शाइन रेसुगा बैंकका ग्राहकलाई सिद्धबाबा अस्पतालमा छुट

स्वास्थ्यसमाचार /बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैक लि र सिद्धबाबा सुपर स्पेसलिस्ट इन्टरनेसनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा लि बीच सम्झौता भएको छ ।

सम्झौतापछि शाइन रेसुंगा बैंकका खातावाल ग्राहकहरुले उक्त अस्पतालमा उपचार गराउंदा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने भएका छन । सम्झौतापत्रमा शाइन रेसुंगा डेभलपमेन्ट बैक लि का प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्याल र अस्पतालका निर्देशक डा दिपेश प्रधान लेहस्ताक्षर गरेका छन ।

सम्झौताअनुसार जनरल चेकजांच,फूल बोडी चेकअप,प्याथोलीजी, रेडियोलोजी र बेड चार्जमा बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने अस्पतालका प्रशाकिय प्रमुख प्रकास न्यौपानेले बताए।

क्षेत्रीयबाट राष्ट्रियस्तरमा स्तरोन्नति भएसंगै बैंकले ११औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकलाई बढी भन्दा बढी सुविधा दिने नीति अनुसार अस्पतालसंग सम्झौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले बताए ।

यसअघि बैंकले नेपालगञ्ज मेडिकल कलेजसंग पनि यस्तै सम्झौता गरिसकेको छ । यो सम्झौतापछि बैंकका ७० वटा शाखा कार्यालयका चारलाख भन्दा बढी ग्राहक लाभान्वित हुने छन।

दुई अर्ब चुक्ता पुंजी रहेको बैंकको पुस मसान्तसम्म निक्षेप २७ अर्ब १२ करोड तथा कर्जा लगानी २४ अर्ब ३२ करोड रहेको छ ।

सम्बन्धित शिर्षक :