स्वास्थ्य सेवाको पहुच बढाउन प्रत्येक पालिकाहरुमा अस्पताल मन्त्री बराल

स्वास्थ्यसमाचार/ कपिलवस्तु अस्पतालको नव निर्मित भवनको प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुर्दशन बरालले उद्घाटन गरे ।

२०६९ सालमा निमार्ण सुरु गरिएको उक्त भबनको उदघाटन गर्दे मन्त्री बरालले स्वास्थ्य सेवाको पहुच बढाउन प्रत्येक पालिकाहरुमा अस्पताल निर्माण गरिने बताए ।
उनले एक पालिका एक अस्पतालको अवधारणा अघि बढेको बताउदै अस्पतालमा प्रर्याप्त मात्रामा औषधि, विभिन्न उपकरण, बर्थिङ सेन्टर, उपलब्ध गराउन प्रदेश सरकारले योजनावद्ध तरिकाले लागिपरेको बताएका छन ।

मन्त्री बरालले स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन प्रदेश सरकारले सरकारी अस्पतालको स्त्तोरन्ती गर्ने कार्य समेत अघि बढाएको बताए ।
सरकारी अस्पतालको भौतिक अवस्था सुधारका लागि प्रदेश सरकारले बिशेष योजना ल्याएको बताउदै मन्त्रीबरालले जनतालाई स्वास्थ्य सेवा दिइने सरकारको दायित्व भएको बताए ।

प्रदेशसभा सदस्य तथा सामाजिक बिकास संयोजक दिर्घ नारायण पाण्डेयले मान्छेको स्वास्थ्य नै प्रमुख सम्पत्ति भएकाले अस्पताल व्यवस्थित रूपमा प्रयोग गर्नुपर्ने भन्दैे जिल्लाको विकास जनताको माग र आवश्यकताको आधारमा तीव्र गतिमा अगाडि बढाउनु पर्ने बताए ।

प्रदेशसभा सदस्य धर्म बहादुर लाल श्रीवास्तव,सहसराम यादवले कपिलवस्तु अस्पतालले सेवा सुबिधा बढाउदै लगेको र यससंगै अस्पतालको भौतिक र बिरामीहरुको उपचार सेवा सुबिधाको स्तरमा उल्लेखनीय रुपमा सुधार आएको बताए ।

उनीहरुले अस्पताललाई ५० शैयाको बनाउनु पर्नेमा जोड दिए । पुर्वमन्त्री दीप कुमार उपाध्यायले सरकारी अस्पतालको सेवा सुबिधा बढाउनु पर्ने बताए ।
स्वास्थ्य सेवा निर्देशनाललयका निर्देशक डा. बिनोद गिरीले प्रदेश सरकारले जिल्ला अस्पालमा चार किसिमको बिशिष्ट सेवा संचालको लागि पहल गरेको बताए ।

तौलिहवा अस्पतालका मेडीकल सुपरिटेन्डेन्ट किशोर बन्जाडेले ६ बर्षका अथक प्रयास पछि अस्पतालको भौतिक र सेवा सुबिधामा निकै सुधार आएको दाबी गरे ।
जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालको संचालमा भएको कार्यक्रममा अस्पतालका ब्यवस्थापक रत्नाकर शुक्ला, लगायतले मन्तब्य दिएका ब्यक्त गरेका थिए ।

२०६९ मा निर्माण सुरु गरिएको १२ करोड लागतको भवन यस बर्ष मात्र निर्माण सम्पन्न गरिएको हो । भारतीय सरकारको सहयोगमा २०२८ सालमा स्थापित अस्पतालले अहिले भौतिक, मानीवय स्रोत, साधन र सेवामा दिदै आएको थियो ।

सम्बन्धित शिर्षक :