स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ

स्वास्थ्यसमाचार /स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा महेन्द्रप्रसाद श्रेष्ठ नियुक्त भएका छन् ।

बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई विभागको निमित्त महानिर्देशकमा नियुक्त गरेका हुन् । उनलाई स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ मन्त्रालय स्रोतले भन्यो आज नै यो निर्णय भएको हो ।

श्रेष्ठ स्वास्थ्य मन्त्रालयका प्रवक्ताका रुपमा कार्यरत छन् । उनी मन्त्रालयको समन्वय महाशाखा हेर्दै आएका थिए । श्रेष्ठलाई विभागको महानिर्देशक बनाएसँगै अहिलेका विभागका महानिर्देशक डा रोशन पोखरेललाई मन्त्रालयमा तानिएको छ ।

यस्तै, मन्त्रालयको समन्वय महाशाखाको जिम्मेवारी विकास देवकोटालाई दिइएको छ भने नीति तथा योजना महाशाखाको जिम्मेवारी डा गुणराज लोहनीले पाएका छन् । यसअघि देवकोटा नीति तथा योजनामा थिए । यता, कान्ति वाल अस्पतालको निर्देशकमा डा। कृष्ण पौडेल र टेकु अस्पतालको निर्देशकमा डा सागरराज भण्डारी नियुक्त भएका छन् ।

टेकुका निर्देशक डा वासुदेव पाण्डेको भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा सरुवा भएको छ । यस्तै ट्रमाको मेसुमा भने डा सन्तोष पौडेल नियुक्त भएका छन् । उनी त्यही कार्यरत १० औं तहका चिकित्सक हुन् ।

भेरी अस्पतालको मेसुमा डाक्टर प्रकाश थापा र कोशी अस्पतालको मेसुमा डा चुमनलाल दास नियुक्त भएका छन्।स्वास्थ्यमन्त्री ढकालले व्यवस्थापन महाशाखाको आपूर्ति व्यवस्थापन शाखाको जिम्मेवारी चुडामणी भण्डारीलाई दिएका छन्।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :