बुटबल उपमहानगरद्धारा तामनगरमा व्यवस्थित क्वारेन्टाइन निमार्ण

कोरिया नेपाल इन्ष्टिच्युट अफ टेक्नोलोजी कलेजको भवनमा ५० वेडको क्वारेन्टाइन

स्वास्थ्यसमाचार/ बुटवलले वडा नम्बर १२ को तामनगरमा रहेको कोरिया नेपाल इन्ष्टिच्युट अफ टेक्नोलोजी कलेजको उपयुक्त भवनमा ५० वेडको व्यवस्थित क्वारेन्टाइन निर्माण गरेको छ ।

भोजनालय, आबाँस तथा शौचालय र ज्वरो क्लिनिक सहितको प्राथमिक स्वास्थ्य सेवासमेत उपलब्ध गराउने गरि क्वारेन्टाइन निर्माण गरिएको वडा अध्यक्ष दुर्गा सुवेदीले बताए । बुटवलका विभिन्न स्थानमा फिवर क्लिनिक सञ्चालनमा रहेका छन् ।

जहाँ शुक्रबार मात्रै करिब ६१ जनाले परीक्षण गराएको स्वास्थ्य शाखाका अधिकृत कुन्दनकुमार सिंहले बताए । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुमा शनिबार पनि फिवर क्लिनिक सञ्चालन गर्ने तयारी भइरहेको सिंहले बताए।

कोरोना विशेष अस्पतालमा आइसीयू थपिँदै

बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल धागो कारखानाको खाली भवनमा सञ्चालनमा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा १० वटा आइसीयू वेड थप गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

त्यहाँ गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले प्राविधिक सहयोग र सहकार्य गरिरहेको प्रादेशिक अस्पतालका अध्यक्ष तथा कोरोना विशेष अस्पताल सञ्चालन एवम् समन्वय कार्यदलका सहसंयोजक सूर्यबहादुर भट्टराईले बताए।उनले दुई दिन भित्रमा सञ्चालनमा ल्याउनेगरि काम भइरहेको बताए ।

सम्बन्धित शिर्षक :