लुम्बिनीमा विशेषज्ञ चिकित्सक अभाव छ स्वास्थ्य सचिव देवकोटा

काठमाडौं/ लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा विकास देवकोटाले प्रदेशमा विशेषज्ञ चिकित्सक खोजेर पनि नपाउने स्थिति रहेको बताएका छन्।

स्वास्थ्य अनुसन्धान परिषद्ले आजदेखि सुरु गरेको सम्मेलनको पहिलो सत्रमा बोल्दै डा देवकोटाले प्रदेशका १२ जिल्लामध्ये ६ जिल्लाका अस्पतालमा पहिल्यै ५० शय्याको अस्पताल भएको र प्रदेश संरचनापछि बाँकी ६ जिल्लाका अस्पताललाई स्तरोन्नति गरेको बताए।

‘तर, चुनौती भनेको विशेषज्ञ चिकित्सक खोजेर पनि नपाउने स्थिति रहेछ,’ उनले भने। उनले हाल राप्ती र लुम्बिनी अस्पतलामा सबैभन्दा बढी विशेषज्ञ चिकित्सक रहेकाले मन्त्रिपरिषद्बाट निर्णय गराएर सुविधा दिएरै आवश्यक पर्ने स्थानमा खटाएको बताए।

उनले ‘डाक्टर घरदैलो’ कार्यक्रमअन्तर्गत स्वास्थ्य जनशक्ति अपुग भएका ठाउँमा पहुँच पुग्ने गरी काम गरेको पनि जानकारी दिए।

कोभिड महामारीका बेला लुम्बिनीमा चार वटा कोभिड विशेष अस्पताल सञ्चालन गरिएको, २ वटामा स्याटलाइट अस्पताल सञ्चालन गरिएको र ती चार अस्पतालमा सबैभन्दा धेरै ५८३ जनशक्ति सञ्चालन गरिएको उल्लेख गर्दै मुलुकको दैनिक मृत्युमध्ये ५० प्रतिशत मृत्युभने लुम्बिनीमै भएको बताए।

उनले किन लुम्बिनीमा बढी मृत्यु भएको भन्नेबारेमा अध्ययन गर्दा त्यसमा पनि विशेषज्ञ चिकित्सकै अभाव देखिएको उनले बताए।हेल्थपोष्टवाट

सम्बन्धित शिर्षक :