भारतबाट आयातित तरकारी र फलफूल प्रयोग नगर्न तिलोत्तमाको अनुरोध

स्वास्थ्यसमाचार/  तिलोत्तमा नगरपालिकाले भारतबाट आयातित तरकारी तथा फलफूल प्रयोग नगर्न नगरवासीलाई अनुरोध गरेको छ ।

हालको विषम परिस्थितिमा भारतबाट आयात हुने तरकारी तथा फलफूलमा कोरोना संक्रमण नरहने विश्वस्त आधार नभएकोले तिलोत्तमा नगरपालिका क्षेत्रमा भारतबाट आयातित तरकारी तथा फलफूलको खरीद, विक्री–वितरण तथा उपभोग नगर्नु नगराउनु हुन सम्पूर्ण नगरबासीमा अनुरोध छ–नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ।

 

नगरपालिकाले हालको विषय परिस्थितिमा स्वदेशमै उत्पादित तरकारी, फलफूल लगायतका कृषिउपज प्रयोग गर्न नगरवासीलाई भनेको छ । स्वदेशमै उत्पादित कृषिउपज भिडभाड नगरी व्यक्तिबीचको दुरी कायम गरी तोकिएको समयमा मात्र खरिद, विक्री–वितरण गर्न नगरपालिकाले सबैलाई सूचित गरेको छ ।

तिलोत्तमाले लकडाउनको अवधिको लागि अत्यावश्यक खाद्यान्न तथा तरकारी खरीद तथा विक्रीको लागि बिहान ११ देखि २ बजेको समय तोकेको छ । त्यस्तै दुधको खरीद तथा विक्रीको लागि बिहान ६ देखि ८ तथा साँझ ३ देखि ५ बजेको समय निर्धारण गरेको छ ।

नगरवासीले स्थानीयस्तरमा आफूसक्दो कृषिउपज उत्पादन कार्यमा जुट्न हुन समेत सम्पूर्ण नगरबासीमा अनुरोध छ प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख छ ।

सम्बन्धित शिर्षक :