पाल्पामा नियमित खोपमा टाइफाइड खोप शुभारम्भ

स्वास्थ्यसमाचार/ पाल्पा जिल्लामा टाइफाइडको खोप नियमित भएको छ।आज एक कार्यक्रमका बिच पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले नियमित खोप शुभारम्भ गरेका छन। नियमित खोप शुभारंभ गर्दे प्रमुख जिल्ला अधिकारीले यो नयाँ खोपले टाइफाइडबाट वालवालिकाहरुलाई सुरक्षा हासिल गर्ने वताए। शुभारम्भ कार्यक्रममा वोल्दै जिल्ला स्वास्थ्य कार्यलय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले खोपले बढ्दै गइरहेको औषधी प्रतिरोधी टाइफाइड जीवाणुको विश्वब्यापी स्वास्थ्य समस्याको न्यूनिकरण यो खोपले गर्ने बताए । डा गिरीले टाइफाइड खोप कार्यक्रमका साथसाथै स्वास्थ्य शिक्षा, पानी र सरसफाईमा सुधार र स्वास्थ्यकर्मीहरूका लागि रोगको पहिचान र उपचार सम्बन्धी ध्यान दिन जरुरी रहेको बताए…

लुम्बिनी प्रदेश सहित तराईका जिल्लामा आउँदो ३ दिन ‘लू’ चल्ने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशसहित तराईका जिल्लामा आउँदो तीन दिन तातो हावा चल्ने भएकाले उच्च सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् । भारतको मौसम विभाग र बैंककमा रहेको क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स) द्वारा जारी पूर्व चेतावनीअनुसार नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते (हिट वेब) तातो हावा चल्ने देखिएको हो । ४० डिग्रीभन्दा माथिको तापक्रमलाई (हिट वेब) अर्थात् ‘लू’ भन्ने गरिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेखअनुसार देशका सात ठाउँमा ४० डिग्री सेल्सियस भन्दामाथि तापक्रम पुगेको छ । यसअघि नै विज्ञहरूले नेपालमा यस वर्ष…

श्वासबाट कोरोना परीक्षण गर्ने विधिलाई अनुमति, ३ मिनेटमै रिपोर्ट

एजेन्सी/ अमेरिकामा श्वासबाट कोरोना परीक्षण गर्ने विधिले अनुमति पाएको छ। बिहीबार अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीएले आपतकालिन प्रयोगका लागि अनुमति दिएको हो। सो ब्रेथालाइजरलाई मोबाइल वा घुम्ती परीक्षणमा प्रयोग गर्न प्रभावकारी हुन सक्ने एफडीएले जनाएको छ। यसको प्रयोगबाट ३ मिनेटभन्दा थोरै समयमा कोरोना परीक्षणको नतिजा दिने बताइएको छ।पछिल्लो समय गरिएको अध्ययन परीक्षणका क्रममा यस विधिबाट ९१ प्रतिशत पोजेटिभ भएका संक्रमितको नतिजा सही भएको र करिब शतप्रतिशत नेगेटिभ रहेकाको नतिजा देखाएको थियो। ओमिक्रोन भेरियन्टमा पनि सोही किसिमको नतिजा देखाएपछि एफडीएले प्रयोग अनुमति दिएको हो। यद्यपि पोजेटिभ देखिएका व्यक्तिको भने थप…

स्वास्थ्यको १६ अर्ब रुपैयाँ अर्थले रोक्यो अप्ठ्यारोमा स्वास्थ्य मन्त्रालय

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित बजेटमा रहेर खर्च गरेको १६ अर्बभन्दा बढी रकम अर्थ मन्त्रालयले निकासा रोकिदिएको छ । पछिल्लो ८ महिनादेखि स्वास्थ्य मातहतका निकायहरुलाई निकासा गर्नुपर्ने १६ अर्ब १४ करोड ८४ लाख २ हजार रुपैयाँ अर्थले निकासा नदिँदा स्वास्थ्य मन्त्रालय अप्ठ्यारोमा परेको छ । मन्त्रालय स्रोतकाअनुसार साउनदेखि फागुनसम्म नियमित बजेटअन्तर्गत खर्च भएको रकम माग गर्दा अर्थका अधिकारीहरुबाट आलटाल हुने गरेको छ । धुलिखेल अस्पतालको उपकरण खरिदका लागि साउन-भदौतिरै निकासा दिनुपर्ने १० करोड अर्थले अझै निकासा दिएको छैन् । यसैगरी, कोभिड-१९ रोकथाम तथा नियन्त्रण कार्यक्रमको ८२ करोड, कोभिड-१९ नियन्त्रण…

९० प्रतिशत नेपालीले लगाए कोराना बिरुद्धको पूर्णखोप :स्वास्थ्य मन्त्रालय

स्वास्थ्यसमाचार/ सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाविरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ। २०७८ चैत मसान्तसम्म १८ वर्ष माथिको सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारीले बताए। उनले गत वर्षको माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो। चैत्र मसान्तसम्म १८ वर्षमाथिको उमेर समूहकालाई लक्षित वर्गमा राखेर अभियान सुरु गरिएको र अभियानमा सरकारले लगभग लक्ष्य पूरा गरेको उनले दाबी गरेका हुन्। अधिकारीले लगभग ९५ प्रतिशतले खोपको पहिलो मात्रा लगाइसकेको र ९० प्रतिशतको हाराहारीमा लक्षित वर्गलाई पूर्ण मात्रा…

अहेव र शिक्षकलाई पनि नि.प्रमुख प्रसाशकीय अधिकृतको जिम्मेबारी

स्वास्थ्यसमाचार/अनुकल नभए कर्मचारीलाई सरुवा गराईदिने, समान्य प्रसाशन मन्त्रालयबाट जिम्मेबारी लिएर आएपनि हाजिर हुन नदिने घट्ना मधेशप्रदेशका स्थानीय तहमा सामान्य मानिन्छ । नियमानुसार काम गर्न खोजेमा जनप्रतिनिधि र कर्मचारीबिच खटपट हुने, स्वार्थ पुरा नभए हुलहुज्जत र प्रदर्शन गर्ने, तोकेको पालिकामा हाजिर हुन परमादेशका लागि अदालत जानुपर्ने लगायतका समस्या मधेश प्रदेशका स्थानियतहमा देखिएका छन् । धनुषाको औरही गाँउपालिकाको बिक्रमपुर घर भएका स्वास्थ्य सेवाका अहेव अशोक यादव अहिले सोही गााउपालिका कार्यालयको निमित्त प्रमुख प्रसाशकीय अधिकृतरुपमा पााच महिनादेखि कार्यरत छन् । यसअघिका प्रमुख प्रसाशकीय अधिकृत सुबोध ठाकुरले अध्यक्ष ब्रहम्देव यादवले अर्‍हाएका नियमविपरित कामगर्न नमानेपछि…

स्वास्थ्यकर्मी संघ रुपन्देहीद्धारा नयाँ वर्षको शुभकामना आदान–प्रदान

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । शनिबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा शुभकामना आदानप्रदान तथा संघले प्रकाशन गरेको नयाँ वर्ष २०७९ को भित्तेपात्रो विमोचन गरिएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले स्वास्थ्य सेवाका कर्मचारीलाई पनि आधिकारिक ट्रेड युनियनमा समेट्नुपर्ने, महिला स्वयमसेविकाका समस्या समाधानमा पहलकदमी उठाउनु पर्ने लगायतका कुराहरु राखेका थिए । कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका निवर्तमान अध्यक्ष तथा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि काजिमान श्रेष्ठले स्वास्थ्य सेवाका कर्मचारीलाई निजामती सरह सेवा सुविधा दिनुपर्ने र स्वास्थ्य भित्रै पनि निजी तथा अनौपचारिक…

सात अर्बको ठेक्का सेटिङ :मुख्यमन्त्रीलाई चोख्याउँदै छानविन समितीले बुझायो प्रतिवेदन

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालको ७ अर्बको ठेक्का प्रकरणको छानबिन गर्न गठन भएको समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।प्रतिवेदनमा ठेक्का रद्दसँगै दबाबले काम गर्न नसकेको भन्दै राजीनामा दिएका तत्कालीन प्रदेश प्राधिकरण आयोजनाका प्रमुख कार्यकारी निर्देशक अनन्तराज घिमिरेलाई मुख्य दोषी देखाइएको छ । सो प्रकरणमा मुख्यमन्त्री कुलप्रसाद केसीको कुनै कनेक्सन नरहेको भन्दै चोख्याउन खोजिएको छ ।प्रदेशका महान्यायाधिवक्ता श्रीकृष्ण सुवेदीको नेतृत्व गठन गरिएको उपसमितिले शुक्रवार मुख्यमन्त्री केसीलाई यस्तो प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा घिमिरेमाथि सरकारले गठन गरेको छानबिन समितिले ठेकेदारसम्म मिलेमतोदेखि कागज किर्तेसम्म गरेको आरोप लगाएको छ ।प्रतिवेदनमा प्रमुख कार्यकारीले ठेक्का सम्झौता, रद्द…

स्थानीय निर्वाचन घोषणा पत्र :एमाले स्वास्थ्य विभागको २१ बुँदे सुझाव

स्वास्थ्यसमाचार/ स्थानीय तहको निर्वाचन आउन केवल एक महिना मात्रै बाँकी छ । अहिले सबै राजनीतिक दलहरुले आफ्नो घोषणा पत्र तयार गरिरहेका छन् । नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले स्थानीय तहको निर्वाचनका लागि तयार पारिने घोषणा पत्रमा समेट्नका लागि २१ बुँदे सुझाव घोषणापत्र तयारी समितिलाई बुझाएको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले मंगलबार पार्टी कार्यलयमा विभागको तर्फबाट तयार पारिएको २१ बुँदे सुझाव निर्वाचन घोषणा पत्र मस्यौदा समितिका संयोजक तथा एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलाई हस्तान्तरण गरेका थिए । घोषणापत्रमा पालिकाद्वारा खर्च गरिने बजेटको न्यूनतम १० प्रतिशत…

कालिका मानवज्ञानका ४० जना विद्यार्थीले पाए पूर्ण छात्रवृत्ति

स्वास्थ्यसमाचार/ नेपालकै नमुना कालिका मानवज्ञान माविबाट १२ कक्षा उत्तीर्ण गरेका ४० जना विद्यार्थीले एमबीबीएस लगायतका विषयमा स्नातकोत्तर अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन् ।जसमध्ये १० जनाले एमबीबीएसमा, १२ जनाले पारामेडिकलमा र १८ जनाले इञ्जियनियरिङ अध्ययनका लागि नाम निकाल्न सफल भएका विद्यालयका प्राचार्य दिनेश थापाले वताए । प्राचार्य थापाको दावी अनुसार सामुदायिक विद्यालयबाट एकै वर्षमा यति धेरै विद्यार्थीले एमबीबीएस पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यालय कालिका मानवज्ञान नै हो ।विद्यालयकी मन्जु पोखरेल, अप्सरा पाण्डे, दत्त रोकाया, रक्षा पोखरेल, सागर अर्याल, अमित कुर्मी, प्रविन विक, वर्षा न्यौपाने, वर्षा बस्याल र विमला भण्डारीले…