तिनाउ इन्टरनेशनल हस्पिटलमा पहिलोपटक जोर्नी प्रत्यारोपण सेवा सुरु

स्वास्थ्यसमाचार/ तिनाउ हस्पिटलमा जोर्नी प्रत्यारोपण सेवा सुरु जोर्नी प्रत्यारोपण उपचार सेवा सुरु भएको छ ।बुटवल–८ सुख्खानगर स्थित श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लिमा पहिलोपटक जोर्नी प्रत्यारोपण उपचार सेवा सुरु भएको हो । जोर्नी बिग्रिएर हिँड्न नसक्ने अवस्थाबाट छुटकारा पाउन कृत्रिम जोर्नी प्रत्यारोपण गरिन्छ । हाडजोर्नी नशा तथा मेरुदण्ड रोग बिशेषज्ञ डा. योगेन्द्र अग्रहरीको नेतृत्वको टिमले पहिलो पटक जोर्नी प्रत्यारोपण गरेको हो । आधुनिक अप्रेशन थ्रिएटरमा अत्याधुनिक उपकरणको प्रयोग गरी रुपन्देहीको सैनामैनाका २४ वर्षीय युवामा जोर्नी प्रत्यारोपण गरिएको डा. अग्रहरीले जानकारी दिए ।शल्यक्रियापछि बिरामीको अबस्था सामान्य रहेको छ । विभिन्न कारणले जोर्नी…

स्वास्थ्य बीमा बोर्डले प्रदेश संयोजन समिति गठन गर्ने, यस्तो छ कार्यविधि

स्वास्थ्यसमाचार/ स्वास्थ्य बीमा बोर्डले प्रदेश संयोजन समिति गठन गर्ने भएको छ। यसका लागि बोर्डले प्रदेश स्वास्थ्य बीमा संयोजन समिति गठन र सञ्चालन नमुना कार्यविधि २०७८ बनाएको छ। स्वास्थ्य बीमा नियमावली २०७५ को नियम २५ मा स्वास्थ्य बीमा सम्बन्धमा समन्वय गर्न प्रत्येक प्रदेशमा प्रदेश सरकारले तोके बमोजिमको एक प्रदेश स्वास्थ्य बीमा संयोजन समिति रहने व्यवस्था छ। प्रादेशिक स्तरको समितिको अध्यक्षता स्वास्थ्य मन्त्रालय हेर्ने सचिवले गर्नेछन्। त्यस्तै सदस्य स्वास्थ्य बीमा बोर्डको प्रादेशिक कार्यालयका प्रमुख, आर्थिक मामिला मन्त्रालयका प्रतिनिधि, मन्त्रालयले मनोनित गरेको एक जना व्यक्ति, स्वास्थ्य र बीमा क्षेत्रमा अनुभव हासिल गरेको एक…

डा.विकास लामिछाने बने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति

स्वास्थ्यसमाचार /राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको उपकुलपतिमा डा विकास लामिछाने नियुक्त भएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डा। लामिछानेलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका हुन्। उपकुलपतिका लागि तीनजनाको सिफारिस परेको थियो। स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं राप्ती प्रतिष्ठानका सहकुलपति विरोध खतिवडा नेतृत्वको सिफारिस समितिले ऋषिकेश नारायण श्रेष्ठ, विकास लामिछाने र नारायणविक्रम थापाको नाम सिफारिस गरेको थियो। समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला र स्वास्थ्य सचिव डा। रोशन पोखरेल सदस्य रहेका थिए।

नक्कली पिसिआर रिपोर्ट बनाउने यादवविरुद्ध विशेष अदालतमा मुद्दा

स्वास्थ्यसमाचार/ कोरोना महामारीका क्रममा पिसिआर परीक्षणको नक्कली रिपोर्ट बनाएको अभियागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । यादवले अस्पतालको छाप आफूखुसी बनाई दुरुपयोग गरेको र कार्यालयको कम्प्युटरको फरेन्सिक परीक्षण गर्दा फेला पारिएका पिसिआर रिपोर्ट सबै नक्कली भएको पाइएको छ । यस्तै, अस्पतालमा स्वाब सङ्कलन गरी अनाधिकृत रूपमा रकम उठाएको, परीक्षण नै नगरी गलत रिपोर्ट बनाएको, मौखिक आधारमा नेगेटिभ रिपोर्ट आएको बताउनेजस्ता अनाधिकृत काम गरेको पाइएको आयोगले जनाएको छ । कार्यकक्षमा नै स्वाब सङ्कलन गरी नेगेटिभ रिपोर्ट…

३८८ कोरोना संक्रमित थपिँदा १,२०५ जना निको ४ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ नेपालमा गत २४ घन्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय २५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ८ हजार १ सय ४० कोरोना परीक्षण गरिएको छ । जसमा ५ हजार २ सय २५ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ४७ र २ हजार ९ सय १५ एन्टीजेन परीक्षण गर्दा…

बुटवल उवासंघ स्थापना दिवसको पूर्वशन्ध्यामा रक्तदान

स्वास्थ्यसमाचार/ बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघको स्थापना दिवसको पूर्व शन्ध्यामा रक्तदान कार्यक्रम गरेको छ । संघको ६९ औं स्थापना दिवसको अवसरमा सोमबार संघको सचिवालय परिसर बुटवलमा रक्तदान गरिएको हो । निजी क्षेत्रको यस क्षेत्रकै सबैभन्दा पुरानो संस्था बुटवल उद्योग वाणिज्य संघ २०१० साल फागुन १० गते स्थापना भएको थियो । त्यसयता संघले व्यवसायिक बिकास, उनीहरुको हकहितसंगै यस क्षेत्रको आर्थिक तथा सामाजिक बिकासमा समेत नेतृत्वदायी भूमिका खेल्दै आएको छ । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा संघका पदाधिकारी सदस्य, सुभेच्छुकहरुले रक्तदान गरेको संघका कार्यसमिति सदस्य तथा स्थापना…

सरकारको राष्ट्रिय रणनीति :२०३० सम्ममा एचआईभी अन्त्य गर्ने

स्वास्थ्यसमाचार/  सरकारले पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक गरेको छ।एचआईभी निर्मुल पार्ने लक्ष्यसहित राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको हो। स्वास्थ्य मन्त्रालयककी जनसंख्या सचिव देवकुमारी गुरागाईंले सन् २०३० सम्ममा नेपालबाट एचआईभी निर्मुल पार्नका लागि उक्त रणनीतिक योजना सार्वजनिक गरिएको बताइन्।अघिल्ला योजना जस्तै यो बन्नका लागि मात्रै नभई कार्यान्वयनका लागि बनेको उनले बताइन्। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिप्रेन्द्र रमण सिंहले यो योजनाले एड्स इपिडेमिकलाई सन् २०३० सम्ममा अन्त्य गर्न सहयोग पु¥याउने बताए। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार नेपालमा…

लुम्बिनी प्रादेशिक अस्पतालमा फागुन८गते फाईजर खोप लगाईने

स्वास्थ्यसमाचार /रुपन्देहीमा आईतवार फाईजर खोप लगाईने भएको छ।पहिलो खोप लगाएका र दोश्रो खोप लगाउन बाँकी ३ सय १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा लगाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार रुपन्देहीमा आएको फाईजर खोप पहिलो मात्र लगाएका र बिचमा लगाउन छुटेका बाकी ३ सय १८ जनालाई आईतबार खोपलगाउने बताए। पहिलो डोज लगाएका वालवालिका दिर्घरोगीले आईतबार लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा आईखोप लगाउन आग्रह गरेका छन । कोभिडविरुद्धको फाइजर खोप १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दीर्घ रोगीलाई…

विश्वमा पहिलोपटक एचआईभी संक्रमित महिला निको

बीबीसी/अमेरिकी वैज्ञानिकहरूले एचआईभी संक्रमित एक महिलालाई रोगमुक्त बनाउन सफल भएका छन् ।ती महिला एचआईभी सङ्क्रमणमुक्त हुने विश्वकै तेस्रो व्यक्ति र पहिलो महिला भएको दावी गरिएको छ । यसअघि दुई जना पुरुष पनि यो रोगबाट निको भएका थिए । रक्त क्यान्सरको उपचारका क्रममा ती महिलालाई एड्स निम्त्याउने भाइरसविरुद्ध प्राकृतिक प्रतिरोधी क्षमता भएका व्यक्तिबाट स्टेम कोष प्रत्यारोपण गरिएको बताइएको छ। उपचारपछि ती महिला विगत १४ महिनायता भाइरसमुक्त छन्।तर विज्ञहरूले नाइटोबाट रगत प्रत्यारोपण गरिने यो विधि एचआईभी भएका अन्य मानिसमा प्रयोगमा ल्याउन धेरै जोखिमपूर्ण हुने बताएका छन्। बिरामीको उपचार गरिएको यो विषय मङ्गलवार…

जे एण्ड जे खोप लगाएकाले पनि बुस्टर लगाउन मिल्छ – स्वास्थ्य मन्त्रालय

स्वास्थ्यसमाचार /ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रष्ट्याएको छ ।जिल्ला–जिल्लाबाट पहिलो मात्रा लगाए पुग्ने जे एण्ड जे खोप लगाएकाले के गर्ने भन्ने जिज्ञासा आएपछि मन्त्रालयले सूचना जारी गर्दै बुस्टर मात्रा लगाउन मिल्ने बताएको हो । मन्त्रालयका अनुसार अन्य खोप लगाएका व्यक्तिले जस्तै १८ वर्ष पूरा भई जे एण्ड जे खोप लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्रा लगाउने मिल्छ पाएसम्म जे एण्ड जे नै लगाउन मन्त्रालयले सुझाव दिएको छ । यदि उक्त खोप नपाएमा जे एण्ड जे लगाएका व्यक्तिले ६…