चारजना विशेषज्ञ डाक्टर बढुवाका लागि सिफारिस

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार जना डाक्टरको बढुवा सिफारिस गरेको छ । लोकसेवा आयोगको सूचना अनुसार कार्यक्षमता मुल्याङ्कन प्रक्रियाद्धारा ती चार चिकित्सकलाई नवौं तहमा बढुवाका लागि सिफारिस गरिएको हो ।

बढुवाका लागि सिफारिस भएका डाक्टरहरुम नाक,कान,घाँटी रोग विशेषज्ञ डा।अम्बालिका शाक्य,एनेस्थेसियोलोजिष्ट डा पुजन बल्ल,डा दिपिका सुवेदी र डासन्दिप किरण प्रधान हुनुहुन्छ । एनेस्थेसियोलोजिष्टमा पाँच जना माग भएकोमा तीन जनाको नाम सिफारिस गरिएको छ ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :