दादुर रुवेला खोप निर्धक साथ वालवालिकामा लगाऔ : निर्देशक डा गिरी

स्वास्थ्यसमाचार/ प्रदेश ५का स्वास्थ्य निर्देशक डा विनोद कुमार गिरीले दादुर रुवेला खोप निर्धक साथ आफना वालवालिकामा लगाउन आग्रह गरे


स्वास्थ्य सेवा बिभाग वाल महाशाखाद्धारा बुटबलमा आयोजित दादुरा–रुबेला खोप अभियान सञ्चालन तथा नियमित खोप सुदृढिकरण कार्यक्रम अन्तर्गत खोप लगाएपछि हुन सक्ने अवान्छित घटना र त्यसको व्यवस्थापन अभिमुखिकरण कार्यक्रममा बोल्दै डा गिरीले उक्त कुरा बताएका हुन ।

डा गिरीले प्रदेश ५ को रुपन्देहीवाट नयाँ तरिकाले खोप लगाउने अभियान सुरु भएको बताए । नेपालमै कुनै ठाउमा छैन बच्चा बिरामी छ कि छैन जाच गरेर खोप लगाउने अभियान यहाबाट सुरु भएको छ। निर्देशक गिरीले भने अहिले सम्म तिन चरणमा अभियान सुरु भयो खोप लगाएर कुनै बालबालिकाको मृत्यु भएको जानकारी छैन ।

कार्यक्रममा स्वास्थ्य सेवा बिभाग वाल महाशाखाका जनस्वास्थ्य अधिकृत बसन्त कुमार श्रेष्ठले खोप लगाएका बाल बालिकाहरुमा कुनै समस्या देखा पर्नासाथ खोप लगाएकै कारण समस्या भएको भन्ने निष्कर्षमा पुग्न नहुने बताए ।

खोप लगाएका व्यक्तिहरुमा देखिन सक्ने त्यस्ता घटनाहरु खोपकै कारणबाट नभएर अन्य कारणबबाट हुन सक्ने भए पनि खोप लगाएकै कारण त्यस्तो असर देखिएको भनि प्रचार हुँदा खोप कार्यक्रमनै प्रभावित हुन सक्ने तर्फ पनि सचेत रहनु पर्ने बताए । उनले संञ्चार कर्मिलाई सत्यतथ्य बुझेर समाचार सम्प्रेशण गर्ने आग्रह गरे ।

गोष्ठीमा एईएफआई का सर्भिलेन्स अधिकृत डा अभियान गौतमले खोप लगाएपछि हुन सक्ने अवान्छित घटना र त्यसको व्यवस्थापन वारे जानकारी गराए ।
स्वास्थ्य निर्देशनालय बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले कार्यक्रमको औचित्य र उदेस्यमाथि प्रकाश पारेका थिए ।

 

गोष्ठीमा स्वास्थ्यकर्मि टेड्रयुनियनका पदाधिकारी संञ्चारकर्मिको सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक :