नेपाल चिकित्सक संघलुम्बिनी द्धारा एम्बुलेन्स चालकलाई पीपीई

एम्बुलेन्स सञ्चालन गर्न मनोबल बढायो: चालक

स्वास्थ्यसमाचार /नेपाल चिकित्सक संघ, लुम्बिनी शाखाले एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षण औजार (पीपीई) प्रदान गरेको छ ।

पीपीई नभएको भन्दै एम्बुलेन्स चालक बिरामी बोक्न पन्छिएका समाचार आइरहँदा संघले रुपन्देहीका दश जना एम्बुलेन्स चालकलाई पीपीई प्रदान गरेको हो । शनिबार संघका अध्यक्ष डा. इन्द्र ढकालले एम्बुलेन्स चालक संघ रुपन्देहीका अध्यक्ष सुरज तिवारीलाई पीपीई हस्तान्तरण गरे ।

संघका महासचिव डा. सन्तोष पोखरेलका अनुसार ती पीपीई तिवारीले अन्य एम्बुलेन्स चालकलाई हस्तान्तरण गर्नेछन् । बिरामी बोक्ने कार्यमा सहजता ल्याउन एम्बुलेन्स चालकलाई पीपीई दिइएको पोखरेलले वताए।

एम्बुलेन्स चालक संघका अध्यक्ष तिवारीले पीपीई प्राप्तिले एम्बुलेन्स सञ्चालन गर्न मनोबल बढाएको बताए । कोरोना संक्रमणको जोखिमको फ्रन्टलाइनमा एम्बुलेन्स चालक पनि रहेकोले चिकित्सक संघले पीपीई दिएर ठूलो सहयोग गरेको तिवारीको भनाई छ ।

सम्बन्धित शिर्षक :