बिरामी, आफन्त तथा अस्पतालको सम्बन्ध बलियो बनाउन लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चार विभाग उद्घाटन

स्वास्थ्यसमाचार/बुटवलको ऐतिहासिक लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तरबैयक्तिक सञ्चार बिभाग उद्घाटन गरिएको छ। अस्पतालबाट सेवा लिने र लिएर फर्किनेहरुमा नकारात्मक सन्देश गएकोले बास्तविकता जानकारी गराउने उद्देशले बिभाग उद्घाटन गरिएको हो।

ब्लक डि को तेस्रो तल्ला क्याबिनको साईडमा राखिएको बिभागको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकि नर्सिङ बिभाग प्रमुख ज्योती पौडेलले गरिन।बिभागको फोकल पर्सन क्याबिन ईन्चार्ज माधुरी ज्ञवालीलाई तोकिएको छ।

उद्घाटन पश्चात् आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले बिरामी र अस्पताल बिच हुने द्वन्द ब्यवस्थापन गर्ने उद्देशका साथ विभाग उद्घाटन गरिएको बताए।

उनले बिरामी र अस्पताल बिचको खाडल पूर्न विभागले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरे। उनले अहिले स्वास्थकर्मीहरु माथी हुने साघातिक हमला बढ्दै जानू निकै दुखद भएको बताउदै यस्तो अवस्था आउन नदिनको लागि विभाग प्रभावकारी हुने बताए।

उनले अस्पतालका सबै कर्मचारीलाई यसको तालिम दिने बताउदै तालिम नलिने करार कर्मचारीको करार नविकरण नहुने तथा स्थायीको हकमा मुल्यांकन अन्क नबढाने चेतावनी दिए।

कार्यक्रममा बोल्दै बरिस्ठ स्त्री रोग विशेषज्ञ डा श्रीधर आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालमा निकै राम्रा परिवर्तनहरु भईरहेको बताउदै प्रभावकारी उपचार भईरहेको बताए। उनले उद्घाटन गरिएको विभागले बिरामी तथा आफन्त र अस्पताल बिच सञ्चार हुदा धेरै सकारात्मक सन्देश जाने ब्यक्त गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष विश्वास ढकालले पछिल्लो समय अस्पतालका सकारात्मक सन्देश बाहिर आईरहेको बताउदै यो परिवर्तनलाई सञ्चार क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे।

कार्यक्रममा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत राजन केसी, नर्सिङ बिभाग प्रमुख ज्योती पौडेल,क्याबिन ईन्चार्ज माधुरी ज्ञवाली लगायतले बोल्दै नविनतम काम शुरु गरेको बताउदै यसमा समिती बनाउदै सबै क्षेत्रका ब्यक्तिहरु समावेश गरिएको बताए।

अस्पतालमा ८ सय बढी स्वास्थ्यकर्मी एव कर्मचारीहरु कार्यरत रहेका छन भने दैनिक २ हजार बिरामी उपचारका लागि आउने गरेको अस्पतालका सुचना अधिकारी डा नेत्र रानाले जानकारी दिए।

 

सम्बन्धित शिर्षक :