नयाँ वर्ष २०७९मा शारीरिकसँगै मानसिक स्वास्थ्यको ख्याल गरौं स्वस्थ रहौं

आजबाट हामी नयाँ वर्ष २०७९ मा प्रवेश गरेका छौं। पछिल्लो २ वर्ष कोभिड महामारीले धेरै कुरामा असर गर्‍यो। यसले स्वास्थ्यका धेरै क्षेत्रमा पनि असर गरेको छ। महामारीपछिको लकडाउन लगायतका कारणले धेरैमा नसर्ने रोगको जोखिम समेत बढेको बताइएको छ। तर पछिल्ला केही दिन यता नेपालमा संक्रमण घट्दै गएको छ। मानिसहरु पुरानै दिनचर्यामा फर्किरहेका छन्। तर कोभिड बाहेकका स्वास्थ्यका अन्य समस्या त उस्तै छ। त्यसकारण नयाँ वर्षको सुरुवातसँगै स्वस्थ रहन विभिन्न विज्ञहरूले दिएको सुझावका आधारमा यहाँ केही यस्ता संकल्पहरू प्रस्तुत गरिएका छन्, जो वास्तवमै हामीले व्यवहारमा लागू गर्न सक्छौँ ।

साकोसद्वारा एकीकरण दिवसमा रक्तदान, ९६ पाउण्ड रगत संकलन

स्वास्थ्यसमाचार/ रुपन्देहीका ११ वटा सहकारी संस्था एकीकरण भइ सञ्चालनमा रहेको सबैको बचत तथा ऋण सहकारी संस्था लि तिलोत्तमा ५, मणिग्रामले रक्तदान कार्यक्रम आयोजना गरि एकीकरण दिवस मनाएको छ । रुपन्देही मणिग्राममा हिजो आयोजित रक्तदान कार्यक्रममा ९६ पाउण्ड रगत संकलन भएको थियो । कार्यक्रममा रक्तसञ्चार केन्द्र बुटवलले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । रक्तदान कार्यक्रम उद्घाटन सत्रमा प्रमुख अतिथि स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदानको फाइदाका बारेमा जानकारी दिनु भएको थियो । रक्तदान गर्दा विभिन्न रोगहरुको निःशुल्क परिक्षण हुने हुँदा आफैलाई कुनै रोग लागेको भए समयमै जानकारी पाइने…

पाल्पामा ८४ प्रतिशत बालबालिकाले लगाए टाइफाइडको खोप

स्वास्थ्यसमाचार/पाल्पामा ६० हजार १ सय ८२ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाएका छन्।  १५महिनादेखि १५ वर्षउमेर समुहका लागि २३चैत्रबाट संचालन गरिएको खोप अभियानमा ६० हजार १ सय ८२ जना अर्थात ८४/ ६६ प्रतिशतले खोप लगाएका हुन्। पाल्पामा कुल ७१ हजार ८७ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य रहेको छ । जसमा सबैभन्दा बढी पूर्वखोला गाउँपालिकामा ९९।६३ प्रतिशत बालबालिकाले खोप लगाएका छन्। त्यसपछि निस्दी गाउँपालिकाकामा ९५ प्रतिशत बालबालिकाले खोप लगाएका छन् । त्यस्तै, रम्भा गाउँपालिकाका ९० प्रतिशत, रामपुर नगरपालिकामा ८४ प्रतिशत, तानसेन नगरपालिकाका ८२ प्रतिशत, तिनाउ गाउँपालिकाका ७९ प्रतिशत बालबालिका, रिब्दीकोट…

चारजना विशेषज्ञ डाक्टर बढुवाका लागि सिफारिस

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार जना डाक्टरको बढुवा सिफारिस गरेको छ । लोकसेवा आयोगको सूचना अनुसार कार्यक्षमता मुल्याङ्कन प्रक्रियाद्धारा ती चार चिकित्सकलाई नवौं तहमा बढुवाका लागि सिफारिस गरिएको हो । बढुवाका लागि सिफारिस भएका डाक्टरहरुम नाक,कान,घाँटी रोग विशेषज्ञ डा।अम्बालिका शाक्य,एनेस्थेसियोलोजिष्ट डा पुजन बल्ल,डा दिपिका सुवेदी र डासन्दिप किरण प्रधान हुनुहुन्छ । एनेस्थेसियोलोजिष्टमा पाँच जना माग भएकोमा तीन जनाको नाम सिफारिस गरिएको छ ।  

लुम्बिनीमा विशेषज्ञ चिकित्सक अभाव छ स्वास्थ्य सचिव देवकोटा

काठमाडौं/ लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा विकास देवकोटाले प्रदेशमा विशेषज्ञ चिकित्सक खोजेर पनि नपाउने स्थिति रहेको बताएका छन्। स्वास्थ्य अनुसन्धान परिषद्ले आजदेखि सुरु गरेको सम्मेलनको पहिलो सत्रमा बोल्दै डा देवकोटाले प्रदेशका १२ जिल्लामध्ये ६ जिल्लाका अस्पतालमा पहिल्यै ५० शय्याको अस्पताल भएको र प्रदेश संरचनापछि बाँकी ६ जिल्लाका अस्पताललाई स्तरोन्नति गरेको बताए। ‘तर, चुनौती भनेको विशेषज्ञ चिकित्सक खोजेर पनि नपाउने स्थिति रहेछ,’ उनले भने। उनले हाल राप्ती र लुम्बिनी अस्पतलामा सबैभन्दा बढी विशेषज्ञ चिकित्सक रहेकाले मन्त्रिपरिषद्बाट निर्णय गराएर सुविधा दिएरै आवश्यक पर्ने स्थानमा खटाएको बताए। उनले ‘डाक्टर घरदैलो’ कार्यक्रमअन्तर्गत स्वास्थ्य जनशक्ति…

स्वास्थ्य पत्रकार जय पाठक (जे.पी) नगद सहित सम्मानित

स्वास्थ्यसमाचार/चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा कार्यरत जय पाठक (जे.पी) उत्कृष्ट कर्मचारीमा सम्मानित भएका छन् । पाठकलाई शुक्रवार अस्पतालको आफ्नो ५९ औँ वार्षिकोत्सवको अवसरमा नगद सहित उत्कृष्ट कर्मचारीमा चयन गरी सम्मानित गरिएको हो । भरतपुर अस्पताल चितवनमा अनवरत रूपमा सेवारत रहि सकुशल ढङ्गले भरतपुर अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्याएको भन्दै अस्पतालको ५९ औँ वार्षिकोत्सवको सुखद अवसरमा पाठकलाई नगर पुरस्कार सहित उत्कृष्ट कर्मचारीको कदरपत्र प्रदान गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनको उत्तरोत्तर प्रगतिको समेत कामना गरे । उनले बिरामीको हरेक समस्यामा मलम लगाउने गर्दछन्…

राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा डा झलक शर्मा चयन

स्वास्थ्यसमाचार ७ वर्षपछि भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको महाधिवेशनले सर्वसम्मतिबाट कार्यसमिति चयन गर्ने निर्णय गरेको छ । काठमाडौंमा चैत २५ गतेदेखि जारी महाधिवेशनले सर्वसम्मतिबाटै कार्यसमिति चयन गर्ने सहमति जुटाएको हो । सहमति अनुसार डा झलकशर्मा गौतमको अध्यक्षतामा १५१ सदस्यिय नयाँ कार्यसमिचि चयन गरिने भएको हो । डा शर्मा निर्वतमान महासचिव हुनुन्छ । यस्तै महासचिवमा डा सन्तोष पौडेल चयन हुनु भएको छ । यस्तै १ महिलासहित ४ जना उपाध्यक्ष हुने संघको विधानअनुसार महिला उपाध्यक्षमा शारदा खनाल, रामहरी ढकाल, भिमराजसिंह र जगत नेपालीलाई उपाध्यक्ष बनाउने सहमति जुटेको छ । यसैगरी उपमहासचिवमा अमृता…

स्वास्थ्य बीमामा २० अर्ब बढी खर्च, स्थायी संरचना नबन्दा कार्यक्रम प्रभावकारी बन्न सकेन

सफलता भन्डारी काठमान्डौ/ नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको ६ वर्ष पूरा भएको छ । सरकारले २०७२ साल चैत २५ गतेदेखि कैलाली जिल्लाबाट औपचारिक रुपमा सदस्यता दर्ता गर्दै स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेको थियो । स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म ७७ जिल्ला तथा ७ सय ४५ स्थानीय तहहरुमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा छ । जसमा ५३ हजारभन्दा बढी स्वास्थ्य बीमामा आवद्ध छन् । नेपालको संविधान २०७२ को धारा ९५१० ९ज० १५ मा राज्यका नीति अन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था सुनिश्चित गरेको छ । स्वास्थ्य बीमा…

कपिलबस्तुको महाराजगञ्जमा १५ श्ययाको अस्पताल शिलान्यास

स्वास्थ्यसमाचार/ कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा १५ श्ययाको सुविधा सम्पन्न अस्पताल भवन निर्माणका लागि शिलान्यास गरिएको छ । नगरपालिकाभित्र आधारभूत तहको सुविधा सम्पन्न उक्त अस्पताल नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यसहित नगरप्रमुख अब्दुल कलाम र उपप्रमुख सुभावती कुर्मीले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो । महामन्त्री सुरेन्द्रराज आचार्यले विकासमा पछि परेको यस नगरपालिकामा अस्पताल निर्माणबाट स्थानीय जनताले यहीँबाट उपचार सुविधा पाउने बताउनुभयो ।महराजगञ्ज नगरपालिका वडा नं १ प्राथमिक उपचार सेवा केन्द्रको उत्तरतर्फ एक बिघा बढी जग्गामा निर्माण थालिएको यस अस्पतालमा जनरल फिजिसियन, प्रसूति, ल्याब, फार्मेसी डेन्टल आँखालगायत आधारभूत सेवा उपलब्ध हुने नगरप्रमुख कलामले…

सबैको सहयोगले नसर्ने रोग नियन्त्रण गर्न सकिन्छ : मन्त्री खतिवडा

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयमा आज आयोजित ‘नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ सार्वजनिक गर्दै मन्त्री खतिवडाले सबैको सहयोगले नसर्ने रोगको रोकथाम र नियन्त्रण गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरेर सबै नागरिकलाई स्वस्थ्य बनाइने बताउनुभयो । मन्त्री खतिवडाले नसर्ने रोगबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्नका लागि बहुपक्षीय समन्वय तथा सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । ुसबै नीतिको मूलप्रवाहमा नसर्ने रोगका विषयलाई सापेक्ष बनाई स्थानीयस्तरसम्म प्रभावकारी कार्यान्वयन गर्न…