रोल्पा अस्पतालमा अक्सिजन प्लान्टको मुख्यमन्त्री केसीद्वारा उद्घाटन

स्वास्थ्यसमाचार /रोल्पा अस्पतालमा अक्सिजन पलान्टको उद्घाटनमा भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसील एक कार्यक्रमका बिच  जडान गरिएको अक्सिजन पलान्ट उद्घाटन गरेका हुन । उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले रोल्पा जिल्लामा जडान गरिएको अक्सिजन पलान्टले अक्सिजनको अभावमा जीवनको मृत्यु हुने जोखिमलाई न्यूनिकरण गर्दै आम रोल्पालीको जीवन सुरक्षा हुने बताए। उनले भने हामीले कोरोनाको कारणले गर्दा धेरै शिक्षा पनि लियौँ, अब अक्सीजनको अभावमा हुने जोखिमलाई कम गर्न सकिने र जीवन जोगाउनका लागि सहज हुनेछ । रोल्पा जिल्लाबाट रिफर हुने विरामीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा नै उपचार हुने वातावरणको सृजना…

गोमूत्र:क्यान्सरको उत्पत्ति रोक्न, सुगर घटाउन, विषादीको असर कम गर्न उपलब्धिमूलक

पूर्वीय सभ्यता र विशेष गरी सनातन धर्ममा गाईको विशेष महत्व छ। गाईबाट मानिसका लागि अत्यन्त पोषिलो र शक्तिवर्धक दूध प्राप्त हुने हुँदा गाईलाई माता मानेर गौमाता भनिन्छ र गाईको पूजा गर्ने चलन पनि छ। मही, दही, घ्यू, पनिर, मिष्ठान्न लगायत बनाएर स्वाद र शक्ति प्राप्त गर्ने हुँदा गाई पूजनीय हुनु स्वाभाविक नै छ। स्वादिलो दूध र दूधका परिकार बाहेक पनि गाईबाट अर्को महत्वपूर्ण कुरा प्राप्त गर्न सकिन्छ, त्यो हो गोमूत्र। गोमूत्र पञ्चगव्य (दूध, दही, घ्यू, गोबर र गोमूत्र) मध्यको एक हो। पञ्चगव्य विभिन्न धार्मिक कार्य सम्पादनमा अनिवार्य आवश्यक कुरा हो…

नेपालमा हैजाविरुद्धको खोप आउँदै, प्रभावित ठाउँमा दिइने

काठमान्डौ/नेपालमा हैजाविरुद्धको खोप आउने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार हैजा नियन्त्रणमा सहयोग गरिरहेको विश्व स्वास्थ्य संगठनको करेला सचिवालयले खोप दिने आश्वासन दिएको छ। ग्लोबल स्टक पाइल मा रहने हैजाको खोप ‘ओरल कललेर भ्याक्सिन’ प्राप्तिका लागि गरेको प्रयास सफल भएको डा. पौडेलले बताए।खोप प्राप्तिपछि विगतमा हैजाको प्रकोप देखिएका र सफा खानेपानी तथा सरसफाइको स्थिति कमजोर रहेका अति जोखिमयुक्त क्षेत्रहरु निर्धारण गरी हैजाको खोप सञ्चालन गरिनेछ। गत १८ असोजदेखि कपिलवस्तुमा फैलिएको झाडापखालाबाट अहिलेसम्म छ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।‘हैजाको खोप प्राप्तीको खबर सुखद हो। त्यसका…

स्वास्थ्य बिमा निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

काठमान्डौ /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा क्रमश निःशुल्क गर्दै लैजाने योजना बनाएको छ।मन्त्रालयमा आज बिहीबारआयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमा अहिले निर्धारित रकम तीन हजार पाँच सयलाई क्रमशस् कम गर्दै लैजाने तयारी भइरहेको जानकारी दिए। ‘स्वास्थ्य बिमा ३ हजार ५ नलिइ बिमा गर्ने योजना बनाएको छु,’ मन्त्री खतिवडाले भने, ‘त्यसमध्ये पनि लोपउन्मुख तथा अल्पसंख्यक जातिलाई सरकारले नै रकम तिरेर अनिवार्य बिमा कार्यक्रममा समावेश गर्ने तयारीमा गरिरहेको छ।’उनले यो कार्यक्रम अगाडि बढाउन प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग छलफल भइरहेको जानकारी दिए। ‘लोपउन्मुख जातिको संख्या कम भएकाले स्वास्थ्य…

अमेरिकामा ५ देखि ११ वर्षका बालबालिकालाई पनि फाइजर खोप दिइने

स्वास्थ्यसमाचार / अमेरिकाले पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकाका लागि फाइजर खोप स्वीकृत गरेको छ । योसँगै अब अमेरिकामा सो उमेर समूहका लाखौं बालबालिकाले खोप लगाउन पाउने भएका छन् । रोग नियन्त्रण तथा उन्मुलन केन्द्र (सीडीसी) ले बालबालिकाका लागि खोप अनुमोदन गरेको हो । अमेरिकामा यसअघि १२ वर्षमाथि बालबालिकामा फाइजर दिइएको थियो । अनुमोदनपछि अमेरिकामा दुई करोड ८० लाख बालबालिकाले फाइजर खोप लगाउने भएका छन् ।जनजीवनलाई सामान्य बनाउन बालबालिकालाई पनि खोप आवश्यक भएको विज्ञहरुले सुझाव दिँदै आएका थिए । यसअघि सीडीसीका विज्ञको एउटा टोली र त्यहाँको खाद्य तथा औषधी प्रशासन (एफडीए)…

तिलोत्तमा वडा नं४को सहरी स्वास्थ्य केन्द्र भबन उद्घाटन

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका वडा नं ४मा निर्माण भएको सहरी स्वास्थ्य केन्द्र भवनको आज उदघाटन भएको छ । भबनको नगर प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरदेवी चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन । उदघाटन कार्यक्रममा बोल्दै नगरप्रमुख वासुदेब घिमिरेले नगरका सबै वडामा आधारभूत स्तरको सरकारी स्वास्थ्य संस्था पुगेको भएपनि स्वास्थ्य संस्थाका सुविधा सम्पन्न आफ्नै भवन बनाउने काम पनि तीव्र रुपमा भएको बताए । उनले भने तिलोत्तमा नगरका सबै वडामा सुबिधा सम्पन्न भबन र सर्वसुलभ सेवा दिने तरिकाले नगरपालिकाले काम गरेको मेयर घिमिरेले बताए । घिमिरेले भने तिलोत्तमा अत्याधुनिक सुविधासम्पन्न तिलोत्तमा सिटी…

स्वास्थ्य र समृद्धिको लागि आयुर्वेद चिकित्सा पद्धतिलाई मुलधारमा ल्याउनु पर्छ :स्वास्थ्यमन्त्री चौधरी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजीत चौधरीले स्वास्थ्य र समृद्धिको लागि आयुर्वेद चिकित्सा पद्धतिलाई मुलधारमा ल्याउनु पर्ने बताएका छन। त्यसको लागी लुम्बिनी प्रदेश सरकारले आवश्यक निति नियम जनशक्ती र पुर्वाधारको लागी सरकारले आबश्यक सहयोग गर्ने बताए । राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अबसरमा लुम्बिनी आयुर्वेद चिकित्सालयद्धारा आयोजीत कार्यक्रममा स्वास्थ्य मन्त्रीले उक्त कुरा बताएका हुन । मन्त्री चौधरीले अहिले वढिप्रचलनमा रहेको एलोप्याथिक पद्धति र आयुर्वेद पद्धतिलाई संन्तुलनमा ल्याउन सकेमात्र वैज्ञानिक प्रद्धतिवाट बढी चलनमा आएको एलोपेथिक र आयुर्वेद संन्तुलनमा आउने बताए ।मन्त्रीचौधरीले भने आयुर्वेद भनेको रोगलाग्न नदिने…

जिनोमिक ल्याबोरेटोरी प्रालिद्धारा दाङको घोराहीमा शाखा शुभारम्भ

स्वास्थ्यसमाचार/ बुटबलमा संञ्चालनमा रहेको जिनोमिक डायग्नोस्टिक ल्याबोरेटोरी प्रालिले दाङको घोराहीमा ल्यावको शाखाको शुभारम्भ गरेको छ ।एक कार्यक्रमका बिच ल्याबका अध्यक्षले दाङको घोराहीमा शाखा शुभारम्भ गरेका हुन। प्रालिले दाङको घोराहीमा १ करोड ५०लाखको लगानीमा शाखा सुरु गरिएको जिनोमिक डायग्नोस्टिक ल्याबोरेटोरी प्रालीका उपाध्यक्ष नारायण भन्डारीले बताए । दाङको घोराहीमा रहेका अरु ल्याबमा नभएका परिक्षणहरु अब यो ल्याबका हुने भन्डारीले बताए । भन्डारीले भने अहिले दाङमा सुरु भएको जिनोमिक डायग्नोस्टिक ल्याबोरेटोरीमा क्यान्सर समन्धी परिक्षण, बिभिन्न किसीमका  हर्मोन को परिक्षण महिलाहरुको पाठेघर समन्धीको क्यान्सरएफ ( प्याप )परिक्षण,वायोप्सी एएफ एन ए सि क्यान्सरमार्कहरु सबै परिक्षण…

बाग्मती प्रदेशको स्वास्थ्य निर्देशक महेश्वर श्रेष्ठ नियुक्त

स्वास्थ्यसमाचार /महेश्वर श्रेष्ठ बाग्मती प्रदेशको स्वास्थ्य निर्देशनालयको निर्देशक नियुक्त भएका छन।श्रेष्ठआज बाग्मती प्रदेशको स्वास्थ्य निर्देशनालय पदबहाली गरेका छन । लुम्बिनी प्रदेशको स्वास्थ्य तालिमकेन्द्रका प्रमुख रहेका श्रेष्ठ केहि महिना पहिले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको प्राविधिक सल्लाहकारमा नियुक्त भएका थिए । स्वास्थ्य शिक्षा समूह अन्तर्गत ११औं तहका कर्मचारी रहेका श्रेष्ठ जनस्वास्थ्य संघका केन्द्रीय महासचिव समेत हुन । कर्मचारी समायोजनका क्रममा उनी प्रदेश स्वास्थ्य तालिम केन्द्रमा आएका थिए ।जनस्वास्थ्य संघका निर्वाचित केन्द्रीय महासचिव श्रेष्ठ स्वास्थ्य सेवा करिअरमा आधा दर्जनभन्दा बढी जिल्लाका प्रमुख भएर काम गरेका छन ।

शिवराजमा बृहत्तर यौनिकता शिक्षासम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

स्वास्थ्यसमाचार/ कपिलवस्तुको शिवराज नगरपालिकामा बृहत्तर यौनिकता शिक्षासम्बन्धी स्थानीय सरकार र साझोदार सम्मिलित कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।संयुक्त राष्टसंघीय जनसंख्या कोषको आर्थिक तथा प्राविधिक सहयोग सिसो नेपाल र शिवराज नगरपालिकाको आयोजनामा गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले स्वास्थ्य र शिक्षा महत्त्वपूर्ण विषय भएकाले स्थानीय तहबाटै प्रयास थालिनुपर्नेमा जोड दिए ।बृहत्तर यौनिकता शिक्षा अहिलेको समय महत्त्वपूर्ण विषय भएको हुँदा सबै विद्यालयमा यसलाई प्राथमिकताका साथ पढाउनुपर्नेमा उनले जोड दिए । शिवराजले बृहत्तर यौनिक शिक्षासम्बन्धी नगरभित्र रहेका विद्यालयका लागि सूचना केन्द्र स्थापना गर्ने, यौन शिक्षासम्बन्धी विषयवस्तु, स्वास्थ्य तथा…