सुदूरपश्चिममा भेटिए ३ कोरोना संक्रमित पुष्टि

नेपालमा कोभिड–१९ पोजेटिभको संख्या ९ पुग्यो

स्वास्थ्यसमाचार / सुदूरपश्चिममा थप तीन जनामा कोरोना भाइरस कोभिड–१९ पोजेटिभ देखिएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार दुई जना भारतबाट फर्किएकामा र एकजना स्थानीयमा कोभिड–१९ पोजेटिभ देखिएको हो । जसमध्ये एकजना भारतको उत्तराखण्डबाट आएका ४१ वर्षीय कन्चपुरका व्यक्तिमा कोभिड–१९ पोजेटिभ देखिएको छ ।

यस्तै, मुम्बईबाट आएका कैलालीका २१ वर्षीयमा पनि कोरोना पोजेटिभ देखिएको छ । यस्तै, अर्को कोरोना केस स्थानीयमा सरेको पाइएको छ । यसअघि दुबईबाट फर्केका धनगढी ३४ वर्षीय युवामा कोभिड–१९ पोजेटिभ देखिएको थियो ।

उनकी भाउजुको थ्रोट स्वाब परिक्षण गर्दा उनमा पनि कोभिड–१९ पोजेटिभ देखिएको हो । यो स्थानीयमा कोभिड–१९ सरेको पहिलो हो । यसअघि नेपालमा कोभिड–१९ का आयातीय संक्रमितहरु मात्रै देखिएका थिए ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले पनि भारतबाट आएका दुईजनामा संक्रमण देखिएको पुष्टि गरे। धनगढीमा भारतबाट आएका दुईजनामा कोभिड १९ देखिएको छ। र, निजका परिवारमा समेत संक्रमण फैलिएको आशंका गरिएको छ पान्डेले भने ।

यससँगै नेपालमा कोभिड–१९ पोजेटिभको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो फेसबुकमार्फत पनि यसको पुष्टी गरेको छ ।

सम्बन्धित शिर्षक :