कोरोना महामारी: रुपन्देहीमा जेठ २० गते सम्म थपियो लकडाउन

स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लामा जेठ २० गते सम्म निषेद्याज्ञाको अवधि बढाएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा अहिले पनि कोरोनाको प्रभाव बढ्दो रहेको बताउदै आज बसेको बैठकले निषेद्याज्ञा बढाउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले रुपन्देहीमा जेठ २० गते सम्मको लागी निषेद्यज्ञा थप भएको जानकारी दिए। यस अवधिमा शान्ती सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल,…

तिलोत्तमाले माग्यो आईसीआरसीसँग ७० हजार डोज कोरोना बिरुद्धको खोप

स्वास्थ्यसमाचार/ कोरोना संक्रमण तिब्र रुपमा बढेको र अझै जोखिम वढन सक्ने देखिएकोले तिलोत्तमा नगरपालिकाले कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन रेडक्रसको अन्तराष्ट्रिय समिति आईसीआरसीसँग अनुरोध गरेको छ । नगरप्रमुख बासुदेव घिमिरेले आइसीआरसीका प्रमुखलाई पत्र लेख्दै कोरोना खोपको उपलब्धता र समन्वयको लागि अनुरोध गरेका हुन्। नगरपालिकामा कोरोना संक्रमण तिब्र रुपमा बढेको अझै जोखिम थपिन सक्ने भएकाले खोपको माग गरिएको पत्रमा उल्लेख छ । तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले आईसीआसीसँग खोप उपलब्ध गराउन अनुरोध गरिएको बताउँदै खोप आउने आशा गरेको बताए । पत्रचारसँगै नगरपालिकाले विभिन्न माध्यमबाट आईसीआरसीका प्रतिनिधिहरु सम्पर्क गरिरहेको छ ।…

स्वास्थ्य संकटकाल लगाउन मन्त्रालय सकारात्मक :स्वास्थ्यमन्त्री त्रिपाठी

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले देशमा स्वास्थ्य संकटकाल लगाउन विज्ञहरुबाट प्राप्त सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको बताएका छन् । मन्त्रालयले गरेको भर्चुअल प्रेस ब्रिफिङमा बोल्दैं उनले यस्तो बताएका हुन् । ‘देशमा स्वास्थ्य संकटकाल लगाउन विज्ञहरुबाट प्राप्त सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको छ,’ उनले भने । मन्त्री त्रिपाठीले कोभिड–१९ को नयाँ भेरियन्ट संक्रामक र घातक रहेको बताएका छन् । अहिले नेपालमा नयाँ भेरिन्ट द्य।ज्ञ।टज्ञठ।द्द तीब्र रुपमा फैलिरहेको जानकारी दिएका हुन् । ‘नयाँ भेरियन्ट तीब्र रुपमा फैलिएको छ,’ उनले भने, ‘यो निकै संक्रामक र घातक छ ।’ उनकाअनुसार अहिले नेपालमा…

नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप पठाउँदै बेलायत

काठमाडौँ/ नेपालमा कोरोना भाइरस संक्रमणको नयाँ लहर तिब्र रुपमा फैलिरहँदा बेलायतले २० लाख डोज अस्ट्राजेनेका खोप पठाउने भएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको प्रतिक्रिया दिएको एक सातापछि बेलायतले विश्‍व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम मार्फत खोप कोभिसिल्ड नेपाललाई उपलब्ध गराउन लागेको हो । बेलायतले नेपाललाई अहिले खोप आवश्यक रहेको भन्दै यस्तो सहयोग गर्न लागेको हो । भारतको खोप उत्पादक कम्पनी सिरमबाट खोप आउन ढिलाइ भइरहँदा बेलायत सरकारबाट यस्तो सहयोग आउन लागेको हो । सिरम कम्पनीले कोभिसिल्ड पठाउन नसक्दा पहिलो डोज खोप लगाएकाहरूले दोस्रो डोज लगाउन पाएका…

सबै स्वास्थ्यकर्मीलाई टेलिकमको भ्वाइस कल एक महिनासम्म नि:शुल्क

स्वास्थ्यसमाचार/ कोभिड–१९ महामारी संक्रमणको समयमा दिनरात खटिईरहेका चिकित्सक, नर्स, फार्मेसिष्ट लगायत सबै स्वास्थ्यकर्मीहरुको लागि नेपाल टेलिकमले धन्यवाद स्वास्थ्यकर्मी अफर उपलब्ध गराउने भएको छ । कोरोना संक्रमणको प्रवाह नगरी फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिष्ट लगायत सबै स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि नेपाल टेलिकमले धन्यवाद स्वास्थ्यकर्मी अफर उपलब्ध गराउने भएको हो । यस सम्बन्धी सम्झौतामा आज नेपाल टेलिकम र नेपाल चिकित्सक परिषद÷नेपाल नर्सिंंग परिषद÷नेपाल फर्मासिष्ट परिषद÷नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल आयुर्वेदिक परिषदबीच हस्ताक्षर सम्पन्न भएको छ । यस अफर अन्तर्गत देशभरका स्वास्थ्यकर्मीहरुले प्रयोग…

कोभिड अध्यादेशः जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा हुन सक्ने

स्वास्थ्यसमाचार /सरकारले आवश्यक परेको जुनसुकै बेला पनि स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने भएको छ। कोभिड(१९ संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गर्दै सरकारले कोरोना संक्रमणको कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परेमा सोको रोकथाम, नियन्त्रण र निदानका लागि राजपत्रमा सूचना प्रकाशन गरी नेपालभर वा कुनै स्थानमा स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने जनाएको छ।   स्वास्थ्य आपतकाल घोषणा भएको अवस्थामा स्वास्थ्य संस्थालाई संक्रमितको निदान र उपचारमा खटाउने र आवश्यकता अनुसार स्वास्थ्य संस्था नियन्त्रणमा लिई सञ्चालन गर्न सकिने छ। साथै जनस्वास्थ्यका मापदण्ड उल्लंघन गर्नेलाई पनि जरिवाना लिन सक्ने व्यवस्था गरिएको छ। कुनै व्यक्ति मास्क नलगाई…

रुपन्देहीमा ४सय ८६ निको २सय ९४नयाँ संक्रमित ४ को मृत्यु

स्वास्थ्यसमाचार /रुपन्देहीमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या कमी हुदै आएको छ । जिल्लामा पछिल्लोे २४ घण्टाको अवधिमा १ हजार १८५ जनाको कोरोना परीक्षण गर्दा २९४ जनामा संक्रमण पुष्टि भएको छ । यो परीक्षणको करिब २५ प्रतिशत हो । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज पनि बुटवल उपमहानगरमा सबैभन्दा धेरै ९० जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार  तिलोत्तमामा ६९ जना, सिद्धार्थनगर नगरपालिकामा २४ जना, देवदह नगरपालिकामा २३ जना, सैनामैना नगरपालिकामा ५६ जना, कञ्चन गाउँपालिकामा ७ जनामा, ओमसतिया गाउँपालिकामा ६ जना,…

कोरोनाको दोस्रो डोज खोप लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन

स्वास्थ्यसमाचार/ स्वास्थ्य सेवा विभागले २३ फागुनभन्दा अगाडि पहिलो डोज कोभिशिल्ड खोप लगाएकाहरुलाई दोस्रो डोज लगाउन निर्देशन दिएको छ । विभागले पहिलो प्राथमिकतामा परेका दोस्रो मात्रा लिन छुट भएका व्यक्तिहरुलाई जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिबाट छिटो निर्णय गरी उपयुक्त समय निर्धारण गरी खोप सेवा सञ्चालन गर्न निर्देशन दिएको हो । बुधबार व्यवस्थापन महाशाखा टेकु, सातै वटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र र ७७ वटै जिल्ला स्वास्थ्य कार्यलयलाई पत्र लेख्दैं विभागले उक्त निर्देशन दिएको हो । ५ जेठमै बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिष्टम आईसीएस…

ट्रिपल म्युटेन्ट नयाँ भेरियन्ट कोरोना प्रवेश र सुरक्षित रहने तरिका

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरि ट्रिपल म्युटेन्टको कोरोना नेपालमा प्रवेश गरेको प्रमाणित गरेको छ । हरेक पटक रूप परिवर्तन गरि New Variant फैलिरहेको छ । विश्वमै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (covid-19) नयाँ Variant का कारण विश्व अहिले जटिल मोडमा पुगेको छ। कोरोना सङ्क्रमणले विज्ञानलाई नै चुनौंती दिइ रहेको छ। दिन प्रतिदिन लाखौँ मानिसहरुले ज्यान गुमाइ रहेका छन्। कोरोना सकियो, नेपालीको एम्युनिटी पावर बढी छ केहि हुदैन भन्ने सोच अत्यन्त गलत रहेछ भन्ने प्रमाणित भै सकेकोछ । जुन मात्रामा कोरोना बढेको छ त्यसलाई हामीले चेनब्रेक गरेर रोक्न सकेनौं…

लुम्बिनी प्रादेशिक अस्पतालले बनायो कोविड प्रबन्ध प्रोटोकल

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले कोविड प्रबन्ध प्रोटोकल बनाएको छ।वर्तमान स्थितिमा उपयोगी दिशानिर्देश हुने भएकोले कोविड प्रबन्ध प्रोटोकल बनाएको जारी गरेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको कोविड प्रबन्ध प्रोटोकलमा बिरामीको अबस्था उपचार खाने औषधी र अपनाउनु पर्ने तरिका लाई समेटेर प्रोटोकल बनाईएको छ । डा हरी प्रसाद पन्थी ले उक्त कोरोना गाईडलाईन बनाएका थिए भने लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्शन डा नन्दु पाठकले प्रमाणित गरेका छन । उक्त गाईडलाईनमा कोरोना भएका बिरामीले खाने औषधी दिईने ईन्जेक्सन लगाएका अपनाउनु पर्नै बिधि समेटेर बनाएको छ ।अस्पतालका कोरोना फोकल पर्शन…