ओमिक्रोनबारे सतर्कता अपनाउन सबै प्रदेश र स्थानीय तहलाई इडिसिडीको ७ बुँदे निर्देशन

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन सम्बन्धी थप तयारी र सतर्कता अपनाउनका लागि सबै स्थानीय तहहरुलाई ७ बुँदे निर्देशन जारी गरेको छ । इडिसिडीका निर्देशक डा. कृष्ण पौडेलले सबै स्थानीय तह, सबै जिल्ला कार्यलयहरु र सातवटै प्रदेश निर्देशनालयहरुलाई पत्राचार गर्दै कोभिड-१९ को नयाँ भेरियन्ट फैलिन नदिने सतर्कता अपनाउन निर्देशन दिएका हुन् । इडिसिडीले जनस्वास्थ्यका मापदण्ड पालना गर्न, समुदायका जोखिम क्षेत्रहरु पत्ता लगाएर एन्टीजेन परीक्षण गर्न, पहिचान भएका कोभिड केसहरुको व्यवस्थापनका लागि सहयोग र समन्वय गर्न निर्देशन दिएको छ । यसैगरी, कन्ट्याक्ट ट्रेसिङ…

महिलाहरुले मात्रै चलाएको बागलुङ बडिगाडको नमुना स्वास्थ्य चौकी

स्वास्थ्यसमाचार/बागलुङस् स्वास्थ्य परीक्षण, उपचार र व्यवस्थापनमा खटिने बडिगाड गाउँपालिका स्थित ग्वालीचौर स्वास्थ्यचौकी इन्चार्ज सुशीला रेश्मीलाई बिरामीले उनकै कोठामा पुगेर उल्टै सोध्छन्, ‘डाक्टर खै। शिक्षक, कर्मचारी वा अन्य जानेबुझेकाले पनि बिरामीको परीक्षण गर्ने को हो भनेर सोध्दा भने उनलाई अचम्म लाग्छ। उनी स्वास्थ्यचौकीको इन्चार्ज र हेल्थ असिस्टेन्ट पनि हुन् । उनीसँगै यो स्वास्थ्य चौकीमा ८ जना महिला स्वास्थ्यकर्मी कार्यरत छन् । सबैले मिलेर सेवाप्रवाह गरिरहेका छन्  । दैनिक एक सय जस्तो बिरामी स्वास्थ्य परीक्षण र उपचारमा आउने गरेका छन्  । तर अधिकांशले महिला मात्रै देखेर अनौठो मान्छन् । ‘कतिले मलाई नै स्वास्थ्यकर्मी…

दीर्घरोग र ६० र वर्षभन्दामाथिका लाई कोभिडको बुस्टर डोज दिने तयारी

स्वास्थ्यसमाचार/सरकारले कोभिड(१९ विरुद्धको खोपको ‘अतिरिक्त डोज’ दिने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिर अधिकारीले खोपको ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै अतिरिक्त डोज दिन लागिएको जानकारी दिए। सरकारले क्यान्सर, उच्च रक्तचाप, मधुमेह, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति तथा ६० वर्षमाथिका वृद्धवृद्धालाई खोप दिने तयारी गरेको छ। उनका अनुसार राष्ट्रिय खोप सल्लाहकार समितिले ६० वर्षभन्दामाथि र दीर्घरोग भएका व्यक्तिलाई अतिरिक्त डोज दिन सिफारिश गरेको थियो। सोही आधारमा सरकारले निश्चित समूहमा खोपको अतिरिक्त डोज दिने निर्णय गरेको हो। खोपका लागि जिल्ला स्वास्थ्य कार्यालयहरूसँग समन्वय समन्वय गरी भेरोसेल, कोभिशिल्ड र अस्ट्राजेनेका खोप लगाउने…

भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चारको मृत्यु, तीनको अवस्था गम्भीर

स्वास्थ्यसमाचार/ बाँकेस्थित कर्णाली प्रदेशको मेडिकल स्टोर कक्षमा चार जना मृत भेटिएका छन। मृतक चारै जनाको सनाखत भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए। क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका—६ कालीकोटका २३ वर्षीय धनप्रसाद भट्टराई, उनका ३ महिनाका छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ वर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ वर्षीया कोली भट्टराईको मृत्यु भएको उनले बताए। भेरी अस्पतालका निमित्त मेसु डा। खगेन्द्रजंग शाहकाअनुसार कर्णाली प्रदेशको मेडिकल स्टोरको क्वार्टरमा कोइला बालेर सुतेका कर्मचारी र उनका परिवारको निसास्सिएर मृत्यु भएको हो । घटनास्थलमा रहेका बाँकेका प्रमुख…

रोटरी ई–क्लब अफ मेडिकोफ्युजन हाइब्रिडको वेबसाइट सञ्चालनमा

स्वास्थ्यसमाचार /रोटरी ई–क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपालको वेबसाइट सञ्चालनमा आएको छ । क्लवका विभिन्न गतिविधिहरुको साथैं अन्य उपयोगी सामाग्रीहरु जनसमक्ष पुर्याउने उद्देश्यले आफ्नो अलग्गै वेवसाइड सञ्चालनमा ल्याइएको हो क्लवले जनाएको छ । क्लवको डोमेन डब्लुडब्लुडट आरसिमेडिकोफ्युजन डट ओराजी रहेको छ । क्लबका अध्यक्ष रोटेरियन डा. सन्तोष पोखरेलको अध्यक्षमा हालै एसेम्लीमा प्रमुख अतिथि रोटरीका सहायक गभर्नर राजेन्द्र कार्कीले वेबसाइटको शुभारम्भ गरे। कार्यक्रममा प्रमुख अतिथि कार्कीले क्लवले सञ्चालन गरेका कार्यक्रमको प्रशंसा गरे।। त्यसअवसरमा क्लबले गरेका विभिन्न समाजसेवाका कार्यक्रममा कार्यक्रम संयोजकको भूमिका निभाउनु भएका रोटरी मेडिकोफ्युजनका सदस्यहरुलाई प्रशंसाको टोकन “प्रशंसाको चिनो”पनि प्रदान गरिएको…

चिसो बढेपछि बुटवल र देवदहका बिद्यालय दुई दिनको लागि बन्द गर्ने

स्वास्थ्यसमाचार/देवदह र बुटबल उपमहानगरपालिकाले नगरभित्रका विद्यालयहरू दुई दिनको लागि बन्द गर्ने भएका छन । चिसो बढ्दै गएकोले विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यान दिंदै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम शर्माले एक सूचना जारी गर्दै पुस १५ र १६ गते दुई दिन विद्यालय बन्द गर्न सबै विद्यालयहरूलाई निर्देशन दिएका छन् ।विद्यार्थीको स्वास्थलाई ख्याल गर्दै नगरपालिकाको शिक्षा समितिले विद्यालय बन्द गर्ने निर्णय गरेको जारी सूचनामा जनाईएको छ । यस्तै वर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले २ दिनका लागि शैक्षिक संस्थाहरु बन्द गर्न आह्वान गरेको छ ।पश्चिमी न्यून…

जनस्वास्थ्य संघको निर्वाचन: पेसागत समुहवाट महेश्वर श्रेष्ठको नेतृत्वमा प्यानलतय

स्वास्थ्यसमाचार/ नेपाल जनस्वास्थ्य संघको पेसागत समुहले यहि पौष २४ गते हुन गइरहेको जनस्वास्थ्य संघको पेसागत समुहवाट आफना उम्मेदवार चयन गरि चुनाब प्रचार प्रसारमा लागेको छ । “व्यवस्थित जनस्वास्थ्य प्रणालीको विकास स्वस्थ,नेपाल निर्माणको लागि पेशागत समूहको नेतृत्व “ भन्ने मुल नारासहित महेश्वर श्रेष्ठको नेतृत्वकोे प्यानललाई बिजयी गराउन आग्रह गरेको छ । जसको उपाध्यक्षमा बिमला भट्ट,महासचिबमा सागर दाहाल, सचिबमा रोशन लामा, कोषाध्यक्षमा चेतराज पन्डीत,सहकोषाध्यक्षमा उमा थापा रहेका छन। पेसागत समुहको सदस्यहरुमा दयाल कृष्ण पन्त खुल्ला,अन्जना खडका खुल्ला,सुदिप चिलुवा खुल्ला, धन प्रसाद पौडेल खुल्ला, बिञ्जोला श्रेष्ठ खुल्ला,सकिन्द्र भन्डारी खुल्ला,रामानन्द पन्डीत समाबेसी,रणधिर यादव समाबेसी…

अस्पतालले दिने स्वास्थ्य सेवा उत्कृष्ट बन्यो लुम्बिनी प्रादेशिक अस्पताल उपलब्धी ७४प्रतिशत

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालले दिने स्वास्थ्य सेवा उत्कृष्ट बनेको छ । अस्पतालले न्युनतम सेवा मापदण्ड अनुसार ४९ % बाट बढाएर ७४% पुर्याउन सफल भएको हो । नेपालमा रहेका सेकेन्डरी बी लेवलका अस्पतालहरु मध्ये उत्कृष्ट भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्र रमणले जानकारी दिए । स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयको आयोजनामा लुम्बिनी प्रादेशिक अस्पतालको न्युनतम सेवा मापदण्ड फलोअप समापन भएको छ । कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमणले लुम्बिनी प्रादेशिक अस्पतालको टीमवर्कले राम्रो रिजल्ट दिईरहेको बताए । उनले भने–‘हाम्रो सरदर आयु ७१–७२ बर्ष हो ,हामीले काम गरिरहेका ठाँउबाट…

बुटवल उपमहानगरका प्रत्येक विद्यालयमा खोप केन्द्र स्थापनाको तयारी

स्वास्थ्यसमाचार / बुटवल उपमहानगरपालिकाले प्रत्येक विद्यालयमा खोप केन्द्र स्थापना गरी बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउने तयारी गरेको छ । कम्तिमा सय जना विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र स्थापना गरिने र एक सयभन्दा कम विद्यार्थी संख्या भएका विद्यालयहरुका लागि दुई वा सोभन्दा बढी विद्यालयलाई जोडेर खोप केन्द्र स्थापना गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । बालबालिकाहरुका लागि खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको उनले बताए । बुटवलमा खोप लगाउन छुटेका नागरिकहरुले समेत कार्यालयमा जानकारी गराएको अवस्थामा तत्काल खोपको व्यवस्था गरिने उनको भनाइ छ । बुटवल क्षेत्रमा स्थायी रुपमा बसोवास गर्ने…

डा सागरको नेतृत्वमा राप्ती स्वास्थ्य प्रतिष्ठानमा पहिलोपटक मेरुदण्डको सफल शल्यक्रिया

स्वास्थ्यसमाचार /राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पहिलोपटक मेरुदण्डको सफल शल्यक्रिया गरिएको छ। घोराही उपमहानगरपालिका–७ सौडियार निवासी ३३ बर्षीया महिलाको प्रतिष्ठानमा मेरुदण्डको सफलतापूर्वक शल्यक्रिया गरिएको हो। हाडजोर्नी विशेषज्ञ डा सागर पन्थीका अनुसार रुखबाट लडेर घाइते भएकी उनी १० दिन अगाडि प्रतिष्ठानको इमरजेन्सी विभागमा आएकी थिइन्। सो क्रममा एक्सरे लगायतको परीक्षणमा उनको मेरुदण्डको हड्डी भाँचिएको पत्ता लगाको थियो। ’चिकित्सकको सुझाब अनुसार नै उनको शल्यक्रिया भएको हो। शल्यक्रिया पश्चात दुई दिनपछि ह्वीलचेयर एम्बुलेसन गरी एक दिनपछि ढाडमा पेटी लगाई बिरामी हिँडेको र शल्यक्रियाको ७ दिनमा बिरामीको अवस्था सामान्य भई हाल बिरामी बेल्ट लगाएर…