राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा डा झलक शर्मा चयन

स्वास्थ्यसमाचार ७ वर्षपछि भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको महाधिवेशनले सर्वसम्मतिबाट कार्यसमिति चयन गर्ने निर्णय गरेको छ । काठमाडौंमा चैत २५ गतेदेखि जारी महाधिवेशनले सर्वसम्मतिबाटै कार्यसमिति चयन गर्ने सहमति जुटाएको हो ।

सहमति अनुसार डा झलकशर्मा गौतमको अध्यक्षतामा १५१ सदस्यिय नयाँ कार्यसमिचि चयन गरिने भएको हो । डा शर्मा निर्वतमान महासचिव हुनुन्छ । यस्तै महासचिवमा डा सन्तोष पौडेल चयन हुनु भएको छ । यस्तै १ महिलासहित ४ जना उपाध्यक्ष हुने संघको विधानअनुसार महिला उपाध्यक्षमा शारदा खनाल, रामहरी ढकाल, भिमराजसिंह र जगत नेपालीलाई उपाध्यक्ष बनाउने सहमति जुटेको छ ।

यसैगरी उपमहासचिवमा अमृता बराल र हिमालय तिवारी छानिनु भएको छ । यसैगरी सचिवमा प्रदेश १ मा रामचन्द्र मिश्र, मधेष प्रदेशमा डा धमेन्द्र यादव, बागमती प्रदेशमा नारायण पौडेल,गण्डकी प्रदेशमा लक्ष्मण बसौंला, लुम्बिनी प्रदेशमा खगराज पोखरेल, कर्णाली प्रदेशमा शुशिल शाही र सुदुरपश्चिममा शिद्द ढुंगाना चयन हुनु भएको छ । सचिवमै उपत्यका तर्फ रुपा केसी र कोषाध्यक्षामा अञ्जु बस्नेत छनौट हुनुभएको छ ।

सामाजिक न्याय र पेशागत मर्यादाका लागि स्वास्थ्यकर्मीहरुको एकता, आमनागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ चलिरहेको महाधिवेशनले ४ वर्षका लागि नयाँ नेतृत्व घोषाणा गर्दै आज सकिनेछ ।

हाल संगठनमा करीब २८ हजार स्वास्थ्यकर्मीको आवद्धता रहेको संघको दाबी छ । संघको चिकित्सक, नर्सिङ,स्वास्थ्यकर्मीलगायत ६ वटा विभिन्न विषयगत घटक समितिहरु रहेका छन् ।

सम्बन्धित शिर्षक :