लुम्बिनी प्रादेशिक अस्पतालद्वारा बिरामीलाई फलफुल बितरण

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले आफ्नो १ सय १०औं वार्षिक उत्सव कार्यक्रमलाइ निरन्तरता दिएको छ । अस्पतालको सप्ताहव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिन अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेको छ ।

फागुन ९ गतेदेखी १५ गतेसम्म मनाउन लागेको कार्यक्रम अन्तरगत आज अस्पतालका भर्ना भएका बिरामीहरुलाइ फलफुल बितरण गरिएको अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए । उनले अस्पतालमा भर्ना भएका करिव ३ सय बिरामीलाई फलफुल बितरण गरिएको बताए ।

सप्ताहव्यापी कार्यक्रमको सुरुमा अस्पताल परिसमा सरसफाई, दोश्रो दिन फुटबल र तेश्रो दिन अस्पतालमा फलफुल वितरण गरि सप्ताहव्यापी कार्यक्रमलाई निरन्तरता दिएको पनि अस्पतालका नर्सिड प्रमुख ज्योती पौडेलले बताईन ।

फलफुल बितरण कार्यक्रममा अस्पताल बिकास समिति अध्यक्ष सुर्य वहादुर भटराई, सदस्य रिज्जु श्रेष्ठ, चिकित्सक, प्रशासनका सवै तहका कर्मचारीहरुको पनि सहभागीता रहेको अस्पताल प्रशासनले जानकारी गराएको छ ।

सम्बन्धित शिर्षक :