कालिका मानवज्ञानका ४० जना विद्यार्थीले पाए पूर्ण छात्रवृत्ति

एमबीबीएस १० पारामेडिकल १२र इञ्जियनियरिङमा १८ जनाले पाए पूर्ण छात्रवृत्ति

स्वास्थ्यसमाचार/ नेपालकै नमुना कालिका मानवज्ञान माविबाट १२ कक्षा उत्तीर्ण गरेका ४० जना विद्यार्थीले एमबीबीएस लगायतका विषयमा स्नातकोत्तर अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन् ।जसमध्ये १० जनाले एमबीबीएसमा, १२ जनाले पारामेडिकलमा र १८ जनाले इञ्जियनियरिङ अध्ययनका लागि नाम निकाल्न सफल भएका विद्यालयका प्राचार्य दिनेश थापाले वताए ।

प्राचार्य थापाको दावी अनुसार सामुदायिक विद्यालयबाट एकै वर्षमा यति धेरै विद्यार्थीले एमबीबीएस पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यालय कालिका मानवज्ञान नै हो ।विद्यालयकी मन्जु पोखरेल, अप्सरा पाण्डे, दत्त रोकाया, रक्षा पोखरेल, सागर अर्याल, अमित कुर्मी, प्रविन विक, वर्षा न्यौपाने, वर्षा बस्याल र विमला भण्डारीले एमबीबीएस अध्ययनका लागि नाम निकाल्न सफल भएका छन् ।

त्यस्तै विमला भण्डारी, विन्द पौडेल, सागर अर्याल, सन्जना क्षेत्री, श्रृष्टि पन्थी, सविता राना, गंगा बस्याल, शिशिर थारु, नवराज पौडेल, आयुश पाण्डे, सबिना चुंदाली र अमृत न्यौपानेले पारामेडिकलमा स्नातकोत्तर अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन् ।

त्यस्तै आकाश चौधरी, सुरज श्रेष्ठ, युवराज भण्डारी, शरद पोखरेल, जनक सापकोटा, सागर ज्ञवाली, अभिषेक चौधरी, सुस्मा भट्टराई, रमेश खनाल, सुवेच्छा कार्की, लालबहादुर लोहार, सन्दीप श्रेष्ठ, लक्ष्मण पौडेल, निर्माण गैरे, पर्नित पुन र सुजित कुमार गुप्ताले इञ्जियनियरिङमा पूर्ण छात्रवृत्ति पाएका छन् ।

विद्यालयले विद्यार्थी केन्द्रीत व्यवहारिक सिकाईलाई प्राथमिकता दिएको, दक्ष शिक्षकहरुको अथक मिहिनेत, प्रयोगशालामा प्राक्टिकलका लागि पर्याप्त सामग्री व्यवस्था गरेकाले विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।विद्यालयका विज्ञान शिक्षक कृष्ण अधिकारीले चुस्त प्रशासन र व्यवस्थित सिकाई प्रणाली विद्यार्थीमैत्री पठनपाठनले गर्दा हरेक वर्ष पूर्ण छावृत्तिमा नाम निकाल्ने विद्यार्थीको संख्या बढ्दै गएको बताए ।

विद्यार्थी सगुन सिंजालीले व्यवहारिक पठनपाठन, विद्यार्थीमैत्री सिकाई र पर्याप्त प्रयोगशाला सामग्रीका कारण विद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको र उत्कृष्ट नतिजा आएको बताइन् ।सामुदायिक विद्यालयतर्फ नेपाल सरकारबाट लगातार सर्वोत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत हुँदै आएको विद्यालयमा ८ हजार ७२ विद्यार्थी अध्ययनरत रहेको बिद्यालयका प्रार्चाय थापाले बताए ।

सम्बन्धित शिर्षक :