लुम्बिनी प्रदेशका निजामती महिला कर्मचारीले महिनावारी बिदा पाउने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने भएका छन् ।

प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले ’महिनावारी बिदा’को व्यवस्था गरेको हो ।

प्रदेश निजामतीको सेवा ऐन गत असार २२ गते प्रदेश सभामा दर्ता भएको थियो । दर्ता भएको विधेयक दफावार छलफल भइ भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । प्रदेश निजामती सेवा ऐनको दफा ११७ को (१) (ग) मा यस्तो बिदाको व्यवस्था गरिएको छ ।

महिला कर्मचारीलाई यसअघि प्रसुति बिदा दिने गरिएकोमा लुम्बिनी प्रदेशमा अब महिनाबारी बिदा पनि थपिएको हो । महिनावारी बिदा कति दिन पाउने भन्नेबारे नियमावलीमा तोकिएअनुसार हुनेछ । नियमावली सरकारले कहिले बनाएर पारित गर्छ त्यसपछि बिदा लागू हुनेछ ।

सम्बन्धित शिर्षक :