एक प्रदेशबाट अर्को प्रदेशमा प्रवेश निषेध ,बाग्लुङ, कैलाली र कञ्चनपुरमा र्यापिड टेस्ट गरिने

स्वास्थ्यकर्मीको सुरक्षाका लागि प्रोत्साहन भत्ता, बीमाका साथै सुरक्षा कवच उपलब्ध गराउने

स्वास्थ्यसमाचार /सरकारले पछिल्लो समय कोरोना भाइरस संक्रमित भेटिएका कैलाली, कञ्चनपुर र बाग्लुंगमा ठूलो संख्यामा कोरोना परीक्षण गर्ने निर्णय गरेको छ ।

शनिवार बसेको मन्त्रिपरिषदको बैठकले तीन जिल्लामा कोरोना संक्रमित भेटिएका र उनीहरुबाट अरुमा सर्ने जोखिम बढि रहेकाले सम्भावित सबैको द्रुत कोरोना परीक्षण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए ।

ती जिल्लामा कोरोना परीक्षण गर्न पहिले र्यापिड टेस्ट गर्ने र त्यसमा पोजेटिभ देखिएकाहरुको पुनः परीक्षण गरिने मन्त्री खतिवडाले बताए । त्यस्तै सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन हरेक प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने निर्णय गरेको छ ।

सरकारको नयाँ निर्णय अनुसार लकडाउनमा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा मानिसको प्रवेशमा रोक लगाउने पनि सरकारले निर्णय गरेको छ ।

त्यस्तै सरकारले कोरोना भाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति दिलाएको छ । मन्त्रिपरिषद्को निर्णय सुनाउँदै मन्त्री खतिवडाले स्वास्थ्यकर्मीको सुरक्षाका लागि प्रोत्साहन भत्ता, बीमाका साथै सुरक्षा कवच उपलब्ध गराउने र सुरक्षाको व्यवस्था मिलाउने बताए ।

सम्बन्धित शिर्षक :