नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीमा चौहान

स्वास्थ्यसमाचार /नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सातौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनले कृष्ण चौहान क्षेत्रीको अध्यक्षतामा नया नेतृत्व चयन भएको छ ।

जसको उपाध्यक्षमा भिष्म केसी, महासचिव उदयराज भट्टराइ, सचिव प्रशन्न श्रेष्ठ, कोषाध्यक्ष तुलसा न्यौपाने सिह, सहकोषाध्यक्ष दिपेन्द्र भण्डारी तथा सदस्यहरु आकाश पन्त, अर्जुन प्रसाद पौडेल, हरिप्रसाद ज्ञवाली, युवराज बन्जाडे, भगवती अर्याल, कमल बहादुर थापा मगर, जानकी नेपाल चयन भएका छन ।

एक समारोहका बिच नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शनिबार नै पदस्थापन गरिएको निर्वाचन मण्डलका प्रमुख लक्ष्मण क्षेत्रीले बताए ।कार्यक्रमको एक समारोहका बिच प्रदेश नं ५ का अर्थ, पर्यटन, उद्योग समितिका सभापती दधिराम न्यौपानेले उद्घाटन गर्दै आम नागरिकलाई सहज र निशुल्क रगत उपलब्ध हुने ब्यवस्था सरकारबाट हुने बताए ।

कार्यक्रममा बालरोग विशेषज्ञ डा.सन्तोष पोखरेल, रोटरी क्ल अफ तिनाउ बुटवलका संस्थापक अध्यक्ष देवि वाग्ले, केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्य, केन्द्रीय उपाध्यक्ष थपलिया, रक्त संचार केन्द्र बुटवलका सदस्य गोपाल ढकाल, लायन्स क्लब डिष्ट्रिक बि २ नेपालका एम्बेसडर अफ गभर्नर कपिल आचार्य, समाजका सचिव भीष्म केसीले रक्तदानको महत्वबारे प्रकाश पार्दै सामाजिक काममा सबै पक्षको योगदान जरुरी रहेको बताए ।

समाजका अध्यक्ष कृष्ण चौहानले रुपन्देही शाखाको अगुवाईमा वर्षभरि नै रगत संकलनका साथै अन्य सामाजिक काममा अग्रसर रहेको बताए । संस्थाले ८ हजार २ सय बढी रगत संकलन गरि वितरण गरेको उनले बताए ।

मर्चवार देखि गुल्मीको लिम्घासम्म रक्तदान कार्यक्रम गरिएको उनले बताए । एक जनालाई स्वर्गिय अनिस श्रेष्ठको स्मृतिमा स्थापना गरिएको १० हजार रुपैयाको पत्रकारिता पुरस्कार प्रदान गरिने उनले बताए ।कार्यक्रममा शारीरिक अपाङता भएका रक्तदाता जगदिश प्रसाद श्रेष्ठलाई सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

सम्बन्धित शिर्षक :