शिवजीको मन्दिर गएनौ बिरामीको सेवागर्ने मन्दिर सरसफाईमा छौ

स्वास्थ्यसमाचार/ घाटीमा एथेस्कोप उनि सेतो एप्रोनमा बिरामीको सेवामा खटीने लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक तथा नर्सहरु आज भने हातमा पंञ्जा झाडु समातेर सरसफाई गरिरहेको थिए ।

पुर्वपश्चिम राजमार्गको छेउमै रहेको अस्पताल परिवरि हातमा झाडु बोकेर सरसफाई गरेको देख्दा सडको छेउछाउमा हिडने गाडिमा गुडने सबैको ध्यान उनीहरु तर्फ देखिन्न्यो ।अस्पतालका मेसु डा राजेन्द्र खनाल भन्दै थिए आज शिबरात्री भएपनि मन्दिरमा नगएर बिरामीको सेवागर्ने मन्दिर सफागर्न लागेको बताए ।

लेखा अधिकृत अबदुल गफफार खाँ भन्दै थिए सधै बिरामीकोमात्र उपचार गर्ने अस्पताल परिसमा आज अस्पतालको उपचार भैरहेको बताए ।

अस्पताल सफारहे अस्पतालमा आउने बिरामीलाई पनि वाताबरणले केहि निको हुने भएकोले अस्पताल सरसफाई अभियान सुरु गरेको बताए ।

उनले लुम्बिनी प्रादेशिक अस्पताल बुटबलको १ सय१०औ वार्षिक उत्सव बिभिन्न कार्यक्रम गरि सप्ताहब्यापी फागुन ९ देखी १५ सम्म मनाउन लागेको बताए ।सप्ताहब्यापी कार्यक्रमको सुरुमा अस्पताल परिसमा सरसफाई गरिएको छ ।

चिकित्सक तथा सम्पुर्ण कर्मचारीहरुको सहभागीतमा अस्पताल परिवरिको १०टन भन्दा बढी फोहर निकालीएको अस्पतालका नर्सिड प्रमुख ज्योती पौडेले बताईन ।उनले अस्पतालका सटर वरिपरि सबैभन्दा बढी फोहर उठाईएको बताईन ।

 


अस्पतालका मेसु डा राजेन्द्र प्रसाद खनालले अस्पतालमा अब साप्ताहिक रुपमा फोहर उठाउने बताए ।अस्पतालको १सय १०औ वार्षिक अबसरको सुरुमा संञ्चालन गरेको अभियानलाई निरन्तरता दिने बताए ।

अस्पताल बिकास समितिका अध्यक्ष सुर्यवहादुर भट्राईले अस्पताल वरिपरि पलाष्टिक मुक्त बनाउने बताए ।उनले यो अभियान लाई निरन्तरता दिने बताए ।सरसफाई अभियानमा अस्पताल बिकास समितिका पदाधिकारी चिकित्सक प्रशासन सबै सहका कर्मचारी सहभागी रहेको अस्पताल प्रशासनले जनाएको छ ।

सम्बन्धित शिर्षक :