गण्डकीका मुख्यमन्त्रीले गरे टाइफाइडविरूद्ध खोप अभियानको शुभारम्भ

स्वास्थ्यसमाचार/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतको टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ गरेका छन्। प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पोखरा महानगरपालिका–१२ स्थित अमरसिँह उच्च माध्यमिक विद्यालयमा आयोजना गरेको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप शुभारम्भ कार्यक्रममा ‘भ्याक्सिन क्यारियर’ स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरेर उनले प्रदेशका ११ वटै जिल्लामा अभियान सुरु भएको घोषणा गरे। जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोगविरुद्ध खोप कार्यक्रमअन्तर्गत अभियानका रुपमा देशभर चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई एकैपटक खोप लगाउने कार्यक्रम सञ्चालन हुँदैछ। अभियानमा गण्डकी…

प्रधानमन्त्री देउवाले गरे टाइफाइडविरूद्ध खोप अभियानको शुभारम्भ

स्वास्थ्यसमाचार /प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरूद्ध खोप अभियान शुभारम्भ गरेका छन्।आज काठमाडौंको दरबार हाइस्कुल परिसरमा भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियान सुरूवात गरेका हुन्। यो खोप अभियान आउँदै वैशाख २५ गतेसम्म सञ्चालन गर्ने तयारी छ।१५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकालाई टाइफाइडविरूद्ध खोप लगाउन लागिएको हो।साथै प्रदेशहरूमा पनि टाइफाइडविरूद्ध खोप अभियान आज नै सुरू गरिएको छ। मुख्यमन्त्रीहरूले विभिन्न विद्यालय पुगेर खोप अभियान सुरूवात गरेका छन्। लुम्बिनीमा भने यो खोप बिगत ३ दिन देखी चलेको छ ।

खेर जाने अवस्थामा कोडिभ -१९ विरुद्धको खोप, छैन कुनै हिसाब किताव

काठमान्डौ /केही दिन अगाडि जनस्वास्थ्य कार्यालय काठमाडौंमा केही थान कोभिड-१९ विरुद्धको खोप खेर गयो । कार्यालयको स्टोरमा रहेको उक्त खोप प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको हो । कोभिशिल्ड, अस्ट्राजेनिका र भेरोसेल खोपको तुलनामा मोडर्ना र फाइजर खोप बढी खेर जाने गरेको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए । ‘मोडर्ना र फाइजर खोप बढी चिसो राख्नुपर्छ । त्यहाँबाट निकालिसकेको ३० दिनभित्रमा प्रयोग गरिसक्नुपर्छ । ३० दिनभित्रमा प्रयोग गर्न नसकिँदा खेर गइरहेको छ,’ प्रमुख दाहालले भने । मोडर्ना खोप माइनस २५ डिग्रीको तापक्रममा राख्नुपर्छ । त्यहाँबाट निकालेर २…

लुम्बिनी अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच अध्ययन–अध्यापन सम्बन्धी ६ बुँदे सम्झौता भएको छ ।आज एक कार्यक्रमका बिच समझदारी पत्रमा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकाल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा. निकेश थापाले हस्ताक्षर गरे। सम्झौता अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरु लुम्बिनी प्रादेशिक अस्पतालमा आएर काम गर्ने छन् । सो अनुसार आउँदो असोज १ गतेदेखि ३ जना एमडीजीपी विद्यार्थीहरु आउनेछन् भने क्रमशः नर्सिङ, एमडी÷एमएस अध्ययन गर्ने विद्यार्थीहरु पनि आउने छन् । यो सम्झौताले विरामीले सहज र छिटो सेवा…

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले गर्‍यो ९ निर्णय

स्वास्थ्यसमाचार लुम्बिनी प्रदेश सरकारले प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ चिकित्सिक परिचालन कार्यविधि, २०७८ स्वीकृत गरेको छ । मन्त्रीपरिषदको बैठकले मन्त्री  स्वास्थ्य संञ्चार लगायको बिषयमा बिभिन्न निर्णय गरेको हो । सञ्चार मन्त्री एवं प्रबक्ता तिलकराम शर्माले प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ चिकित्सिक परिचालन कार्यविधि, २०७८ स्वीकृत गरेको वताए।त्यस्तै प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा (पहिलो संशोधन) निर्देशिका, २०७८ प्रदेश स्वास्थ्य साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरेको छ । लालमटिया स्वास्थ्य चौकी, भालुबाङ, दाङलाई ५० शैयामा स्तरोन्नती गरी प्रदेश सञ्चालन ल्याउन नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय…

बुटवलमा एकैदिन १०हजार ले लगाए टाइफाइड विरुद्धको खोप

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकामा टाइफाइड विरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । आज पहिलो दिनमै १० हजार बालबालिकालाई खोप लगाइएको छ । बुटवलको आफ्नै खोप भण्डारण केन्द्रमा रहेको खोप स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्दै उपमहानगर प्रमुख शिवराज सुवेदीले बालबालिका लक्षित स्वास्थ कार्यक्रमलाई संवेदनशील रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । उपप्रमुख गुमादेवी आचार्यले स्वास्थ्यकर्मीलाई सफल अभियानको शुभकामना दिनुभयो । बुटवलका २७ केन्द्रमा १५ महिनादेखि २३ महिनाका करिब चार सय र २ वर्षभन्दा माथिका ९ हजार ६ सय बालबालिकालाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख कल्पना भट्टराईले जानकारी दिनुभयो । बुटवलका यो उमेर समूहका ३७…

जटिल रोगका बिरामीले उपचार बापत मासिक पाँचहजार भत्ता पाउने

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जटिल रोगका बिरामीलाई उपचार खर्च बापत दिइने मासिक भत्ताको कार्यविधि तयार गरेको छ । मिर्गौला प्रत्यारोपण गरिरहेका व्यक्ति, मिर्गौला फेल भई डायलासिस गराइरहेका व्यक्ति, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचार बापत सरकारले मासिक पाँच हजार भत्ता दिने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले अब कार्यविधि अनुसार उल्लिखित व्यक्तिले भत्ता पाउने जानकारी दिनुभयो । कार्यविधिअनुसार भत्ता रकम त्रैमासिक रूपमा महिनाको अन्तिम दिन स्थानीय तहले बिरामीको बैङ्क खातामा जम्मा गर्ने छन् । क्यान्सर निको भई चिकित्सकको निगरानीमा रहेका…

बर्ड फ्लू फैलिएपछि प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा पोल्ट्री निषेधाज्ञाको तयारी

स्वास्थ्यसमाचार/पशु सेवा विभागले कुखुरामा देखिने सङ्क्रामक रोग बर्ड फ्लू नियन्त्रणका लागि ४ प्रदेशमा पोल्ट्री निषेधाज्ञाको तयारी गरेको छ । विभागले सङ्क्रमण बढेपछि प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा पोल्ट्री निषेधाज्ञाको तयारी गरेको हो । भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला ले सोमवार काठमाडौंमा गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा विभागका महानिर्देश डा राम नन्दन तिवारीले बर्ड फ्लू सङ्क्रमण नियन्त्रणबाहिर गएको बताए । उनले गत माघदेखि प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा बर्ड फ्लूको सङ्क्रमण बढ्दै गएको र पछिल्लो समय नियन्त्रण बाहिर रहेको पनि जानकारी गराए । हालसम्म हाँस, ब्रोइलर, लोकल,…

रुपन्देहीमा टाइफाइड विरुद्धको खोप दुई चरणमा लगाईने

स्वास्थ्यसमाचार/ रुपन्देहीमा टाइफाइड विरुद्धको खोप दुई चरमा सुरु हुने भएको छ ।पहिलो चरण अन्तर्गत चैत २२ देखि २७ गतेसम्म बुटवल उपमहानगर पालि का, लुम्बिनी साँस्कृतिक, सिद्धार्थनगर, देवदह, सैनामैना नगरपालिका, गैडहवा, कञ्चन, शुद्धोधन, मायादेवी, कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताए । त्यस्तै दोस्रो चरण अन्तर्गत वैशाख ६ गतेदेखि १४ गतेसम्म तिलोत्तमा नगरपालिका, ओमसतिया, रोहिणी र सियारी गाउँपालिकामा अभियान सञ्चालन गरिने शर्माले जानकारी दिए ।अभियान अन्तर्गत १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई खोप लगाइनेछ । देशैभर एकै चरणमा चैत २३ गतेदेखि…

अर्थोपेडिक एशोसियशन लुम्बिनी प्रदेशको पदस्थापन कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका अर्थोपेडिक सर्जन डाक्टरहरुको सञ्जाल नेपाल अर्थोपेडिक एशोसियशन लुम्बिनी प्रदेश समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार बुटवलमा भएको प्रथम बैठक तथा पदस्थापन कार्यक्रममा नेपाल अर्थोपेडिक एशोसियशनका केन्द्रिय अध्यक्ष डा रविन्द्रलाल प्रधानले यस सस्थाले अर्थोपेडिक सर्जनहरुको एकता, ज्ञान सीप आदान प्रदानमा महत्वपूर्ण भुमिका रहने बताउनु भयो । डा प्रधानले उपचारमा आएको नयाँ प्रविधिहरुको विकास र उपचारका क्रममा भएका आ–आफ्ना अनुभव साटासाट गर्न यस एशोसियशनको मुख्य उदेश्य रहेको बताउनु भयो । कार्यक्रममा नेपाल अर्थोपेडिक एशोसियशनका केन्द्रिय महासचिव डा विनोद शेरचन, नेपाल अर्थोपेडिक एशोसियशन लुम्बिनी प्रदेशका सल्लाहकार डा।किशोर खत्री…