गुल्मीमा विद्यालय स्वास्थ शिक्षा कार्यक्रम शुभारम्भ

सन्तोष महतारा

गुल्मी ८ फागुन  गुल्मीको सदरमुकाम तम्घासमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम शुभारम्भ गरिएको छ । सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा हस्पिटल प्रालिको आयोजनामा जिल्लाको रिडर्स पब्लिक हाई स्कुलबाट शुभारम्भ गरिएको रेसुङ्गा हस्पिटल प्रालिका संचालक समिति अध्यक्ष श्री प्रसाद भलामीले बताए ।

तपाईंले ५ जनाको जीवन बचाउन सक्नुहुन्छ भन्दै विद्यार्थीहरुका लागी स्वास्थ शिक्षा कार्यक्रम शुभारम्भ गरिएको बताइएको छ ।विद्यालयमा बिद्यार्थि अत्याधिक बिरामी भइरहने भएकोले उनीहरुलाई प्राथमिक उपचार सम्बन्धि जानकारी गराउन यस्तो कार्यक्रम आयोजना गरिएको रेसुङ्गा हस्पिटल प्रा लिका संचालक समिति अध्यक्ष भलामीले जानकारी दिए ।

हरेक नागरिकले आफ्नो समस्या आफै पत्ता लगाउन सहज होस भन्ने हिसाबले पनि यस्तो स्वास्थ्य सम्बन्धि कार्यक्रम विद्यालयमा सुरु गरिएको हो । शुभारम्भ कार्यक्रमको प्रमुख अतिथि रुपमा रहेका नेपाल नेत्र ज्योति संघ जिल्ला कार्यसमिति गुल्मी का सभापति शेर बहादुर थापाले यस्तो स्वास्थ्य शिक्षाले दिर्घकालिन फाइदा पुग्ने बताए ।

उनले यो कार्यक्रमले धेरै रोगबाट बच्न सकिने भन्दै यो घरघरमा पुराउन सहयोग गर्न सबैलाई आग्रह गरेका छन । सानै गल्तीले ठुलो रोग लागेर ज्यान समेत जान सक्ने भन्दै यस्तो कार्यक्रमको अत्यन्त आवश्यक रहेको बेला रेसुङ्गा हस्पिटल प्रालिले सुरु गरेकोमा खुसी लागेको प्रमुख अतिथि थापाले बताएका थिए ।
तत्काल लाई तम्घास भित्रका सबै विद्यालयमा यो कार्यक्रम गरिने छ । गाउ गाउँमा पनि सामाजिक संघसंस्था सँग समन्वय गरि स्वास्थ्य शिविर संचालन गरिने रेसुङ्गा हस्पिटल प्रालिले जनाएको छ ।

कार्यक्रममा बिशिस्ट अतिथि समेत रहेका नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नबराज भुषालले विद्यालय स्तरमा यस्तो कार्यक्रम गरिनु धेरै राम्रो भएको बताए । हरेक विद्यार्थी स्वस्थ भए ऊ पढ्न लेख्न र दिमागी ज्ञानमा पनि अब्बल बन्ने भन्दै यस्तो कार्यक्रमले हरेक नागरिक स्वस्थ बन्न सहयोग पुग्ने अध्यक्ष भुषालको भनाइ रहेको थियो ।

पहिलोपटक तम्घासमा र त्यसपछि नगरपालिकाका विद्यालय भित्र साथै गाउँगाउँमा पनि स्वास्थ्य शिविर संचालन सुरु गरिने बताइएको छ । विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रममा रेसुङ्गा हस्पिटलका डाक्टर जिबन थनेत र मेडिकल सुपेरिटेन्ट विपिन भण्डारीले सहजकर्ताको भूमिका निभाउने संचालक समिति अध्यक्ष भलामीले बताए ।

रिडर्स पब्लिक हाई स्कुलबाट सुरु भएको यो कार्यक्रम अन्य विद्यालयमा लगत्तै सुरु गरिने भलामीले बताए ।

सम्बन्धित शिर्षक :