नमुनाद्धारा भीम अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

स्वास्थ्यसमाचार /नमूना एकीकृत विकास परिषद रुपन्देहीले भैरहवास्थित भीम अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

बिगत १८ बर्ष देखी सामाजिक र स्वास्थ्य क्षेत्रमा कार्यरत नमुना द्धारा संचालित  एचआइभी र एड्स, यौनरोग रोकथाम, हेरचाह र उपचार सेवा कार्यक्रम अन्तर्गत राष्ट्रिय रणनीति २०१६–२०२१ र ९०–९०–९० को लक्ष्य तथा उद्देश्य प्राप्तिको एवं भीम अस्पताल, एआरटी सेन्टरको सुढृढीकरण तथा विकासको लागि सामाग्री हस्तान्तरण गरिएको नमूनाका कार्यक्रम संयोजक सुमित राजभण्डारीले बताए ।

नमूनाका अध्यक्ष ज्ञानु पौड्यालले निःशुल्क कानूनी सहायताका अधिवक्ता सुनिल त्रिपाठी तथा एआरटी परामर्शदाताको रोहबरमा प्रिन्टर, फाइलदराज, जाँच सेट, टेलिफोन सेट, युपिएस तथा स्टेशनरी सामाग्री जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा भीम अस्पताल विकास समितिका अध्यक्ष एकराज विश्वकर्मा र अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. नविन दर्नाललाई हस्तान्तरण गरिन् ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख एकराज विश्वकर्मा र अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. नविन दर्नालले नमूनाको सहयोगले काम गर्न सहज र सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्नलाई सहयोग मिल्ने बताए ।

 

सम्बन्धित शिर्षक :