प्रदेश ५को भैरहवामा कोरोना प्रयोगशाला सञ्चालनमा

स्वास्थ्यसमाचार /कोरोना भाईरसको परीक्षणको दायरा बढाउँदै रुपन्देहीको ओमसतिया गाउँपालिकामा रहेको गहुबालीकेन्द्रको पछाडि प्रयोगशालामा सञ्चालनमा आएको छ ।   विज्ञ सहितको अन्य प्राविधिक टोलीले शनिवार र आईतबार गरिआज वाट प्रयोगशालाका उपकरण जडानगरि अन्य बाँकी रहेका काम सकेर आजदेखि प्रयोगशाला सञ्चालनमा आएको छ ।। मुख्यमन्त्री शंकर पोखरेलले भैरहवास्थित राष्टिय गहुँ बाली कार्यक्रम परिसरमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी प्रयोगशालामा भइरहेको कामबारे जानकारी दिएका छन ।सामाजिक विकास मन्त्री सुदर्शन बराल, सामाजिक विकास सचिव गोपीकृष्ण खनाल र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र कुमार गिरीले प्रयोगशालाको अवस्थाका बारेमा जानकारी गराएका थिए ।…

प्रदेश ५मा कोरोना नियन्त्रण गर्न मूख्यमन्त्रीको संयोजकत्वमा संकट व्यवस्थापन केन्द्र

स्वास्थ्यसमाचार / प्रदेश ५ मा संकट व्यवस्थापन केन्द्र क्राइसिस मेनेजमेष्ट सेन्टर सिएमसि स्थापना सँगै ११ निर्णय गरिएको छ । प्रदेशमा कोभिड १९ संक्रमण सम्बन्धी कार्यहरु प्रभावकारी ढंगले छिटो, व्यवस्थित र समन्वयात्मक रुपमा गर्नका सेन्टरको स्थापना गरि निर्णयहरु गरिएको हो । मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा संकट व्यवस्थापन केन्द्र क्राइसिस मेनेजमेष्ट सेन्टर सिएमसि स्थापना भएको हो । क्राइसिस मेनेजमेण्ट सेन्टरको सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेश सरकारका प्रमुख सचिव तोयनारायण ज्ञवाली, मध्यपश्चिम पृतना बुटवलका पृतनापति सिताराम खडका,रहेका छन । त्यस्तै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख…

एक प्रदेशबाट अर्को प्रदेशमा प्रवेश निषेध ,बाग्लुङ, कैलाली र कञ्चनपुरमा र्यापिड टेस्ट गरिने

स्वास्थ्यसमाचार /सरकारले पछिल्लो समय कोरोना भाइरस संक्रमित भेटिएका कैलाली, कञ्चनपुर र बाग्लुंगमा ठूलो संख्यामा कोरोना परीक्षण गर्ने निर्णय गरेको छ । शनिवार बसेको मन्त्रिपरिषदको बैठकले तीन जिल्लामा कोरोना संक्रमित भेटिएका र उनीहरुबाट अरुमा सर्ने जोखिम बढि रहेकाले सम्भावित सबैको द्रुत कोरोना परीक्षण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए । ती जिल्लामा कोरोना परीक्षण गर्न पहिले र्यापिड टेस्ट गर्ने र त्यसमा पोजेटिभ देखिएकाहरुको पुनः परीक्षण गरिने मन्त्री खतिवडाले बताए । त्यस्तै सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन हरेक प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने निर्णय गरेको…

रुपन्देहीको सीमावर्ती भारतको महाराजगंजमा ६ जना कोरोना संक्रमित फेला

स्वास्थ्यसमाचार /छिमेकी मुलुक भारतमा नेपालकै नजिकसम्म कोरोना पोजिटिभ देखिएपछि यस क्षेत्रका बासिन्दाले थप सर्तकता अपनाउन तथा भारतीय तरकारीको प्रयोग नगर्न आग्रह गरिरहेका छन् । भैरहवाबाट करिब २० किलोमिटरको दुरीमा तथा रुपन्देहीकै मर्चवारबाट पाँच किलोमिटर दुरी भित्र पर्ने कोल्हुई क्षेत्र आसपासमा कोरोना पोजिटिभ बिरामी भेटिएको भारतीय संचार माध्यमले जनाएका छन् । कोल्हुई र पुरन्दरपुर क्षेत्रमा ६ जना कोरोना संक्रमित देखिएका छन् । दिल्लीको तबलिगी मरकजमा सहभागी भई आएका भारत महाराजगंज जिल्लामा संक्रमितको संख्या बढेको छ ।मरकजबाट २३ जना फर्केर आएको र तिनीहरु मध्ये ६ जनामा कोरोना देखिएको छ । यिनीहरुलाई भारत…

बुटबल उपमहानगरद्धारा तामनगरमा व्यवस्थित क्वारेन्टाइन निमार्ण

स्वास्थ्यसमाचार/ बुटवलले वडा नम्बर १२ को तामनगरमा रहेको कोरिया नेपाल इन्ष्टिच्युट अफ टेक्नोलोजी कलेजको उपयुक्त भवनमा ५० वेडको व्यवस्थित क्वारेन्टाइन निर्माण गरेको छ । भोजनालय, आबाँस तथा शौचालय र ज्वरो क्लिनिक सहितको प्राथमिक स्वास्थ्य सेवासमेत उपलब्ध गराउने गरि क्वारेन्टाइन निर्माण गरिएको वडा अध्यक्ष दुर्गा सुवेदीले बताए । बुटवलका विभिन्न स्थानमा फिवर क्लिनिक सञ्चालनमा रहेका छन् । जहाँ शुक्रबार मात्रै करिब ६१ जनाले परीक्षण गराएको स्वास्थ्य शाखाका अधिकृत कुन्दनकुमार सिंहले बताए । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुमा शनिबार पनि फिवर क्लिनिक सञ्चालन गर्ने तयारी भइरहेको सिंहले बताए। कोरोना विशेष अस्पतालमा आइसीयू थपिँदै…

सुदूरपश्चिममा भेटिए ३ कोरोना संक्रमित पुष्टि

स्वास्थ्यसमाचार / सुदूरपश्चिममा थप तीन जनामा कोरोना भाइरस कोभिड–१९ पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार दुई जना भारतबाट फर्किएकामा र एकजना स्थानीयमा कोभिड–१९ पोजेटिभ देखिएको हो । जसमध्ये एकजना भारतको उत्तराखण्डबाट आएका ४१ वर्षीय कन्चपुरका व्यक्तिमा कोभिड–१९ पोजेटिभ देखिएको छ । यस्तै, मुम्बईबाट आएका कैलालीका २१ वर्षीयमा पनि कोरोना पोजेटिभ देखिएको छ । यस्तै, अर्को कोरोना केस स्थानीयमा सरेको पाइएको छ । यसअघि दुबईबाट फर्केका धनगढी ३४ वर्षीय युवामा कोभिड–१९ पोजेटिभ देखिएको थियो । उनकी भाउजुको थ्रोट स्वाब परिक्षण गर्दा उनमा पनि कोभिड–१९ पोजेटिभ देखिएको हो । यो स्थानीयमा…

भारतबाट आयातित तरकारी र फलफूल प्रयोग नगर्न तिलोत्तमाको अनुरोध

स्वास्थ्यसमाचार/  तिलोत्तमा नगरपालिकाले भारतबाट आयातित तरकारी तथा फलफूल प्रयोग नगर्न नगरवासीलाई अनुरोध गरेको छ । हालको विषम परिस्थितिमा भारतबाट आयात हुने तरकारी तथा फलफूलमा कोरोना संक्रमण नरहने विश्वस्त आधार नभएकोले तिलोत्तमा नगरपालिका क्षेत्रमा भारतबाट आयातित तरकारी तथा फलफूलको खरीद, विक्री–वितरण तथा उपभोग नगर्नु नगराउनु हुन सम्पूर्ण नगरबासीमा अनुरोध छ–नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ।   नगरपालिकाले हालको विषय परिस्थितिमा स्वदेशमै उत्पादित तरकारी, फलफूल लगायतका कृषिउपज प्रयोग गर्न नगरवासीलाई भनेको छ । स्वदेशमै उत्पादित कृषिउपज भिडभाड नगरी व्यक्तिबीचको दुरी कायम गरी तोकिएको समयमा मात्र खरिद, विक्री–वितरण गर्न नगरपालिकाले सबैलाई सूचित गरेको…

गण्डकीका स्वास्थ्य सुचना अधिकारी भन्दछन हल्ला चलाइयो, कसैलाई कोरोना देखिएको छैन

स्वास्थ्यसमाचार /गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालय ले पोखरामा एकजजालाई कोरोना भाइरस देखिएको भन्ने समाचारको खण्डन गरेका छन् । गन्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयका सुचना अधिकारी डा बुद्धि प्रसाद पौडयालले भने अहिले सम्म हामीलाई जानकारी छैन । कसरी हल्लाफैलीयो थाह भएन । बेलुका ५ बजे हाम्रो साईटमा राखिदिन्छौ डा पौडेलले भने ।  

कोरोनाको खोप परीक्षण सफल भएको अमेरिकी अनुसन्धानकर्ताको दाबी

स्वास्थ्यसमाचार/अमेरिकाको पेनसेलभेनिया राज्यस्थित पिट्सबर्ग विश्वविद्यालयले कोभिड–१९ को खोप परीक्षणमा सफलता मिलको दाबी गरेको छ। यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएका हुन्। पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले जनावरमा गरेको परीक्षणमा प्रारम्भिक सफलता मिलेको जनाएका हुन्। पशुमा गरिएको परीक्षणबाट उक्त खोपले कोरोना भाइरसलाई निष्प्रभावित पार्ने दावी प्रतिवेदनमा छ। अनुसन्धानकर्ताहरूको निष्कर्ष ब्रिटिश मेडिकल जर्नल द ल्यान्सेटले ईबायोमेडिसिनमा सार्वजनिक गरेको हो। मुसामा गरिएको परीक्षणको क्रममा खोपले सार्स–कोभ–२ विशिष्ट एन्टबडी रोग प्रतिरोधक उत्पादन गर्ने देखायो। जसलाई नयाँ कोरोनाभाइरस भनेर चिनिन्छ। विश्वविद्यालयका अन्वेषकहरूले…

प्रदेश ५मा कोरोनापरिक्षण ७३ मध्ये ७१कोे रिर्पोट नेगेटिभ

स्वास्थ्यसमाचार/ प्रदेश पाँचमा कोरोनाको आंशकाका ७३ जनाको स्वाव परिक्षण गरिएकोमा ७१ जनाको नेगेटिभ आएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार अनुसार परिक्षण गरिएका सबै ७३ जनाको रिर्पोट मा ७१ जनाको कोरोना नेगेटिभ आएको छ भने वाकी २ जनाको प्रकृयामा रहेको छ । स्वास्थ्य निर्देशनालयका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नेत्र अर्यालका अनुसार प्रदेशमा १सय १३ जना संकास्पद बिरामी मध्ये ८ जना भने अहिले पनि उपचाररत रहेका छन ।  प्रदेश पाँचमा रहेका २सय ९५ वटा क्वारेन्टीनमा २ हजार ६१ जना रहेको अधिकृत अर्यालले बताए ।