियन आयुर्वेद लगायका लाई काजमा सरुवा गरेको सामाजीक बिकास मन्त्रालयले जनाएको छ ।प्रदेश सरकार प्रदेश नं ५ कर्मचारी ब्यबस्थापन कार्यबिधि बमोजीम उनिहरुलाई सरुवा गरिएको छ । नेपाल स्वास्थ्य सेवाका र नेपाल शिक्षा सेवाका बिभिन्न समुह उपसमुह तहका कर्मचारीलाई सरुवा गरिएको छ । सरुवा भएकाको बिबरण यस प्रकार रहेको छ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि परिवार योजना सेवाको सुनिश्चतता अपरिहार्यः मन्त्री बराल

स्वास्थ्यसमाचार/ प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले परिवार योजना सेवाको सुनिश्चतता अपरिहार्य रहेको बताए । सातौँ परिवार योजना दिवसका अवसरमा शुभकामना दिँदै मन्त्री बरालले परिवार योजना सेवालाई आधारभूत अधिकारका रुपमा नेपालको संविधानमा अंगिकार गरिएको स्मरण गर्दै मातृ तथा नवजात शिशु मृत्युदर र रुग्णता घटाइ स्वास्थ्य र दीगो विकासका लक्ष्य प्राप्तिकालागि परिवार योजना सेवाको सुनिश्चतता अपरिहार्य रहेको बताए । प्रदेशको विशिष्ट जनसांख्यिक संरचनाअनुसार परिवार योजना निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै मन्त्री बरालले शहरी र ग्रामिण जनसंख्या, विविध धार्मिक, साँस्कृतिक समुदायका मूल्य तथा मान्यता र आजको वैज्ञानिक यूूग तथा योजनामा तादाम्यता…

लुम्बिनी प्रादेशिक अस्पतालमा औषधी तथा विरामी सुरक्षा युनिट उद्घाटन

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा औषधि तथा विरामी सुरक्षा युनिट स्थापना भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डन डा राजेन्द्र खनालले रिवन काटेर यो युनिटको उद्घाघाटन गरे। यस्तो युनिट सरकारी अस्पतालमा नेपालमै पहिलो हो । विश्व विरामी सुरक्षा दिवसको अवसर पारेर यो युनिट स्थापना गरिएको हो । यो युनिटमा औषधिको प्रयोग कसरी गर्ने, औषधिले साइड इफेक्ट गर्छ या गर्दैन, एकै पटक धेरै औषधि एकै पटक खादा त्यसको असर के हुन सक्छ तथा औषधि कसरी सेवन गर्ने विषयमा परामर्श दिने गरिन्छ । प्रादेशिक अस्पतालका क्लिनिकल फर्माकोलोजिष्ट डा बिजय भण्डारीले यो युनिटमा सेवा प्रदान…

देवदहको क्वारेन्टिनमा २५ वर्षिय युवाद्धारा आत्महत्या

स्वास्थ्यसमाचार/ रुपन्देहीको देवदहमा क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका छन् । देवदह नगरपालिका ४ सेमरानास्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्वारेनिमा सोही वडाका २५ वर्षिय पिताम्बर पाण्डेले झुण्डिएर आत्महत्या गरेका हुन् । ईलाका प्रहरी कार्यलय बुटबलका अनुसार भदौ १७ गते भारतबाट आएका उनी उक्त क्वारेन्टिनमा बसेको १३ दिन पुगिसकेको थियो । बुधबार राति क्वारेन्टाइनको बाहिरपट्टी छतमा रहेको फलामको रडमा झुण्डिएर पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले पुष्टी गरेको छ । पांच दिन अगाडि कोरोना परीक्षणका लागि स्वाब दिएका उनको रिपोर्ट आएको थिएन । ‘आज वा भोलि रिपोर्ट आइपुग्ने कुरा…

भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत एक संक्रमित महिलाको मृत्यु भएको छ। बुटवल ११ की ७२ वर्षकी महिलाको आज सोमबार बेलुका साढे ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।उनका अनुसार १० भदौमा अस्पतालमा भर्ना भएकी उनको ११ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरेको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

बुटवल उपमहानगर द्धारा सबै दीर्घरोगीको निःशुल्क पीसीआर

स्वास्थ्यसमाचार/ बुटवल उप–महानगरपालिकाले लामो समयसम्म जटिल उपचार गर्नुपर्ने विभिन्न खालका दीर्घरोगका बिरामीहरुको सोमबारदेखि कोरोना संक्रमण पिसिआर परिक्षण निःशुल्क गर्ने भएको छ । नेपाल सरकारबाट तोकिएका क्यान्सर, मिर्गाैलाको डायलाइसिस गर्नुपर्ने बिरामी, मुटु रोग, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाबाट पीडित बिरामीहरुको निःशुल्क पीसीआर परीक्षण गर्ने निर्णय गरिएको बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । उप–महानगरपालिकाले यस खालको सुविधा बुटवल उप–महानगरपालिकाभित्र बसोबास गर्ने नगरवासीहरुलाई प्रदान गर्ने निर्णय गरेको नगरप्रमुख सुवेदीले जानकारी दिए । यो सुविधा लिने सेवाग्राहीले आफू बसोबास गर्दै आएको वडा कार्यालयको सिफारिस र रोगको उपचारका अन्य आवश्यक कागजातसहित…

बुटबलको कोरोना अस्पतालमा कपिलबस्तुकी महिलाको मृत्यु

स्वास्थ्यसमाचार/  बुटबलको कोरोना अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु शिवराज नगरपालिका ५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान साढे ४ बजे मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी बिस्नु गौतमले दिएको जानकारी अनुसार कपिलवस्तु शिवराज नगरपालिका ५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान साढे ४ बजे मृत्यु भएको वताए । बुटवलस्थित धागो कारखानामा रहेको कोरोना अस्थायी अस्पतालमा २१ भदौमा कोरोना पुष्टि भएपछि भर्ना भएकी उनको आईसीयूमा उपचार भइरहेको थियो । उनी मिर्गौला रोगबाट पीडित रहेको डायलासिस भइरहेको डा गौतमले बताए ।